Successfully Copied

किशोरीहरूका लागि १० टिप्स

किशोरावस्था चञ्चलताको प्रतीक हो । यहीबेला मानिसले शिक्षा आर्जन गर्नुपर्छ । यहीबेला पैसाको खाँचो पर्छ । व्यक्तित्व विकास, सौन्दर्य, स्वास्थ्य र शिक्षाको समायोजन गर्ने बेला नै यही हो । य

किशोरावस्था चञ्चलताको प्रतीक हो । यहीबेला मानिसले शिक्षा आर्जन गर्नुपर्छ । यहीबेला पैसाको खाँचो पर्छ । व्यक्तित्व विकास, सौन्दर्य, स्वास्थ्य र शिक्षाको समायोजन गर्ने बेला नै यही हो । यस्तो बेलामा हरेक किशोरीलाई उचित सल्लाहको आवश्यकता पर्छ ।

क्यारियरको प्रश्न

-किशोरावस्थामा हाँस्नु, रमाइलो गर्नुलाई सहज मानिन्छ । तर यसो गर्नु मात्र किशोरावस्थाको काम होइन । यहीबेला नै भविष्यमा के गर्ने भन्ने निर्णय गरिसकेको हुनुपर्छ । यदि यो बेलामा आफूलाई के बनाउने भनेर योजना बनाउनुभएन भने पछि गएर दु:ख पाउने सम्भावना बढी हुन्छ ।

-क्यारियर केमा बनाउने भन्ने निर्णय गर्दा अरूसँग राम्ररी सल्लाह लिनुहोला । आफ्नै मनले भनेको भरमा त्यसैलाई लागू गर्छु भन्नु मूर्खता हो । आमाबुवाको आर्थिक क्षमता, आफ्नो रुचि र भविष्यमा कस्तो कुराको माग हुन्छ भन्ने कुरालाई मध्यनजर राखेर क्यारियर केमा बनाउने भन्ने निर्णय गर्नुपर्छ । यसका लागि आफ्ना बुवाआमा, गुरु तथा व्यावसायिक व्यक्तिहरूसँग सल्लाह लिनु उपयुक्त हुन्छ ।

-यदि विद्यालय वा कलेज छुट्टी छ भने त्यो समयलाई त्यसै खेर नफाल्नुहोस् । त्यो बेलामा कुकिङ क्लास, इन्टेरियर वा  फेसन क्लास, कम्प्युटर सिक्ने वा आफूलाई रुचि लागेको कुनै काम गर्नुहोस् ।

सौन्दर्य

१) किशोरीहरूको सबैभन्दा ठूलो समस्या डन्डिफोर हो । यो उमेरमा छालामा तैलीय पदार्थ र पसिनाको प्रभाव बढी हुन्छ । यस्तो बेलामा प्रत्येक किशोर–किशोरीले आफ्नो अनुहार कम्तीमा पनि तीनपटक धुनुपर्छ ।

२) यदि डन्डिफोरको समस्या बढी नै छ भने छाला विशेषज्ञकहाँ गएर देखाइहाल्नुहोस् । किनभने कुनै पनि कुरा सामान्य नै हो भनेर बस्दा त्यसले कुरूप पनि बनाउन सक्छ । नाम चलेका ब्युटिसियन वा छाला विशेषज्ञले यस्ता समस्यालाई सजिलै निवारण गर्न सक्छन् ।

३) मुखमा आएको खटिरा सफा गर्न सधै सफा सुती कपडा प्रयोग गर्नुपर्छ । प्राय: किशोरीहरू रुमाल त बोक्छन्, तर त्यो रुमाल सफा नहुने सम्भावना पनि उत्तिकै हुन्छ । मुखको खटिरा वा डन्डिफोर सफा गर्दा रुमाल होइन अर्कै कपडा प्रयोग गर्नु उचित हुन्छ ।

४) दिउँसो काममा वा कलेज जाँदा तैलीय पदार्थ रोक्ने मस्चराइजर प्रयोग गर्नु उपयुक्त हुन्छ ।

५) मानिसको छाला तीन किसिमको हुन्छ, तैलीय, सुख्खा अथवा मिश्रित । यी तीनमध्ये तपाईंको छाला कस्तो किसिमको छ, छुट्याउनुहोस् । छुट्याउन गाह्रो भयो भने ब्युटिसियनसँग सोध्नुहोस् । त्यसपछि छालाअनुसारको प्रसाधन प्रयोग गर्नुहोस् ।

६) तैलीय छालाका लागि पानी र सुख्खा छालाका लागि दहीले अनुहार सफा गर्दा छाला राम्रो हुन्छ ।

७) केही किशोरीहरूको छाला सामान्य (न त तैलीय न त सुख्खा)  हुन्छ । यस्तो छालाको हेरचाह गर्ने सबैभन्दा सरल उपाय दिनको तीनपटकभन्दा बढी सफा पानीले अनुहार धुनु नै हो । छालाको प्राकृतिक सुन्दरता बिग्रन नदिन ब्युटिसियनको सल्लाहअनुसार राम्रो क्रिम प्रयोग गर्नु उपयुक्त हुन्छ ।

८) हरेक व्यक्तिले सुत्न जानुअघि राम्ररी अनुहार धुनुपर्छ । अनुहारलाई सफा टबेलले पुछेर क्लिजिङ मिल्क प्रयोग गर्नुपर्छ ।

९) अनुहारमा भरसक साबुनको प्रयोग नगर्नुहोस् । यदि प्रयोग गर्नु नै छ भने क्षारविहीन साबुन प्रयोग गर्नुहोस् ।

१०) अनुहारमा मस्कराको प्रयोग धेरै नगर्नुहोस् ।  मस्कराको बढी प्रयोगले छालाको प्राकृतिकतामाथि हमला हुनसक्छ । यसले छाला रातो बनाउनुका साथै खटिरा आउन सक्छ ।

 Image