Successfully Copied

महंगी हटाउनु आवश्यक

अहिले आम जनताको मुख्य समस्या हो—बढ्दो महंगी । महंगीका कारण दैनिक उपभोग्य वस्तु दाल, चामल, तेल, सागसब्जी, फलफूल, पेट्रोल आदि इन्धनको मूल्यले आकाश छुन थालेको छ ।

अहिले आम जनताको मुख्य समस्या हो—बढ्दो महंगी । महंगीका कारण दैनिक उपभोग्य वस्तु दाल, चामल, तेल, सागसब्जी, फलफूल, पेट्रोल आदि इन्धनको मूल्यले आकाश छुन थालेको छ । यसले मध्यम वर्गको घरेलु अर्थतन्त्रमा ठूलो गडबडी पैदा गरेको छ । आम जनता महंगीको भयले त्रसित छन् । यस क्रमा खाद्य सामग्री मात्र नभै शिक्षा, प्रविधि, स्वास्थ्य आदि सबै क्षेत्रमा मूल्यवृद्धि भएको छ जुन देश र जनताको हितप्रतिकूल छ । त्यसैले सरकारले महंगी नियन्त्रणका लागि ठोस योजना बनाएर त्यसअनुसार काम गर्नुपर्छ । कम्तिमा पनि गरिबीको रेखामुनि रहेका जनताको जीवनयापनका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण हुनु जरुरी छ । यसैगरी महंगी बढ्दै गयो भने देशको शान्तिसुरक्षा जोखिममा पर्ने कुरा नकार्न सकिंदैन । अभावको सिकार बन्नुपरेपछि मानिस जस्तोसुकै कदम उठाउन पनि तयार हुन्छ, सज्जन पनि चोर बन्छ तसर्थ त्यसको जड महंगीलाई बेलैमा परास्त गर्नु आवश्यक छ ।  

महिमा सुवेदी, भक्तपुर

 Image