Successfully Copied

कस्तो हुनुपर्छ अफिस वेयर

अफिसियल लुकका लागि सिम्पल स्टाइल सबैभन्दा राम्रो हुन्छ तर स्मार्ट देखिनु पनि आवश्यक छ ।

अफिसियल लुकका लागि सिम्पल स्टाइल सबैभन्दा राम्रो हुन्छ तर स्मार्ट देखिनु पनि आवश्यक छ ।

महिलाका लागि

–अफिस वेयरका अनेकौं विकल्प उपलब्ध छन् । पारम्परिक साडी वा कुर्ता–सलवार र पाश्चात्य स्कर्ट, पाइन्ट दुवैले फरक र आकर्षक लुक प्रदान गर्छन्् । आफ्नो सुविधाअनुसार यीमध्ये कुनै पनि पहिरनलाई अफिसियल लुकका रूपमा अपनाउन सकिन्छ ।

–आधुनिक र पारम्परिक दुवै स्टाइलमा साधारण तथा भद्र पहिरन छनोट गर्नुपर्छ । साडी होस् वा कुर्ता–सलवार सुती, सिल्क वा खादीको मेटेरियल खरिद गर्नु ठीक हुन्छ । यसले सोभर लुक प्रदान गर्छ । आधुनिक स्कर्ट, पाइन्ट वा सर्ट राम्रो फेब्रिकको वा रेडिमेड प्रयोग गर्नु उपयुक्त हुन्छ ।

–साडी वा सलवार सुटमा धेरै वर्क गरिएको, इम्ब्रोइडरी वा जरी कपडा प्रयोग गर्नु हुँदैन ।

–स्कर्ट वा पाइन्टसित टि–सर्ट प्रयोग गर्नु ठीक होइन । अफिसका लागि सर्ट नै प्रयोग गर्नुपर्छ ।

–प्लेन वा लाईनिङयुक्त सर्ट नै उपयुक्त हुन्छ तर फ्लोरल प्रिन्टयुक्त वा ब्राइट कलर प्रयोग गर्नु हुँदैन ।

–अफिस वेयर पाइन्ट फिटिङ वा बढी टाइट हुनु हुँदैन । पाइन्टको ड्रेप, मिडप्वाइन्टदेखि बटमसम्म नै हुनुपर्छ । पातलो र स्लिम कोटमा फिटिङ भए त्यसले स्मार्ट लुक प्रदान गर्छ । प्रोफेसनल लुकका लागि लो–कट स्कर्ट क्यामिसोल लगाउनुपर्छ । स्कर्ट पनि स्कटिङ लगाउने हो भने त्यससित कम्फर्ट र फिटेड हुनुपर्छ । पुरानो र लुज स्कटिङ लगाउनु हुँदैन ।

–स्कर्ट वा पाइन्टसित ब्लेजर लगाउने हो भने ब्लेजर त्यस्तो रंगको रोज्नुपर्छ जुन सबै रंगमा पाइन्छ वा स्कर्टसित सुहाउँदो चारकोल, ग्रे क्रिम, टेन, ब्लु आदि छनोट गर्न सकिन्छ ।

–यदि रातो, पहेंलो, हरियो, नीलो, गुलाबी वा अन्य चम्किला रंग मन पर्छन् भने ब्लेजर वा सेतो सर्टभित्र स्पेगेटी वा त्यस्तै अरू कुनै पातलो लाईनिङयुक्त आफ्नो रोजाइको रंग चयन गर्नुपर्छ ।

–परिधान जस्तोसुकै भए पनि त्यससित डिसेन्ट मेकअप उपयुक्त मानिन्छ । ब्राउन, पिंक, ब्राउन, रस्ट वा अरू न्युट्रल टोन्सको लिपिस्टिक र स्याडो प्रयोग गर्नुपर्छ । यो हरेक पहिरनसित र हरेक उमेरका महिलालाई सुहाउँदो हुन्छ । यदि फाउन्डेसन प्रयोग गर्ने हो भने सुख्खा पाउडर लगाउनुपर्छ । यसबाट मुहार दिनभरि सुन्दर र सोबर देखिन्छ ।

–केश पछाडि बाँधेर छोड्नु राम्रो हुन्छ । केश म्यानेज गरिएको हुनुपर्छ । त्यसलाई सेट गरेर राख्नुपर्छ । यसका लागि लेयर्ड, डबल लेयर्ड, लक्स, साइड लक्स, वन टु थ्री वा मल्टी स्टेप्स आदि मुहारको हिसाबबाट प्रयोग गर्नुपर्छ ।

–फुटवेयरमा क्लोज सुज वा स्यान्डल उपयुक्त मानिन्छ । जुत्ता वा स्यान्डलमा हाई हिल्स वा फल्याट दुवै प्रयोग गर्न सकिन्छ । हाई हिल्स, छालाको पट्टा भएको ठूलो डायल घडी, बेल्ट तथा लेदर व्यागले प्रभावशाली लुक प्रदान गर्छ ।

पुरुषका लागि

–पुरुषका लागि स्टाइलिस वा बेसिक पाइन्टका साथमा स्लिभ फिट सर्ट राम्रो हुन्छ । फर्मल सुट लगाउने इच्छा छ, मिक्स–म्याच गरेर ब्लेजर वा ज्याकेट लगाउने हो भने त्यसको लम्बाइ कम्मरसम्म सीमित राख्नुपर्छ ।

–सर्ट चयन गर्दा फेब्रिक, कलर तथा प्रिन्टमा ध्यान पुर्‍याउनुपर्छ । सर्ट सिम्पल एण्ड सोबर हुनुपर्छ । बेकी पिन्क र फ्रेस ग्रन कलरको चेक्स, लाईनिङयुक्त वा प्लेन सर्टले अफिसमा स्मार्ट लुक प्रदान गर्छ । चम्किलो रंग र फेब्रिकबाट टाढा रहनुपर्छ ।

–कपडासँगै पुरुषले आफ्नो मुहार तथा केशमा पनि ध्यान दिनुपर्छ । सही तरिकाले आँखीभौंलाई ट्रिमिङ गर्नुपर्छ । नियमित रूपमा सेव गर्नुपर्छ र स्किन केयरमा विचार पुर्‍याउनुपर्छ । रुटिन स्किन केयरमा क्लिनिङ टोनिङ र मोस्चराइज गर्नु राम्रो हुन्छ ।

–गोलो वा चौकर सेपको लेसयुक्त वा लेस नभएको लेदर जुत्ता प्रयोग गर्नुपर्छ ।

–बेल्ट र जुत्ताको रंग मेल खाने हुनुपर्छ । दुवै छालाको भए राम्रो हुन्छ । बालेट पनि पाइन्टको रंगअनुरूप नै हुनुपर्छ । सम्भव भए घडीको डायल र बेल्टको बक्कल पनि मिल्दोजुल्दो हुनु राम्रो मानिन्छ ।

–टाई धेरै डिजाइनयुक्त हुनुभन्दा प्लेन वा प्रिन्टेड लाईनिङ हुनु उपयुक्त हुन्छ ।

–आफ्नो अफिसका उपयोगी सरसामान क्यारी गर्न ब्रिफकेस बोक्ने चलन निकै पुरानो हो । यसमा लेदर ब्याग्स बढी ट्रेन्डी हुन्छ । यसले आफ्नो पर्सनालिटीलाई आकर्षक लुक प्रदान गर्छ ।

 

 Image