Successfully Copied

घरेलु सौन्दर्य प्रश्नोत्तर

सौन्दर्यविद् सिता पाठकसंग घरेलु सौन्दर्य प्रश्नोत्तर

सीता पाठक, सौन्दर्यविद्

पार्लरमा जाने समय नभएकाहरूका लागि घरमै स्किन केयर गर्न कत्तिको सम्भव छ ?

व्यस्त समयका कारण नियमित पार्लरमा जान नसक्नेहरूले घरकै भान्सामा प्रयोग हुने चीजबाट स्किन केयर गर्न सक्छन् ।

घरमै भएका वस्तुबाट क्लिन्जिङ गर्ने उपाय बताइदिनुहुन्छ कि ?

सुख्खा छाला भएकाहरूले दहीमा आधा चम्चा मह, एक चम्चा बेसार हालेर पूरै अनुहारमा लगाई तीन मिनेटजति हल्का मसाज गरी सफा पानीले अनुहार धुँदा क्लिन्जिङको काम गर्छ । तैलीय छाला हुनेहरूले दही र मेवाको लेदो लगाएर पाँच मिनेटपछि सफा पानीले धुनुपर्छ ।

फेस मसाजका लागि कुनै घरेलु उपाय  ?

सुख्खा छाला भएकाहरूले बोक्रा निकालेको स्याउलाई म्यास गरेर दूधको तरमा मिसाई छ मिनेटसम्म मसाज गर्दा छालालाई भिटामिन प्राप्त हुन्छ र छालामा चमक आउँछ । छाला तैलीय छ भने मेवा, दूध र दुई थोपा कागतीको रस मिसाएर हल्का मसाज गर्नाले छालामा चमक उत्पन्न हुन्छ ।

छालामा फेयरनेस नभएकाहरूका लागि घरेलु उपाय के–के छन् ?

चामल तथा जौको पिठो, रोज वाटर तथा अण्डाको सेतो भाग मिसाएर १० मिनेट अनुहारमा राखी हल्का रब गर्ने, यसले छालालाई रिल्याक्स गराउँछ । यसको प्रयोगले छालामा फेयरनेस आउनुका साथै त्यो कसिलो पनि हुन्छ । 

घरेलु फेसप्याक कसरी तयार गर्न सकिन्छ ?

सुन्तलाको बोक्रालाई मिक्स्चरमा पिसेर जौको पिठो तथा अण्डाको सेतो भाग मिक्स गरी फेसप्याक बनाउन सकिन्छ । यसले छाला कसिलो बनाउँछ ।  

 

 Image