Successfully Copied

हाइड एण्ड सिक प्रि स्कुल

​विगत ३ वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको हाइड एण्ड सिकले आफ्नो अर्को शाखा ट्याङ्ला फाँटमा बिस्तार गरेको छ ।

विगत ३ वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको हाइड एण्ड सिकले आफ्नो अर्को शाखा ट्याङ्ला फाँटमा बिस्तार गरेको छ । हाइड एण्ड सिक किन्डर गार्डेनले शिक्षा मात्र होइन, लर्निङ टुडे, लिडिङ टुमरो भन्ने नाराका साथ कीर्तिपुर ट्याङ्ला फाँटमा आफ्नो शाखा बिस्तार गरेको हो । लामो समयदेखि राम्रो शिक्षासँगै बालबालिकालाई अनुशासित बनाउँदै आएको कुरा हाइड एण्ड सिककी प्रधानाध्यापक कुमुद भट्टले बताइन् । भट्टका अनुसार मन्टेश्वरी शिक्षा बालबालिकाहरूको मनोभावलाई मध्यनजर गरेर तयार गरिएको हुँदा यो प्रयोगात्मक तथा बालबालिकाहरूलाई सिकाउन सजिलो खालको छ । यो पद्धतिमा क्रियाकलाप बढी हुन्छ । बालबालिकाहरूले आफ्नो उमेरअनुसार खेली–खेली सिक्छन् । हाइड एण्ड सिकमा कुमुद भट्ट, इन्दिरा गौतम, सिन्दु जागरी, प्रवीणा तिमल्सिना तथा सविता महर्जनको लगानी छ । हाइड एण्ड सिकको पुरानो शाखामा हाल १ सय ५० जना विद्यार्थी अध्ययन गरिरहेका छन् ।  त्यसैगरी २०७२ सालमा हाइड एण्ड सिक ट्रेनिङ सेन्टरबाट ९८ जना महिला पास आउट भएका छन् ।  

 Image