Successfully Copied

नयाँ वर्षमा संकल्प लिनुहुन्छ ?

अवश्य लिन्छु । म त कलेज पढ्दादेखि नै संकल्प लिन्थें । नयाँ वर्षले हामीलाई धेरै कुरामा सहयोग गर्छ ।

चाँदनी श्रेष्ठ, बैंकर 

अवश्य लिन्छु । म त कलेज पढ्दादेखि नै संकल्प लिन्थें । नयाँ वर्षले हामीलाई धेरै कुरामा सहयोग गर्छ । म आफूले पूरा गर्न सक्ने तथा कसैलाई कुनै प्रकारको हानि–नोक्सानी नहुने संकल्प लिन्छु । संकल्प लिएपछि त्यसलाई  पूरा गर्न कटिबद्ध हुन्छु । मैले अहिलेसम्म हरेक वर्ष लिएका संकल्प पूरा गरेकी छु । संकल्पले आफ्ना गल्तीलाई सच्याएर नयाँ काम गर्ने सोचको विकास गर्न उत्साहित गर्छ । 

२०७३ कस्तो वर्ष होस् जस्तो लाग्छ ? 

२०७२ लाई फर्किएर हेर्दा कहाली लाग्छ । भूकम्पले हामी सबै नेपालीलाई आहत बनायो । त्यसपछि नाकाबन्दीका कारण थप दु:ख पाइयो । २०७३ सालमा सबै समस्या समाधान भएको देख्न पाइयोस् । 

नयाँ वर्ष कसरी मनाउनुहुन्छ ? 

नयाँ वर्षको सुरुवात खुसीपूर्वक गरियो भने वर्षभरिको दिन राम्रो हुने विश्वास छ । यसको आफ्नै सांस्कृतिक महत्व छ । बिहान मन्दिर गएर आफूले गत वर्ष के–कस्ता राम्रा काम गरें के नराम्रा गरें त्यसको विश्लेषण गर्छु । आफ्ना साथीभाइ तथा इष्टमित्रसँगको भेटघाटमा रमाउँछु । नयाँ वर्षको शुभकामना आदान–प्रदान गर्छु । बेलुका डिनर जान्छु । विशेषगरी इभमा निकै रमाइलो गर्छु । 

तपाईंको व्यक्तिगत संकल्प के छ ? 

म संकल्प लिएपछि त्यसलाई जसरी पनि पूरा गर्छु । यसपटक परिवारलाई केही समय दिन्छु । आफूलाई फिट राख्न जिम जाने क्रमले निरन्तरता पााउनेछ । गत वर्षका अधूरा काम पूरा गर्न प्राथमिकता दिन्छु । बैंक तथा आफ्नो पक्षबाट पुनर्निर्माणको कार्यमा सहभागिता जनाउँदै सामाजिक रूपमा आफूलाई अझ सशक्त बनाउँछु । 

 

 Image