Successfully Copied

घामको प्रभावबाट जोगिने उपाय

गर्मी मौसममा घामको प्रभावबाट जोगिन सावधानी नअपनाउने हो भने छालामा हानि पुग्छ । यसबाट जोगिन निम्न कुरामा ध्यान दिनुपर्छ ।

गर्मी मौसममा घामको प्रभावबाट जोगिन सावधानी नअपनाउने हो भने छालामा हानि पुग्छ । यसबाट जोगिन निम्न कुरामा ध्यान दिनुपर्छ ।

–घाममा लामो समयसम्म बस्नु खतरनाक हुन्छ । गर्मीमा दिउँसो १२ देखि ४ बजेसम्म

 बाहिर बस्नुहुँदैन । बाहिर जानु छ भने छाता, स्कार्फ वा टोपीका साथमा सनब्लक आदि प्रयोग गर्नुपर्छ ।

–दिन ढल्दैछ भने पनि राम्रो सनस्क्रिन लोसनले छालालाई सुरक्षा प्रदान गर्नुपर्छ । अल्ट्राभ्वाइलेट रेडिएसनबाट जोगिन एसपीएप ३०+युवीए++ वा अरु कुनै राम्रो उपाय अपनाउनुपर्छ ।

–घाममा निस्कनुभन्दा करिब आधा घन्टापूर्व सनस्क्रिनलाई शरीरको खुल्ला भागमा प्रयोग गर्नुपर्छ । यसलाई ३–४ घन्टाको अन्तरालमा प्रयोग गरिरहनुपर्छ । अल्ट्राभ्वाइलेट रेडिएसनको युवीएले छालालाई कालो तुल्याउँछ जसबाट छालामा खैरो दाग देखापर्छ र छाला ओइलाउँछ । युबीबीले सनवर्न र टेनिङको समस्या पनि सिर्जना गर्छ ।

–युबीबी प्रोटेक्सनलाई एसपीएफ सनप्रोटेक्सन फेक्टर तथा युबीबी प्रोटेक्सनलाई पीपीडी र परसिस्टेन्ट पिग्मेन्ट डार्कनिङबाट मापन गरिन्छ । सनस्क्रिनबाट युवीए र युबीबी दुवैको रोकथाम हुन्छ ।

–तैलीय छाला भएकाहरूले जेल वा तरल सनस्क्रिन प्रयोग गर्नुपर्छ भने सुख्खा छाला भएकाहरूले क्रिम वा मोइस्चरयुक्त सनस्क्रिन लगाउनुपर्छ । पौडी वा अन्य वाटर स्पोर्टमा जानुपूर्व अनि त्यसपछि घन्टैपिच्छे वाटर रेजिस्टेन्ट सनब्लक लगाउनुपर्छ । सनब्लकले घामबाट जोगाउँछ र छाला पनि सुरक्षित राख्छ ।

सनवर्न : बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सनवर्न हुने खतरा बढी हुन्छ । कारण घामको परावैजनी किरणको असर यो समयमा बढी हुन्छ । त्यसो त जाडोमा पनि घामबाट जोगिनुपर्छ । यदि छालामा घामको प्रभाव लामो समयसम्म रह्यो भने सनवर्न हुने खतरा हुन्छ ।

ट्यानिङ : परावैजनी किरण छालामा पर्दा ट्यानिङ हुन्छ र छालाले आफ्नो रंग परिवर्तन गरेर वा मेलानिनले आफ्नो रक्षा गर्छ ।

एजिङ : सुरक्षाविना लामो समयसम्म घाममा बस्ने व्यक्तिहरू अन्य व्यक्तिको तुलनामा चाँडै वृद्ध देखिन्छन् । घाममा केही समय घुमफिर गर्दा पनि छालामा रिङ्कल पर्छ । यो परिवर्तन एकै पटक नभएर वर्षौंपछि देखिन्छ । यसमा सनब्लक धेरै उपयोगी हुन्छ ।

 

 Image