Successfully Copied

गर्भावस्थामा के नखाने ?

गर्भावस्थामा कतिपय कुरा खानु हुँदैन । यस्ता खानेकुराले यो नाजुक स्थितिमा नोक्सान पुर्‍याउन सक्छ । यसका अतिरिक्त गर्भावस्थामा चिकित्सकले दिएको सीमित औषधि सेवन गर्नुपर्छ ।

गर्भावस्थामा कतिपय कुरा खानु हुँदैन । यस्ता खानेकुराले यो नाजुक स्थितिमा नोक्सान पुर्‍याउन सक्छ । यसका अतिरिक्त गर्भावस्थामा चिकित्सकले दिएको सीमित औषधि सेवन गर्नुपर्छ । आफैंले जथाभावी औषधि सेवन गरे गर्भमा रहेको भ्रूणमा नकारात्मक असर पर्न सक्छ । एन्टिबायोटिक, एन्टिपायरिटिक तथा पीडाबाट मुक्त हुन पनि निर्धारित औषधि तोकिएको हुन्छ । यस्तो स्थितिमा गर्भवती महिलालाई कुनै प्रकारको इन्फेक्सन हुनुहुँदैन ।

सलाद तथा फल

पार्टी तथा रेस्टुराँमा फलफूल तथा सलादको मेन्यु पनि हुन्छ । त्यहाँ गएर यस्ता खानेकुरा अर्डर गर्दा तथा खाँदा केही घन्टा पहिले काटिएको हुन सक्छ । काटिएका पुराना फलफूलमा धेरै प्रकारका कीटाणु हुने सम्भावना हुन्छ । त्यसैले इन्फेक्सनको सिकार हुन सकिन्छ ।

फलफूल तथा उखुको जुस

बाहिर जुस बनाउनुअघि फललाई सफा पानीले पखालिएको हुँदैन भने बनाउने भाँडा पनि सफा नहुन सक्छ ।

अण्डा

अण्डामा साल्मेनोला स्पिसिज ब्याक्टेरिया हुन्छ । यो कुनै किसिमको इन्फेक्सनको कारण बन्न सक्छ । गर्भावस्थामा अण्डाको सेवन कम गर्नु वा गर्दै नगर्नु वेश हुन्छ । किनभने यसबाट इन्फेक्सन हुने सम्भावना वृद्धि हुनुका साथै पचाउन पनि कठिन हुन्छ । अण्डा राम्रोसँग पकाएर खानुपर्छ । पोच तथा आधा मात्र पाकेको अण्डा खानुहँुदैन ।

डब्बा बन्द माछा–मासु

डब्बामा बन्द, फ्रोजन मासु, माछा, टुना फिस, बेकन आदि सेवन गर्नु उचित हुँदैन । यसमा मरकरी पाइन्छ जसले भ्रूणको मानसिक विकासमा असर पुर्‍याउन सक्छ ।

मिठाईं तथा डेजर्ट

मिठाईं तथा डेजर्ट पनि धेरै कम मात्र सेवन गर्नुपर्छ । मिठाईंले कुनै पनि किसिमको पोषण दिँदैन । मीठो चीज सेवन गर्दा तौल मात्र बढ्छ । शिशुको जन्मसँगै जटिलता उत्पन्न हुन सक्छ ।

 Image