Successfully Copied

युवा मन खुसी हरदम

नयाँ वर्षमा आफ्ना लागि मात्र संकल्प गर्नु हुँदैन । अरूका लागि पनि राम्रो गर्ने सोचका साथ अघि बढ्ने संकल्प गर्नुपर्छ ।

नयाँ वर्षमा आफ्ना लागि मात्र संकल्प गर्नु हुँदैन । अरूका लागि पनि राम्रो गर्ने सोचका साथ अघि बढ्ने  संकल्प गर्नुपर्छ । हामी आफूलाई बाहिरी रूपमा आकर्षक बनाउन निकै कसरत गर्छौं । विभिन्न सौन्दर्य सामग्रीका साथै औषधि प्रयोग गर्दै कस्मेटिक सर्जरीको सहयोग लिन्छौं तर मानसिक स्वास्थ्यका बारेमा त्यति वास्ता गर्दैनौं । यद्यपि युवा देखिन इनरजेटिक हुनु आवश्यक छ । जवान मानसिकता जवान रूपको रहस्य हो । 

व्यक्तित्वमा ध्यान 

पहिरनको चयन होस् वा हेयर स्टाइल परिवर्तन गर्दा महिलाहरू अरूले के भन्लान् भन्ने धक मान्छन् । यस्तो सोच परिवर्तन गरेर आत्मविश्वास जगाउनुपर्छ । एक शोधअनुसार महिलाहरूले आफ्नो परिवर्तन केशबाट सुरु गर्छन् र केशको शैली परिवर्तन गरेपछि उनीहरू अझ जवान पनि देखिन्छन् । त्यसैले आफ्नो केश सज्जा, पहिरन आदिमा परिवर्तन गरी आफूलाई अझ जवान देखाउन सकिन्छ । 

सधैं हलुका रंग तथा आफ्नो उमेर सुहाउँदो पहिरन लगाउनुको साटो नयाँ पनि प्रयोग गर्नुपर्छ । कहिले जिन्स, कहिले ज्याकेट त कहिले स्टाइलिस गाउन लगाउनुपर्छ । मानिसले के सोच्लान् भनेर आफ्नो इच्छा मार्नु हुँदैन । स्मार्ट पहिरन, राम्रो हेयर स्टाइल, ग्याजेट एवं एसेसरिज आदिको प्रयोगले नै जवान देखिन सकिन्छ । 

अझ दिमाग जवान भए शरीरमा पनि त्यसको सकारात्मक असर पर्छ । जवान मानसिकता भए जे कुरा पनि आँट्न सकिन्छ । यही मानसिकताले काम गर्ने ऊर्जा प्रदान गर्छ । यसका लागि आफू पढेलेखेको हुनुपर्छ भन्ने पनि छैन ।  

 Image