हिमालयन आर्ट फेस्टिभलमा ८० कलाकारका सिर्जना
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा हिमालयन आर्ट फेस्टिभलको आज अन्तिम दिन हो । आर्ट फेस्टिभल सात दिनसम्म चलेको थियो । फेस्टिभलमा ८० भन्दा बढी कलाकारको १ सय भन्दा बढी सिर्जना राखिएको थियो ।
कोरियामा लामो समय हेयर एक्सटेन्सन एण्ड डेडलकलगायत ब्युटिपार्लरसम्बन्धी अध्ययन गरेर नेपाल आएपछि सुरु भयो सान्द्रा ब्युटी क्लबको सेवा । पोखरा होम टाउन भएकी पुनले अहिले पोखरा र काठमाडौंका विभिन्न सहरमा ब्युटी क्लब सञ्चालनमा ल्याइन् । यसबीच उनी नयाँ स्पेशल कोर्सका लागि अस्ट्रेलिया जाने तयारीमा छिन् । आगामी दिनमा विश्वमा चलेको नयाँ ट्ेरन्ड नेपालमा पनि ल्याउन सकिने उनको दाबी छ । विभिन्न टेक्नोलोजीको विकास र बिस्तार भएपछि काममा सहज भएको छ । यो क्षेत्रमा मानिसहरूको आकर्षण बढेको छ । विश्वमै चलेका उत्कृष्ट ब्रान्डका मेसिनमार्फत काम हुन थालेको छ । हेयर रिमुभ गर्ने, आइब्रो प्लान्टेसन गर्ने मेसिनहरू नेपालमा भित्रिसकेका छन् । ब्युटिसियनको सेवा अत्यावश्यक बन्दै गएको व्यवसायी सान्द्रा पुन बताउँछिन् । यो क्षेत्रमा जे–जति प्रगति र सकारात्मक प्रभाव देखिएको छ त्यो महिलाहरूको आत्मनिर्भर र निरन्तरताको उपज हो । जीवनशैलीसँग जोडिएको क्षेत्र भएकाले यसको विकास र प्रवद्र्धनमा संवेदनशील भएर लाग्नु आवश्यक छ ।