Successfully Copied

महिला भनेका सृटिकर्ता

–शिक्षित, स्वतन्त्र, स्वालम्बी र शसक्त हुन सिक्नुहोस् न कि ज्यादा सहनशिल भएर आफ्ना अधिकार दबाउन ।

दिपक सिंजाली ( युवा ब्यावसायी )

करिब डेढ दशकदेखी ब्यावसायमा सक्रिय दिपक सिंजाली महिलालाइ सृष्टिकर्ता भन्न रुचाउंछन् । त्रिकोण इन्टरनेशनलका एक्ज्युकेटिभ डाइरेक्टर तथा भोगिज इन्टरनेशनलका अध्यक्ष्य सिंजाली महिलाका लागी ब्यावसायिक सफलता शसक्तिकरणको बलियो माध्यम भएको बताउंछन् । 

तपाइको नजरमा आमा ?

जन्मदाता, जननी ।

महिलाको सवल पक्ष के होला ?

सहनशीलता ।

मन छोएको महिला पात्र ?

दामिनी भीरकी हागंदिमा ।

तपाइको बिचारमा महिलाका नकारात्मक पक्ष ?

कुरा काट्ने तथा शंकालु । 

तपाइको नजरमा बोल्ड र ड्यासिंगं महिला ?

–बलिउड स्टार प्रियंका चोपडा ।

तपाइको जीवनमा प्रेरणादायी महिला ?

–सोनिया गान्धी ।

श्रीमती ?

–असल साथी ।

–तपाइका लागी तपाइकी छोरीले के अर्थ राख्छिन् ?

–मेरी छोरी मेरो जीवनको आशा र बिश्वास हो । 

एकदिनका लागी महिला हुन पाए को हुनुहुन्थ्यो ?

–नेपालकी प्रथम महिला राष्ट्रपति बिद्यादेबी भण्डारी ।

आकर्षक महिला ?

ऐश्वर्या राय बच्चन ।

महिलाका लागी सुझाव ?

–शिक्षित, स्वतन्त्र, स्वालम्बी र शसक्त हुन सिक्नुहोस् न कि ज्यादा सहनशिल भएर आफ्ना अधिकार दबाउन । 

 Image