Successfully Copied

जाडोमा ह्दयको सुरक्षा

जाडोमा तापमान घट्ने क्रमले शरीरमा रक्त प्रवाह कम हुन्छ । यसका कारण ह्दयाघात हुने तथा कोरोनरी आर्टरीसम्बन्धी रोग पनि बढ्छ।

जाडोमा तापमान घट्ने क्रमले शरीरमा रक्त प्रवाह कम हुन्छ । यसका कारण ह्दयाघात हुने तथा कोरोनरी आर्टरीसम्बन्धी रोग पनि बढ्छ । ह्दयाघात हुने कारणका सम्बन्धमा जानकारी नहुनु र जाडो मौसममा सावधानी राख्नुपर्ने पक्षका बारेमा लापरबाह हुनु रोगको ठूलो कारण हो । रोगबाट पीडित व्यक्तिले जाडो मौसममा विशेष सावधानी अपनाएर ह्दयको सुरक्षा गर्नुपर्छ । 

नियमित जाँच जरुरी 

जाडोमा ह्दयाघात हुने खतरा बढ्छ । बायाँ धमनीबाट निस्कने रक्त धमनी घट्दो तापमानका साथ खुम्चिन्छ । परिणामस्वरूप ह्दयलाई रक्त प्रवाह गर्न बढी प्रयास गर्नुपर्छ । यसबाट ह्दयमा दबाब पर्छ र यही ह्दयाघात हुने कारण बन्छ । यस्तो स्थिति ती व्यक्तिका लागि अझ खतरनाक हुन्छ जसलाई आफ्नो ह्दयको स्थितिका बारेमा कुनै जानकारी हुँदैन । कार्डियोवेस्क्युलरको खतराका बारेमा जानकारी राख्न नियमित जाँच गराउनु आवश्यक छ । 

खतरा बढ्छ 

मौसम परिवर्तन हुनुका साथै कोलेस्ट्रोल लेवलमा पनि उतारचढाव आउँछ जसका कारण उच्च कोलेस्ट्रोलको स्थितिमा पुगेका व्यक्तिमा कार्डियोवेस्क्युलरको खतरा बढ्छ । यस्ता व्यक्तिले कोलेस्ट्रोल लेभल नियन्त्रित राख्नु अत्यन्त आवश्यक छ । यतिबेला बढी परिश्रम पर्ने काम गर्नुहुँदैन । लगातार काम गरेपछि बीचबीचमा आराम गर्नुपर्छ जसले ह्दयमा बढी दबाब नपरोस् । यति मात्र होइन व्यायाममा पनि परिवर्तन ल्याउनुपर्छ । धेरै चिसो दिन मर्निङ वाक गर्नु हुँदैन । सामान्य खुराक भन्दा बढी खानबाट जोगिनुपर्छ । एकैपटक बढी मात्रामा भोजन गर्दा ह्दयमा अतिरिक्त बोझ पर्छ । अत: केही समयको अन्तरालमा थोरै–थोरै खानुपर्छ । 

जाडो मौसममा शरीरलाई गर्मी प्राप्त हुन्छ भनेर मद्यपान गर्नु ठीक होइन, यसले उल्टो प्रभाव पार्छ । मद्यपानले शरीर तातो बनाउँछ भन्ने कुरा भ्रम मात्र हो ।

 Image