Successfully Copied

जाडोकाे लागि स्टाइिलस्ट पहिरन

फेसन डिजाइनर मञ्जु बञ्जारासंग यस पटककाे जाडोकाे लागि बजारमा ल्याइने पहिरनकाे बारेमा कुराकानी

मञ्जु ढकाल बञ्जारा, फेसन डिजाइनर

विन्टरका लागि कुन फेब्रिक उपयुक्त हुन्छ ?

भेल्भेट, ऊलन, भेला, लाइक्रा आदि फेब्रिकले न्यानो बनाउँछन् । यसपटक ऊलनमा धेरै डिजाइन आएका छन् ।

जाडोमा कुन कलर खुल्छ ?

डार्क कलर बढी खुल्छ । त्यसमा पनि यसपटकका लागि पर्पल, रेड, चकलेट ब्राउन, अरेन्ज, एल्लो, पिंक, नियोन पिंक, प्यारोट ग्रिन, रोयल ब्लु फेसनमा छन् । यी कलर नै वार्म देखिन्छन् ।

जाडो मौसममा साडी वा लेहेंगाका लागि के–कस्ता डिजाइन चलेका छन् ?

पार्टीका लागि लेहेंगा र साडी नै राम्रो देखिन्छ । जसमा त्यही कलरको भेल्भेटमा इम्ब्रोइडरी गरिएको फुल बाहुलाको ब्लाउज राम्रो तथा न्यानो हुन्छ । ब्लाउजमा टिनेक तथा कलर नेक डिजाइन गरेकी छु । त्यसमा म्याचिङ भेल्भेटको लंक कोट निकै आकर्षक तथा रोयल लुक्स दिने खालको हुन्छ । भेल्भेट हाइ र लो डिजाइनको लेहेंगा अनि ब्लाउजको ठाउँमा घुँडासम्म आउने भेल्भेटको कुर्ता  पनि लगाउन सकिन्छ ।

जाडोको पार्टीका लागि टिनएजरका निम्ति कस्ता डिजाइन बनाउनुभएको छ ?

भेल्भेटमा हल्का इम्ब्रोइडरी गरेको लंग गाउन बनाएकी छु । भेल्भेटकै फिटिङ वानपिस पनि तयार गरेकी छु । भेल्भेटमा भनेजस्तो कलर ड्राइ गर्न मिल्ने भएकाले पनि टिनएजरलाई स्टाइलिस्ट लुक दिन यही फेब्रिक उपयुक्त हुन्छ ।

क्याजुअल वेयरका लागि कस्ता डिजाइन निकाल्दै हुनुहुन्छ ?

लंक स्कर्ट, कार्फ लेन्थसम्मको स्कर्ट यो जाडोका लागि उपयुक्त पहिरन हो । लंग बुटसँग ओभरकोट वा सर्ट कोटसँग यो स्कर्ट लगाउँदा व्यक्तित्व निखारिन्छ र न्यानो पनि हुन्छ । यो स्कर्ट ऊलन प्रिन्टेट, टाटन प्रिन्टेट तथा प्लेन ऊलनमा तयार पार्न सकिन्छ ।

कामकाजी महिलाहरूका लागि कस्तो पहिरनले स्मार्ट देखाउँछ ?

लंग कुर्तीमा प्लाजो पाइन्ट एकदमै उपयुक्त हुन्छ । कोटमा हिपसम्मको सर्ट कोट पनि राम्रो देखिन्छ । हिपलेन्थसम्मको कोटमा सिंगल बटन लगाउने यसमा वेस्ट लेन्थसम्म बटन प्रयोग गर्नु पर्दैन । वेस्ट लेन्थको कोटमा अम्ब्रेला डिजाइन पनि स्मार्ट देखिन्छ ।

 Image