Successfully Copied

फेसनमा प्लास्टिकको प्रयोग

खादीको कुर्तामा प्लास्टिक पकेट । लेदर स्यान्डल्सको ट्रान्सपरेन्ट प्लास्टिक हिल्स ।

खादीको कुर्तामा प्लास्टिक पकेट । लेदर स्यान्डल्सको ट्रान्सपरेन्ट प्लास्टिक हिल्स । स्प्रिङ सिजनमा टप फाइफ ट्रेन्ड्सको सूची बनाउने हो भने प्लास्टिकलाई बेवास्ता गर्न सकिँदैन । आफ्नो वार्डरोबलाई गर्मीको हिसाबले अपडेट गर्न अर्गानिक फेब्रिकबाट बनेका परिधानको सपिङ गरिँदैछ भने प्लास्टिकलाई बेवास्ता गर्नुहुँदैन । मेरिस फेसन विक र इन्डिया फेसन विकमा देखिएपछि प्लास्टिक यो समर स्प्रिङ सिजनको हिट ट्रेन्ड बन्न पुगेको छ । फेसन एक्सपर्टहरूका अनुसार एसेसरिजदेखि परिधानसम्म प्लास्टिकको प्रयोग गर्न रुचाएको पाइन्छ । ह्यान्ड वोमन ओर्गेनिक फेब्रिक्सका साथमा कन्ट्रास्ट इफेक्ट दिनका लागि प्लास्टिकको प्रयोग बढ्दो क्रममा छ । जसमा बाँकी फेब्रिक प्राकृतिक हुन्छन्, प्लास्टिक भने सिन्थेटिक । यसैगरी एकै परिधानमा दुई अलग–अलग मटेरियल्सको प्रयोगबाट कन्ट्रास्ट लुक प्राप्त गर्न सकिन्छ । प्लास्टिकको प्रयोग सहज र सस्तो हुन्छ । प्लास्टिकको प्रयोगले हल्का रंगका परिधानलाई सोबर अन्दाजमा ब्लिङ इफेक्ट प्रदान गर्छ । 

परिधान र एसेसरिजमा प्लास्टिकका थुप्रै भेराइटी प्रयोग भएको पाइन्छ । डिजाइनरहरूका एक्रेलिक र भिनाइलबाहेक यो सिजन सेलोफेन प्लास्टिक पनि अत्यन्तै रुचाइएको पाइन्छ । प्लास्टिकको प्रयोग भएका पहिरन र एसेसरिजले फन्की लुक प्रदान गर्छन्, जसलाई कलेज, पिकनिक र सपिङका बेला प्रयोग गर्न सकिन्छ । यति मात्र नभई अब त सिल्क प्लास्टिक जस्ता नयाँ फेब्रिक पनि चलनमा आउन थालेका छन् जुन अत्यन्त ग्लसी हुन्छन् । साथै ओर्गेनिक फेब्रिक मिक्स हुनुका कारण यी स्किन फ्रेन्डली पनि हुन्छन् । यति हुँदाहुँदै पनि पूरै प्लास्टिक परिधान प्रयोग गर्ने आत्मविश्वास सबैमा हुँदैन । यस्तो परिधान तब मात्र क्यारी गर्नुपर्छ जब त्यसमा पूर्णरूपले कम्फर्टेबल र कन्फिडेन्ट महसुस हुन्छ । पूरै प्लास्टिकबाट बनेका पहिरनमा कटनको लाइनिङ भए त्यो आरामदायी हुन्छ । ओभरअल प्लास्टिकयुक्त पहिरन लगाउने रुचि नभए पकेट, योक वा कलरमा प्लास्टिक प्रयोग भएका पहिरन लगाउन सकिन्छ । प्लास्टिकको प्रयोग भएका पहिरन लगाउँदा लुक सन्तुलित हुनु अत्यन्त आवश्यक छ । ड्रेसको टप वा बटम वेयरमध्ये कुनै एउटामा प्लास्टिकको प्रयोग शोभनीय देखिन्छ ।

 Image