Successfully Copied

लगानी गर्दा हुनसक्ने पाँच गल्ती

लगानीका लागि बचत हुनुपर्छ । आफ्नो बचत कतै लगानी गरी त्यसबाट केही आय आर्जन गर्न सकिन्छ । बचत लगानीको मार्गदर्शक हो । अहिलेका मानिसहरू आफ्नो बचतलाई लगानीमा परिणत गर्न उत्साहित छन् तर सोचविचार नगरी लगानी गरियो भने बढी जोखिम हुन्छ ।

लगानीका लागि  बचत हुनुपर्छ । आफ्नो बचत कतै  लगानी गरी त्यसबाट केही आय आर्जन गर्न सकिन्छ । बचत लगानीको मार्गदर्शक हो । अहिलेका मानिसहरू आफ्नो बचतलाई लगानीमा परिणत गर्न उत्साहित छन् तर सोचविचार नगरी लगानी गरियो भने बढी जोखिम हुन्छ । लगानी गरेपछि आफू जागरुक हुनुपर्छ, ढुक्क भएर बस्नु हुँदैन । आफ्नो योजना के हो र कसरी अघि बढ्ने ? अप्ठ्याराहरू के छन् ? आफ्नो आय कस्तो छ ? त्यसको पूर्ण जानकारी राख्नुपर्छ । लगानी गरेपछि त्यसको प्रतिफल लिनुपर्छ । अहिलेको बजारको प्रवृत्ति र आफ्नो लक्ष्य पूर्णरूपमा प्रस्ट नभई लगानी गर्नु हुँदैन । योजनाका बारेमा कुनै जानकारी नलिई लगानी गर्दा घाटा हुनसक्छ । यसलाई सामान्य रूपमा लिनु हुँदैन । त्यसैले लगानी गर्दा हुने गल्तीप्रति आफै सजग हुनुपर्छ । साथीभाइको सल्लाह, विज्ञापन, एजेन्ट तथा लगानी सल्लाहकारहरूको सहयोगले हामीलाई लगानी गर्न उत्साहित बनाउँछ । 

पहिलो गल्ती 

योजना नबुझी लगानी गर्नुकुनै एजेन्ट वा योजनाकारले लगानीका लागि आफ्नो योजनाका सम्बन्धमा जानकारी दिन्छन् । कहिलेकाहीँ अधूरो जानकारी हुँदा पनि लगानी हानिकारक साबित हुनसक्छ । जबसम्म लगानी गर्ने योजनाका सम्बन्धमा आफूलाई राम्रोसँग जानकारी हँुदैन तबसम्म लगानी गर्नु हुँदैन । हुन पनि एजेन्ट वा सल्लाहकारले लगानीका लागि उत्साहितभन्दा हामीलाई उक्साउने प्रयास गर्छन् । यो उनीहरूको गल्ती होइन । यसबाट उनीहरूले आफूलाई लगानीका लागि मानसिक रूपमा तयार गरेको बुझ्नुपर्छ । उनीहरूले योजनाका सम्बन्धमा बताउँदा आफूले नबुझेको विषयमा पटक–पटक प्रश्न उठाउनुपर्छ । 

दोस्रो गल्ती

फाइदाभन्दा जोखिममा ध्यान दिनु लगानीको लक्ष्य बनेको छैन भने लगानी गर्नु हुँदैन । सबैलाई आफ्नो पैसा सुरक्षित ठाउँमा लगानी होस् भन्ने चाहना हुन्छ । पैसालाई भरसक धेरै फाइदा हुने ठाउँमा लगाउने सबैको प्राथमिकता हुन्छ । यदि आफ्नो प्राथमिकता आफैलाई थाहा छैन भने लगानी गर्दा विचार पुर्‍याउनुपर्छ । आफूलाई कुन योजना ठीक हुन्छ यकिन भएपछि मात्र लगानी गर्नुपर्छ । फाइदा मात्र होइन अरू कुरा पनि ध्यानमा राखी लगानी गर्नुपर्छ । 

तेस्रो गल्ती

लगानीको लक्ष्य स्पष्ट हुनुपर्छ  एजेन्ट वा विज्ञापनका आधारमा मात्र लगानी गर्नु दुस्साहस हुनसक्छ । केवल प्रतिफल वा योजनाको भोल्युम हेरेर लगानी गर्नुभन्दा पैसा आफैसँग राख्नु बढी सुरक्षित हुन्छ । योजनामा यो समयमा यति नै लगानी हुन्छ भन्न  सकिँदैन । काम गर्दै जाँदा कहिलेकाहीँ नोक्सानी पनि बेहोर्नुपर्ने हुनसक्छ । त्यसैले अरुको भनाइमा लगानी गर्नु हुँदैन । 

चौथो गल्ती

कुनै पनि कागज पूर्णरूपमा अध्ययन नगरी हस्ताक्षर गर्नु हुँदैन । लगानीका लागि वकिलसँग सल्लाह लिनुपर्छ । फर्मलाई अनौपचारिकता तथा हलुका रूपमा लिनु हुँदैन । फर्ममा लेखिएका हरेक लाइन बुझेर हस्ताक्षर गर्नुपर्छ । आफ्नो सबै जानकारी फर्ममा भर्नुपर्छ । 

पाँचौं गल्ती 

लगानी तथा आयको सन्तुलन नहुनु लगानी जोखिमको अर्को पाटो हो । खास गरेर आफ्नो मासिक तलबको २० प्रतिशतसम्म लगानी गर्न सकिन्छ । यसले रुटिनलाई बिगार्दैन तर त्यसभन्दा बढी भयो भने घरेलु बजेटमा असर पुग्न सक्छ । लगानी गर्दा कहिलेकाहीँ आकस्मिक खर्च हुन सक्छ । कहाँ कति खर्च भयो थाहा पाउन सकिँदैन । बढी लगानी गर्दा ऋण लाग्ने सम्भावना हुन्छ । त्यसले तनाव तथा व्याजको दोहोरो मार भोग्नुपर्छ । त्यसैले लगानी तथा आयमा तालमेल मिलाउनुपर्छ । बढी लगानी नोक्सानीको सुरुवात हुनसक्छ ।

 Image