Successfully Copied

किन कुरा लुकाउँछन् पुरुष ?

अधिकांश महिला श्रीमान्ले आफूसित कुरा लुकाएको गुनासो गर्छन् । आखिर पुरुषहरू किन यसो गर्छन्?

अधिकांश महिला श्रीमान्ले आफूसित कुरा लुकाएको गुनासो गर्छन् । आखिर पुरुषहरू किन यसो गर्छन्? मनोचिकित्सकहरूका अनुसार पुरुषले सोच्ने ढंग महिलाको भन्दा अलग हुन्छ । उनीहरू महिलाको तुलनामा कम बोल्छन् । अत: उनीहरू धेरैजसो कुरा सहजै लुकाउन सक्छन् । तुलनात्मक रूपमा महिलाहरू कुरा लुकाउने मामिलामा पुरुषभन्दा पछि पर्छन् । उनीहरू आफ्ना श्रीमान् वा प्रेमीबाट आफूसित उनीहरूका हरेक कुरा सेयर होस् भन्ने अपेक्षा गर्छन् र जब यसो हुँदैन तब दाम्पत्य जीवनमा विवाद प्रारम्भ हुन्छ । 

कुरा लुकाउनुको सकारात्मक पक्ष

–पुरुषहरू भित्री मनमा श्रीमती पनि समस्यामा परून् भन्ने चाहँदैनन् । त्यसैले उनीहरू स–साना कुरा लुकाएर घरको वातावरण शान्त राख्न चाहन्छन् । 

–पुरुषहरू प्राय: समस्यालाई सहज रूपमा सुल्झाउँछन् किनभने उनीहरूको समस्या सुल्झाउने शैली महिलाको भन्दा अलग हुन्छ । 

–पुरुषहरू तुलनात्मक रूपले कम मतभेद राख्छन् र मतभेद भए पनि कटुता राख्दैनन् ।

–पुरुषहरू कुनै पनि कुरालाई लम्ब्याउन चाहँदैनन् । कुनै कुरा चाँडै समाधान होस् भन्ने उनीहरूको चाहना हुन्छ । 

–पुरुषहरू जीवनप्रति बढी आशावादी हुन्छन् । 

–कुरा लगाउने बानी नहुने भएकाले पुरुषहरू स–साना कुरामा ध्यान दिँदैनन् । 

–पुरुषहरू नकारात्मक कुराको पनि समाधान खोज्ने प्रयास गर्छन् । 

कुरा लुकाउनुको नकारात्मक पक्ष 

–पुरुषहरू धेरै हदसम्म कमिटमेन्ट गर्नबाट बच्छन् र कुरा पनि लुकाउँछन् । 

–श्रीमतीले शंका नगरून् भन्ने उद्देश्यले अफिसका सहकर्मीहरूका सम्बन्धमा कुरा सेयर गर्न उचित मान्दैनन् । 

–आफ्नो आम्दानी र खर्च श्रीमतीलाई यकिन जानकारी नहोस् भन्ने हेतुले पुरुष श्रीमतीसित कुरा लुकाउँछन् । 

 Image