शास्त्रिय संगीतमा महिला कलाकारहरु

नेपाली संगीतको इतिहास खोतलेर हेर्ने हो भने मल्लकालीन युगसम्म पनि महिलाहरुको संगीत क्षेत्रमा कुनै उपस्थिति थिएन । राणाकालीन समयमा आएर भने केही महिला कलाकारहरु संगीत क्षेत्रमा प्रवेश गरेको पाइन्छ । यही समय नै शास्त्रिय संगीतको राम्रो युगको रुपमा लिइन्छ । त्यति बेला भारतवाट वरिष्ठ उस्तादहरु बोलाएर कार्यक्रम गराइन्थ्यो र नेपाली कलाकारहरुलाई पनि संगीत सिकाउने व्यवस्था मिलाएको हुन्थ्यो । अधिकाशं पुरुष कलाकारहरु विचमा महिला कलाकार मेलवा देवी त्यति खेर आफुलाई गायिकाको रुपमा चिनाउन सफल भइन् ।

सिर्जना दुवाल श्रेष्ठ

मंसिर ३, २०७२ 

शास्त्रिय संगीतमा महिला कलाकारहरु

समयको चक्रको साथसाथै संगीतको नयाँ नयाँ सिर्जना र परिवर्तन भइ रहन्छ । पप, लोक, आधुनिक, ऱ्याप, रक, दोहरी, फ्युजन तर जुनसुकै संगीतको आधारशिला भने शास्त्रिय संगीत नै हुन् । अत : संगीतमा शास्त्रिय ज्ञान विना व्याकरणको ज्ञान विनाको भाषा साहित्य जस्तै हुन्छ । उखानै छ शास्त्रिय संगीतको ज्ञान विनाको संगीत यात्रा पूर्ण र सफल हुनै सक्दैन । यो कथनलाइृ मनन गरि संगीतमा लाग्ने कलाकारहरु शास्त्रिय ज्ञान लिएर लाग्ने गरेका छन् । गीतको पावर र बजाइको शक्तिनै शास्त्रिय ज्ञान भएको र नभएको स्वतै छुटिने कुरा शास्त्रिय संगीतमा आधारित भइ गाइ रहनु भएका र सिकाइ रहनु भएका गायिका तथा ललित कलाको संगीत विभागका संयोजक संगीता राना बताउँछिन् । केही वर्ष संगीतमा क्षणिक चर्चा बटुल्न चाहने कलाकारहरु र त्यस्तै गीतहरुको हावी भए पनि केही समय यता संगीतमा राम्रा गीत, कलाकारहरुको वर्चश्व बढ्दै छ । हरेक क्षेत्रमा अहिले पनि पुरुषको तुलनामा महिलाहरुको उपस्थिति कमै छ तर पनि उल्खेनिय , प्रशंशनिय उपस्थिति भने हुनु महिलाहरुको लागि खुशीको कुरो हो । शास्त्रिय संगीतमा पनि महिलाहरुको उपस्थिती निकै कमै छन् । 

नेपाली संगीतको इतिहास खोतलेर हेर्ने हो भने मल्लकालीन युगसम्म पनि महिलाहरुको संगीत क्षेत्रमा कुनै उपस्थिति थिएन । राणाकालीन समयमा आएर भने केही महिला कलाकारहरु संगीत क्षेत्रमा प्रवेश गरेको पाइन्छ । यही समय नै शास्त्रिय संगीतको राम्रो युगको रुपमा लिइन्छ । त्यति बेला भारतवाट वरिष्ठ उस्तादहरु बोलाएर कार्यक्रम गराइन्थ्यो र नेपाली कलाकारहरुलाई पनि संगीत सिकाउने व्यवस्था मिलाएको हुन्थ्यो । अधिकाशं पुरुष कलाकारहरु विचमा महिला कलाकार मेलवा देवी त्यति खेर आफुलाई गायिकाको रुपमा चिनाउन सफल भइन् । मेलवादेवीलाई ठूमरीकी रानीको उपनामले समेत चिनिन्थ्यो । 

प्रजातन्त्रको स्थापना पछि रेडियो नेपालको स्थापना भयो र दरवारमा मात्र सिमित संगीत सर्वसाधारणको पहुपुग्न थाल्यो । २०१७ सालमा पीके कलेजमा संग्ीत विषयमा गायन र सितार वादनको पठनपाठन शुरु भयो रेडियो नेपालको स्थापना संगै  पदमा मानन्धर कादम्बरी, कोइली देवी जस्ता महिला कलाकारको आफ्ना सुमधुर गीतहरु नेपाली ोतामाझ पस्किन थाले । शास्त्रिय गायिका इन्दिरा पाण्डे र पद्मा मानन्धर कादम्बरीले भारतवाट एमम्युज गरेर फर्के पछि पीकेमा संगीतको अध्यन गराउनुको साथै रेडियो नेपालमा शास्त्रिय गायन प्रस्तुत गरि नेपाली समाजमा महिला शास्त्रिय गायिकाको रुपमा आफुहरुलाई चिनाए । त्यति बेला यी दुई शास्त्रिय गायिकाहरुले रेडियो नेपाल मार्फत धेरै जुगलबन्दी गायन प्रस्तुत गरेका थिए । 

२०२२ सालमा गायन संगीतको अध्यनको लागि अम्बिका रिमाल, सोफिया रेग्मी, संगीता जोशी, मीरा पाण्डे, वीणा प्रधान, सकुन्तला प्रधान, हनी श्रेष्ठ, रोमिला मानन्धर ,सितार विषयको लागि शारदा पन्त, मीरा देवकोटा, नुत्यको लागि सुषमा कोइराला, वीणा जोशी र बेटीदेवी बज्राचार्य अध्ययनको लागि भारतको बरौटा गए । तर सबेले भने शास्त्रिय संगीतमै निरन्तरता दिन सकेन । इन्दिरा पाण्डे र पदमा मानन्धर कादम्बरीले गायन विषयमा पीकेमा अध्ययापन मार्फत संगीस्तमा योगदान दिए, वीणा प्रधान ललितकला कलेजमा संलग्न भइन् भने हनी श्रेष्ठ र बेटीदेवी बज्राचार्यलृ नृत्य विषयमा अध्ययापनमा लागे । सकुन्तला प्रधान रत्नराज्य कलेज र अम्बिका रिमाल रेडियो नेपामा कार्यरत भइन् ।

त्यस समयमा कार्यक्रम प्रस्तुत गरि सर्वसाधारणमा शास्त्रिय संगीत प्रति रुची बढाएर आफ्नो पहिचान  बनाउन सफल महिला कलाकारहरुमा रत्नकुमारी गुरुंग, सकुन्तला प्रधान, अम्बिका रिमाल, कुन्ती सुन्दास ( हाल मोक्तान) इन्दिरा श्रेष्ठ, शान्ति अधिकारी देखा परेका थिए । सितारवादन तर्फ भने mक्ष्मी राणा, पदमा राजभण्डारी, उमा थापा, ज्ञानसराधा गोर्खाली, सुशिला अमात्य, सुर्यदेवी गुरुवाचार्य, ज्योती भण्डारी, पूर्णिमा रोनियार, मनोरमा रौनियार सकृय थिए । तबलावादन तर्फ कमला श्रेष्ठ पहिलो तबलावादकको रपमा देखा परेकी थिइन् । नृत्य विधामा हनी श्रेष्ठ।, बेटीदेवी बज्राचार्य, वीणा जोशी, कृष्णा प्रधान, नारायणदेवी श्रेष्ठ, रत्ना श्रेष्ठ परिचित नामहरु हुन् । 

तर पनि शास्त्रिय संगीत सबै स्रोतामाझ लोकप्रीय संगीत बन्न सफल भने थिएन । यस्तो अवस्थामा भारतवाट आफ्नो संगीत अध्ययन पूरा गरि उतै आफुलाइृ स्थापित गरि सकेकी संगीता प्रधान नेपालमा आएर शास्त्रिय गाएर स्रोताहरुको मन जित्न सफल भइन् । सर्वसाधारणलाई र संगीतमा लागेकाहरुलनइृ पनि शास्त्रिय संगीतको महत्व र आवस्यकतालाइृ उजागार गरि नेपाली संगीतमा शास्त्रिय आधारीत गीतहरु पस्केर चर्चित छिन् । साथै शारदा क्ष्ेत्री र सरोजनी तण्डुकार पनि शास्त्रिय गायनलाई लोकप्रीय बनाउने कोशिशमा समर्पित नाम हो । त्यसै गरि अमृत हिरायोगी, पदमहिरा तुलाधरु वीणा श्रेष्ठ, सितामैंया राजचला आदिले सितार मार्फत शास्त्रिय संगीतमा लाग्दै छन् । रुपा न्यौपानेले सरोदवादन मार्फत शास्त्रिय संगीतलाइृ उठाउने सम्भवत प्रयाशमा छिन् भने सुमित्रा श्रेष्ठ तथा सरिता मिश्रले तबला मार्फत संगीतमा आफुलाइृ उभ्याइरहेका छन् । 

अहिले केही वर्ष यता  शास्त्रिय संगीतमा थुप्रै महिला प्रतिभावान् कलाकारहरु उपस्थित बढ्दै छ । जसमा गायन तर्फ मालती आचार्य, सुजाता बर्मा, तेजवती जोशी, शिलु जोशी, राधीका भण्डारी, लक्ष्मी श्रेष्ड, जेनिशा पौडेल, राधा राई आदि आफ्ना मीठा शास्त्रिय गायन मार्फत स्रोताको मन जि प्रयाशरत छन् । उनीहरुको आवाज, संगीतको ज्ञान र मेहनत हेर्दा शास्त्रिय संगीतको भविष्य दिनप्रति उज्यालो देखिन्छ ।  धेरै गायक गायिकाहरुले थाहा पाइ सकेका छन् शास्त्रिय ज्ञान विना गाएका गीतहरु क्षणिक हित भए पनि सदाबाहार कदापी हुन सक्दैन  अहिलेका जति पनि गायक गायिकाहरु आउँदै छन् प्राय ललितकला, कलानिधी इन्दिरा संगीत विद्यालय , काठमाडौं विश्वविद्यालय, म्युजिक नेपाल संगीत विद्यालय तथा विभिन्न गुरुहरुसंग धेरै समय सिकेर मात्र आफुहरु यस क्षेत्रमा लागेको हुँदा नेपाली संगीत क्षेत्रको भविष्य पनि पक्कै उज्यालो छ ।             

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>