Successfully Copied

शिशुलाइ बाबुले स्याहार गर्दा

– शिशुको डाइपर वा नेपकिन फेर्न सिकिराख्नुपर्छ, असल बाबु बन्ने हो भने यो काम सिक्नैपर्छ । – मसाज ट्रेनिङ लिऔं । शिशु २ महिनाको भएपछि उसलाई नियमित मसाज गरिदिनुपर्नेहुन्छ । शिशुको मसाज गरिदिँदा ऊसँग अपनत्वको भावना प्रगाढ हुन्छ

शिशुलाइ बाबुले स्याहार गर्दा

–    शिशुको डाइपर वा नेपकिन फेर्न सिकिराख्नुपर्छ, असल बाबु बन्ने हो भने यो काम सिक्नैपर्छ ।

–    मसाज ट्रेनिङ लिऔं । शिशु २ महिनाको भएपछि उसलाई नियमित मसाज गरिदिनुपर्नेहुन्छ । शिशुको मसाज गरिदिँदा ऊसँग अपनत्वको भावना प्रगाढ हुन्छ ।

–    श्रीमती कामकाजी छिन् भने उनले सुत्केरी भएको २–३ महिनामै काममा जानुपर्ने हुनसक्छ । कतिपय कम्पनीले अलि लामो विदा वा बेतलबी बिदा दिन्छन् तर सबैमा त्यस्तो सुविधा नहुनसक्छ । त्यसकारण श्रीमती घर नहुँदा बच्चाको रेखदेख गर्ने तथा श्रीमती कामबाट थाकेर आएपछि पनि बच्चाको पूर्ण जिम्मेवारी लिएर श्रीमतीलाई सजिलो बनाइदिने काम श्रीमान्ले नै गर्नुपर्छ । 

–    आमाको जिम्मेवारी अरुको तुलनामा सदैव बढी हुन्छ । बच्चा सम्हाल्नुका साथै घरायसी कामकाज पनि गर्नुपर्ने हुन्छ । यसबाट थकान एवं चिडचिडाहट पैदा हुनसक्छ । कतिपय महिलालाई  सुत्केरीपछिको अवधिमा डिप्रेसन पनि हुनसक्छ , यस्तो बेलामा श्रीमान्ले भावनात्मक साथ दिनुपर्छ । त्यसैले अफिसबाट छिटो घर फर्कने, घरायसी काममा सहयोग गर्ने वा बच्चा हेरिदिने गर्नुपर्छ यति गरिदिए श्रीमतीले अन्य काम गर्न सक्छिन् भने उनको मनमा श्रीमान्प्रति सम्मानभाव जागृत हुन्छ ।

–    साथीभाइसँग जमघट, अबेरसम्म चल्ने अफिसियल मिटिङ वा पार्टी, ट्रेकिङ, टुर वा अन्य बाहिरी क्रियाकलापमा केही समयका लागि रोक लगाउनुपर्छ । उक्त समय श्रीमती एवं शिशुका लागि दिनुपर्छ जसबाट सम्बन्ध घनिष्ट हुन्छ ।

–    पहिलो शिशु जन्मँदा बाबुआमा दुवै त्यस विषयमा आलाकाँचा हुन्छन् । अनुभव नभएको कुरामा केही गल्ती हुनु स्वाभाविक नै हो त्यसैले केही सामान्य गल्ती भैहाले पनि नआत्तिई धैर्यपूर्वक काम गर्नुपर्छ ।

–    श्रीमान्–श्रीमतीको बेडरुममा तेस्रो व्यक्तिका रूपमा शिशु देखापर्नेबिीत्तकै स्थिति परिवर्तन हुन्छ । यसका लागि तयार हुनुपर्छ र आफ्नो सुत्ने–उठ्ने तालिकामा आवश्यकताअनुसार फेरबदल गर्न सकिन्छ ।

–    शिशुको मेडिकल चेकअप्सको चार्ट बनाउनुपर्छ, समय–समयमा डाक्डरको सल्लाह लिनुपर्छ ।

–    शिशुलाई लिएर बाहिर कतै निस्कँदा सदैव एउटा झोला राख्नुपर्छ  जसमा शिशुका लागि खानेकुरा, खेलौना तथा अतिरिक्त पहिरन हुनुपर्छ ।

–    श्रीमतीलाई खुसी राख्नु हरेक पतिको परम कर्तव्य हो । यो कुरा अभिभावकको जिम्मेवारी निर्वाह गर्ने क्रममा पनि कहिल्यै भुल्नुहुदैन । श्रीमतीलाई समय दिनुपर्छ, उनको खुसी के कुरामा छ त्यो बुझेर त्यसैअनुसार कार्यक्रम बनाउनुपर्छ । यति गर्नसके श्रीमान्–श्रीमती दुवै खुसी रही आनन्दपूर्वक जीवन व्यतीत गर्न सकिन्छ ।

 Image