Successfully Copied

मञ्जु पौडेल, गायिका र भाइ सुरेश ज्ञवाली

गायिका तथा संचारकर्मी मञ्जु पौडेल अहिले सानो भाइ सुरेशसँगै बस्दै आएकी छिन् । उमेरमा १२ वर्ष फरक भए पनि मञ्जु र सुरेशमा उमेरको त्यत्रो ग्याप भने देखिँदैन । हरेक कुरामा मञ्जुको अभिभावककै भूमिकामा उभिने सुरेश मिलनसार साथीजस्ता छन् ।

गायिका तथा संचारकर्मी मञ्जु पौडेल अहिले सानो भाइ सुरेशसँगै बस्दै आएकी छिन् । उमेरमा १२ वर्ष फरक भए पनि मञ्जु र सुरेशमा उमेरको त्यत्रो ग्याप भने देखिँदैन । हरेक कुरामा मञ्जुको अभिभावककै भूमिकामा उभिने सुरेश मिलनसार साथीजस्ता छन् । दिदीको कामलाई सपोर्ट गर्ने सुरेशले मञ्जुको बंैकिङ कारोवार, गीतको ट्रयाक, सुटिङ आदिको व्यवस्था मिलाइ दिन्छन् । दिदी–भाइमा सबै कुरा सेयर हुने भए पनि भाइ अलिकति रिजर्भ स्वभावको भएका मञ्जु बताउँछिन् । भाइ सुरेशका लागि पनि बुवा र आमापछिकी आदरणीय व्यक्तित्व मञ्जु नै हुन् । सुरेशलाई आफू मञ्जु पौडेलको भाइ भन्न पाउँदा गर्व महसुस हुन्छ । कहिलेकाहीँ मञ्जुले कुनै कार्यक्रममा जान अल्छी गर्दा काम भनेको सबैभन्दा ठूलो कुरा हो भनेर प्रोत्साहित गर्छन् । मञ्जुका लागि जीवनमा महत्व राख्ने व्यक्ति भन्नु नै भाइ सुरेश हुन् । आजसम्म जीवनका हरेक मोडमा भाइले साथ दिएकाले नै आफू सफल भएको मञ्जु बताउँछिन् । भाइप्रतिको अगाध प्रेमका कारण मञ्जुलाई मनपर्ने पर्व पनि भाइटीका नै हो । तिहारमा दिदी–भाइबीच शुभकामना आदान–प्रदानले आत्मीयता अझ प्रगाढ हुने मञ्जुको धारणा छ ।

 Image