Successfully Copied

ऐतिहासिक उपलब्धि

नेपाली जनताले चुनेका प्रतिनिधिबाटै तयार भएको ‘नेपालको संविधान’ आज विधिवत् ढंगबाट जारी हँुदैछ ।

नेपाली जनताले चुनेका प्रतिनिधिबाटै तयार भएको ‘नेपालको संविधान’ आज विधिवत् ढंगबाट जारी हँुदैछ । यसबाट लामो समयदेखिको अन्योल पनि अन्त्य भएको छ । पहिलेका संविधानको तुलनामा प्रगतिशील एवं अग्रगामी मानिएको यो ऐतिहासिक उपलब्धिको रक्षा गर्न सबै असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्नुपर्ने चुनौती भने प्रमुख राजनीतिक दलहरूसामु अझै छ । नागरिकता, महिला आयोगजस्ता महिलाका मुद्दाहरूलाई पनि राम्रैसँग सम्बोधन गरिएकाले यो संविधान विगतका तुलनामा महिलामैत्री हुने निश्चित छ तथापि कार्यान्वयन पक्षमा सुधारको अपेक्षा उत्तिकै रहनेछ ।

 Image