दर खाने दिन
भाद्र २९, २०७२ आज दर खाने दिन, त्यसो त हरेक घर–घरमा चेलीहरू आउने क्रम सुरु भैसकेको छ । दिदी–बहिनी मिलेर मिठा–मिठा परिकार बनाएर दर खाने चलन नेपाली समाजमा परापूर्वकालदेखि चल्दै आएको हो । दरलाई नेपाली महिलाले रमाइलो गरी मनाउँछन् । तीजको अघिल्लो रात दर खाइन्छ । अहिले यसको चलनमा निकै परिवर्तन देखिएको छ । तीज आगमनको १ महिनाअघिदेखि दरको रमझम सुरु हुन्छ, तर आफ्नो माइतीमा भने सबै चेली जम्मा भएर आजको दिनमा दर खान्छन् ।
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्