कलामा बिम्बित महिला अधिकारका मुद्दा
दक्षिण एसियाका १० चर्चित कलाकारका सिर्जनाले महिला अधिकारका मुद्दालाई गहिरो विश्लेषण र संवेदनशील दृष्टिकोणबाट प्रस्तुत गरेका छन् । सामाजिक संरचनामा भएको असमानता र महिलाको प्रतिरोधको महत्व पनि कलामा उजागर भएको छ ।
आज दर खाने दिन, त्यसो त हरेक घर–घरमा चेलीहरू आउने क्रम सुरु भैसकेको छ । दिदी–बहिनी मिलेर मिठा–मिठा परिकार बनाएर दर खाने चलन नेपाली समाजमा परापूर्वकालदेखि चल्दै आएको हो । दरलाई नेपाली महिलाले रमाइलो गरी मनाउँछन् । तीजको अघिल्लो रात दर खाइन्छ । अहिले यसको चलनमा निकै परिवर्तन देखिएको छ । तीज आगमनको १ महिनाअघिदेखि दरको रमझम सुरु हुन्छ, तर आफ्नो माइतीमा भने सबै चेली जम्मा भएर आजको दिनमा दर खान्छन् ।