Successfully Copied

करियर परिवर्तन गर्दा

कार्यक्षेत्र परिवर्तन जीवनको महत्वपूर्ण निर्णय हो जसका लागि पूर्वयोजना आवश्यक हुन्छ । एक क्षेत्रबाट अर्को क्षेत्रमा जाँदा धेरै कुरामा ध्यान पुर्‍याउनुपर्छ । आफ्नो करियर बदल्ने चाहना छ भने पुराना अनुभवका साथ केही नयाँ कुरा सिक्नुपर्छ ।

कार्यक्षेत्र परिवर्तन जीवनको महत्वपूर्ण निर्णय हो जसका लागि पूर्वयोजना आवश्यक हुन्छ । एक क्षेत्रबाट अर्को क्षेत्रमा जाँदा धेरै कुरामा ध्यान पुर्‍याउनुपर्छ । आफ्नो करियर बदल्ने चाहना छ भने पुराना अनुभवका साथ केही नयाँ कुरा सिक्नुपर्छ ।

सबैभन्दा पहिले करियर बदल्ने चाहना भित्रैदेखि छ–कि छैन निश्चित हुनुपर्छ । करियर परिवर्तन गर्ने विषयमा सर्वप्रथम स्वयं सहमत हुनुपर्छ ।

जोसमा आएर निर्णय गर्नुहुँदैन । परिवर्तन किन खोजिएको हो भन्ने कुरामा स्पष्ट हुनुपर्छ । जुन कुराको समस्या वर्तमान क्षेत्रमा छ त्यो आगामी क्षेत्रमा छ कि छैन विचार पुर्‍याउनुपर्छ ।

करियर परिवर्तनमा हतार गर्नु हुँदैन । कुनै पनि क्षेत्रको फाइदा तथा बेफाइदा मूल्यांकन गर्नुपर्छ । लिस्ट बनाएर आफ्नो प्राथमिकता तय गर्नुपर्छ ।

करियर परिवर्तनका लागि विशेष योजना बनाएर मात्र अघि बढ्नुपर्छ ।

कार्य क्षेत्र परिवर्तन गर्न कुनै विशेषज्ञको राय लिनु उपयुक्त हुनसक्छ ।

कार्यक्षेत्र परिवर्तन गर्ने मनसाय बनाएपछि एउटै क्षेत्रमा अल्झिएर बस्नु हुँदैन । यस्तो कार्यक्षेत्र छनोट गर्नुपर्छ जसमा आफ्नो क्षमता तथा रुचि दुवैको उपयोग होस् ।

कार्यक्षेत्र परिवर्तन गर्दा नयाँ क्षेत्रका लागि आफ्नो शिक्षाको स्तर पनि बढाउनुपर्छ ।

नयाँ क्षेत्र परिवर्तन गर्न साथीभाइको सल्लाह लिनुपर्छ ।

जुन क्षेत्रमा लाग्ने हो त्यो क्षेत्रमा काम गरिरहेकाहरूसँग मित्रता बढाउनुपर्छ ।

नयाँ क्षेत्रमा दक्षता हासिल गर्न आवश्यक परे फिल्डको अनुभव पनि बटुल्नुपर्छ ।

 

कार्यक्षेत्र छनोट गर्नुअघि

जुन क्षेत्रमा जान चाहेको हो त्यस विषयमा पूर्ण जानकारी लिनुपर्छ ।

त्यस क्षेत्रमा काम गरिरहेका मानिसहरूसँग भेटेर जानकारी बटुल्नुपर्छ ।

आफ्नो क्षमताको लिस्ट बनाउनुपर्छ ।

कार्यक्षेत्र परिवर्तन गर्दा अरू क्षेत्रमा कुनै राम्रो मौका नआई काम गरिरहेको क्षेत्र छोड्नु हुँदैन ।

अर्को काम राम्रो हुन थालेपछि मात्र काम गरिरहेको क्षेत्र छोड्नुपर्छ ।

पुरानो ठाउँको अनुभव नयाँ ठाउँमा लागू गर्न सकिन्छ ।

 Image