Successfully Copied

राधिका हमाल

तीजका गीत मात्र ३ सयभन्दा बढी गाइसकेकी राधिका हमाल यो वर्ष पनि अघिल्ला वर्षझैं व्यस्त छिन् । उनले यसपटकको तीजका लागि २०७१ को फागुनदेखि नै गीत रेकर्ड गराउन थालेकी थिइन् । बीचमा भूकम्पले केही समय असर पुर्‍याए पनि राधिका असारको पहिलो हप्तादेखि नै

तीजका गीत मात्र ३ सयभन्दा बढी गाइसकेकी राधिका हमाल यो वर्ष पनि अघिल्ला वर्षझैं व्यस्त छिन् । उनले यसपटकको तीजका लागि २०७१ को फागुनदेखि नै गीत रेकर्ड गराउन थालेकी थिइन् । बीचमा भूकम्पले केही समय असर पुर्‍याए पनि राधिका असारको पहिलो हप्तादेखि नै तीजका गीतमा स्वर भर्न व्यस्त छिन् । यसपटक उनले ३० वटा तीज गीतमा स्वर दिइसकेकी छिन् । राधिका एउटा गीत गाएको १० हजार पारिश्रमिक लिन्छिन् । तीजको आफ्नै एल्बम बजारमा नल्याएकी राधिका अरुको एल्बममा गाउँदैमा फुर्सद नहुने तर्क गर्छिन् । जापान, मलेसिया, कोरिया, दुबई, हङकङ, कतार आदि मुलुकमा गीत गाउन पुगिसकेकी राधिकाले रातो साडी भुइँमै भयो, अचम्मै राम्रो नाच्छ मोराले, अब त चाहिने जो मेरै पालो हो आदि लोकप्रीय तीज गीत गाएकी छिन् । धेरै वर्षदेखि तीजमा बिदेसिने राधिकाले यसपटक परिवारको आग्रहमा विदेशका थुप्रै कार्यक्रम छोडेर भारतको गुजराँतमा स्टेज शो गर्ने निर्णय गरेकी छिन् ।  

पहिरन : रोजिना श्रेष्ठ, कायरा बुटिक, सिटी सेन्टर

मेकअप तथा हेयर : रुस्का वैद्य श्रेष्ठ, आइटीसी ट्रेनिङ सेन्टर, बनेपा

लोकेसन : कुपण्डोल बैंक्युट, कुपण्डोल

तस्बिर : महेश प्रधान  

 Image