Successfully Copied

पार्वती राई, नृत्यांगना तथा मोडल

४ सयभन्दा बढी लोकदोहोरी तथा तीज गीतमा मोडलका रूपमा काम गरिसकेकी पार्वती अरू कुनै काम गर्दिनन् । प्रस्तोता समाजमा आबद्ध पार्वतीले चलचित्र मेरो जीवनसाथी र हम जाएगामा अभिनय गरेकी थिइन् यद्यपि उनी अभिनयमा भन्दा नृत्यमै जमेकी छिन् । हरेक लोकदोहोरीमा कम्मर मर्काएर

तस्बिर : महेश प्रधान  

अधिकांश लोकदोहोरी गीतका म्युजिक भिडियोमा देखिने मोडल पार्वती राई कुशल नृत्यांगना हुन् । विगत ५ वर्षअघि हेर्छु ओठ टोकी म्युजिक भिडियोबाट लोकदोहोरी गीतमा मोडलका रूपमा देखापरेकी पार्वतीलाई त्यसपछि कुनै पनि दिन फुर्सद भएन । ४ सयभन्दा बढी लोकदोहोरी तथा तीज गीतमा मोडलका रूपमा काम गरिसकेकी पार्वती अरू कुनै काम गर्दिनन् । प्रस्तोता समाजमा आबद्ध पार्वतीले चलचित्र मेरो जीवनसाथी र हम जाएगामा अभिनय गरेकी थिइन् यद्यपि उनी अभिनयमा भन्दा नृत्यमै जमेकी छिन् । हरेक लोकदोहोरीमा कम्मर मर्काएर नाच्ने पार्वतीलाई धेरैले लोकदोहोरी क्विन भन्छन् । राई तीज आउनुभन्दा दुई महिनाअघिदेखि नै तीजको भिडियो छायांकनमा व्यस्त हुन्छिन् । उनी नाच्नकै लागि अमेरिका, अस्ट्रेलिया, कतार, कोरिया, मलेसिया, दुबई आदि मुलुक पुगिसकेकी छिन् । पार्वती वर्षभरि नै म्युजिक भिडियो, महोत्सव तथा विदेशका कार्यक्रमहरूमा व्यस्त भैरहन्छिन् । पार्वती राम्रो दाम र नाम मिलेको यो कामबाट दंग छिन् । 

पहिरन : मञ्जु बञ्जारा, ड्रिम वेयर बुटिक, कुपण्डोल

मेकअप तथा हेयर : रुस्का वैद्य श्रेष्ठ, आइटीसी ट्रेनिङ सेन्टर, बनेपा

लोकेसन : कुपण्डोल बैंक्युट, कुपण्डोल

 

 Image