Successfully Copied

देविका केसी

तीजकै गीतका लागि संगीतकारहरूको आग्रहमा नेपाल आएकी देविकाले यहाँ आएको हप्ता दिनमै ३ वटा तीज गीतमा स्वर दिइसकेकी छिन् । तीजको समयमा उनी कार्यक्रमका साथ क्यानाडामा हुनेछिन् । दोहोरी प्रतियोगिता जितेर चर्चामा आएकी देविकाले सुरुवात दोहोरी एल्बमबाट गरे पनि उनलाई चिनाएको तीज गीतले

गीत गाउन विभिन्न देश पुगिरहने देविका यसपटक नौ महिनापछि नेपाल आएकी हुन् । तीजकै गीतका लागि संगीतकारहरूको आग्रहमा नेपाल आएकी देविकाले यहाँ आएको हप्ता दिनमै ३ वटा तीज गीतमा स्वर दिइसकेकी छिन् । तीजको समयमा उनी कार्यक्रमका साथ क्यानाडामा हुनेछिन् । दोहोरी प्रतियोगिता जितेर चर्चामा आएकी देविकाले सुरुवात दोहोरी एल्बमबाट गरे पनि उनलाई चिनाएको तीज गीतले हो । उनले विगत नौ वर्षदेखि तीजको गीति एल्बमलाई निरन्तरता दिइरहेकी छिन् । तीजको समयमा उनी स्टेज शो र रेकर्डिङमा व्यस्त हुन्छिन् । उनले पोहोर गाएको जातीय विभेदविरुद्धको गीत उनलाई मनपर्ने तीज गीत हो । गीत–संगीतबाहेक कतारमा श्रीमान्को व्यवसायमा पनि समय दिइरहेकी देविकाले अमेरिका, क्यानाडा, जापान, युरोप, हङकङ, कतार, दुबई, इजरायल, मलेसिया, फ्रान्स आदि  देशमा स्टेज पर्फमेन्स दिइसकेकी छिन् । देविका अहिले लोकदोहोरी गाउनेहरू पनि स्टाइलिस्ट हुँदै आएकोमा खुसी व्यक्त गर्छिन् । 

पहिरन : सुषमा सिंह, वुमन्स प्लानेट, घण्टाघर

मेकअप तथा हेयर : दीपा शाही, ब्युटी दिभा, कालिमाटी

लोकेसन : कुपण्डोल बैंक्युट, कुपण्डोल

तस्वीर ः महेश प्रधान

 Image