Successfully Copied

इन्दिरा जोशी, गायिका

इन्दिरा जोशीः मलाई गर्मी महिना मन पर्छ । जाडो महिनामा चिसोले नाक बन्द हुन्छ, कफको समस्याले ग्रसित तुल्याउँछ तर गर्मीमा भोकल खुल्ला हुने हुँदा खुलेर गाउन पाइन्छ । नवलपरासीमा जन्मिएकीले पनि म गर्मी खप्न सक्छु । बाल्यकालको कुरा गर्दा गर्मी महिनामा

मलाई गर्मी महिना मन पर्छ । जाडो महिनामा चिसोले नाक बन्द हुन्छ, कफको समस्याले ग्रसित तुल्याउँछ तर गर्मीमा भोकल खुल्ला हुने हुँदा खुलेर गाउन पाइन्छ । नवलपरासीमा जन्मिएकीले पनि म गर्मी खप्न सक्छु । बाल्यकालको कुरा गर्दा गर्मी महिनामा विद्यालय बिहान ५ बजेदेखि लाग्ने हुँदा फ्रेस पनि भइन्थ्यो । दिनभरि घरमै बसेर खेलिन्थ्यो । ममीले बेलको जुस ख्वाउनुहुन्थ्यो । केराको लस्सी, बन्जरिया गाउँबाट ल्याएको अम्बा, आँप आदि फलफूल टन्न खाइन्थ्यो । गर्मीमा आँप, लिची, काँक्रा तथा तरबुजाजस्ता स्वादिला फल खाँदा रमाइलो हुन्छ । दिउँसो एक टुक्रा तरबुजाले मनै शीतल पार्छ । साँझतिर बाहिर ममीसँग हावा खान गइन्थ्यो । जहाँ छिमेकी तथा आफन्तहरूसँग भेट हुन्थ्यो । हजुरआमाहरूले साँझ घुम्ने बेला आफ्ना बाल्यकालका कुरा सुनाउँथे । लोडसेडिङका बेला हाम्रो घरमा बस्ने हजुरबुबाले सधैं कथा सुनाउनुहुन्थ्यो जुन म अहिले पनि सम्झन्छु । गर्मीले टाउको नपोलोस् भनेर ममीले चिपिक्कै तेल लगाइदिनुहुन्थ्यो । भुजा साँधेर खाइन्थ्यो । भुजाका लागि बुबाले नुन–खुर्सानी तयार गरिदिनुहुन्थ्यो । साथमा आलु पोलेर खाइन्थ्यो । सम्झदा नै मन रमाउँछ । परासी माथिपट्टिको गाउँमा त्यतिबेला धान लिएर पैसा दिने, सामान दिने सिस्टम थियो । घरबाट साँझपख केही धान बोकेर जाने अनि त्यसअनुसारको पैसा पाइन्थ्यो । २० रुपैंयाँ मात्र हुँदा पनि धेरै थोक किन्न पुग्थ्यो । त्यही पैसाले म बदाम, चटपटे, जेरी, खेलौना आदि किन्थें । अहिले काठमाडौंको गर्मी फरक छ । उता जस्तो गर्मी त यहाँ कहाँ हुन्छ र ? तर हल्का एउटै आउटफिटमा मज्जाले हिँड्न पाउँदा सहज महसुस हुन्छ । म गर्मीमा दिनको दुईपटक नुहाउँछु । यसले केही गरौं भन्ने इनर्जी पनि प्रदान गर्छ । गर्मीका लागि विशेष कुरा

स्वास्थ्य : चिसो पानी प्रशस्त पिउने, हल्का खाना, बढी सलाद तथा नुन, गुलियो, चिल्लो र मरमसला कम खाने 

सौन्दर्य : मह पानी स्किनमा लगाउने र मनतातो पानीले पखाल्ने, बाहिर हिँड्दा सनस्क्रिन क्रिम तथा बेलुका अनुहारको क्लिन्जिङ ।

आउटफिट : लाइट कलरका कटन वन पिस, जिन्समा सेतो सर्ट 

फुर्सदको समय : घुमघाम, अध्ययन, टेलिभिजन

पेयपदार्थ : लेमन विथ मह–पानी

खाना : हलुका खाना

आउटफिट : नेपाली कटनको वन पिस  

लामखुट्टेबाट बच्न : ओडोनिल लिक्विड र म्याट

तनावमुक्त रहन :गर्मीमै रमाउन खोज्ने । 

 Image