Successfully Copied

विमला तुलाधर, आर्किटेक्ट,

धेरैजसो भत्किएका घरमा अब निर्माण गर्दा व्यवस्थित प्लानिङ वा गुरुयोजना तयार गरी निर्माण कार्य गर्नु उपयुक्त हुन्छ । त्यसका लागि भौगोलिक रिपोर्टअनुसार कति तल्ला, कुन प्रयोजनका लागि, कुन क्षेत्रमा उपयुक्त हुन्छ सोहीअनुसार स्ट्रक्चर डिजाइन गर्नुपर्छ । क्षति भएका भवनहरूको पहिचान गरी सम्बन्धित विज्ञको

विमला तुलाधर, आर्किटेक्ट, 

सहप्राध्यापक, थापाथली इन्जिनियर कलेज

भूकम्पले कति म्यागनेच्युडदेखि क्षतिको रूप लिन्छ ?

सामान्यतया ५ रेक्टर स्केलभन्दा साना भूकम्पले भवनहरूलाई क्षति पुर्‍याउँदैन । भूकम्पको म्यागनेच्युड ७ वा त्यसभन्दा बढीले संरचनालाई क्षति गर्छ ।

भूकम्पप्रतिरोधात्मक भवन भन्नाले कस्तो घर बुझिन्छ ?

साना तथा मझौला भूकम्पमा भवनलाई असर नगर्ने, ठूला भूकम्प जाँदा पनि सामान्य क्षति मात्र हुने तथा साधारण मर्मतपछि प्रयोग गर्न मिल्ने तर नढल्ने भवनलाई  बुझाउँछ ।

भूकम्पप्रतिरोधात्मक भवन निर्माणका लागि के–कस्तो मापदण्ड पूरा  पर्छ ?

भवनको आकृति सरल, एकरूपको तथा सन्तुलित हुनुपर्छ, त्यसअनुसार स्ट्रक्चरल डिजाइन तथा गुणस्तरीय निर्माण हुनुपर्छ । भूकम्पप्रतिरोधात्मक भवन निर्माण गरे जोखिम न्यूनीकरण गर्न सकिन्छ ।

भत्किएका घरहरूमा पुनर्निर्माणका लागि के गर्नुपर्छ ?

धेरैजसो भत्किएका घरमा अब निर्माण गर्दा व्यवस्थित प्लानिङ वा गुरुयोजना तयार गरी निर्माण कार्य गर्नु उपयुक्त हुन्छ । त्यसका लागि भौगोलिक रिपोर्टअनुसार कति तल्ला, कुन प्रयोजनका लागि, कुन क्षेत्रमा उपयुक्त हुन्छ सोहीअनुसार स्ट्रक्चर डिजाइन गर्नुपर्छ । क्षति भएका भवनहरूको पहिचान गरी सम्बन्धित विज्ञको सल्लाहअनुसार मात्र रिपोर्टिङ, स्ट्रेङ थिम गरी पुनर्निर्माण गर्दा भूकम्पीय जोखिम हुँदैन ।

भत्किएका, बिग्रिएका पुरातात्विक सम्पदा कसरी संरक्षण गर्ने ?

पुरातात्विक सम्पदाका महत्वपूर्ण मठ–मन्दिर, दरबार, चोक, बहाल आदिलाई पुरानै शैलीमा तर प्राविधिक रूपले भूकम्पप्रतिरोधात्मक नयाँ प्रविधि उपयोग गरी निर्माण गर्नुपर्छ । काठमाडौं इन्द्रचोकको आकाशभैरव मन्दिर २०५६ सालमा जीर्णोद्धार गर्दा पुरानै मौलिक शैलीमा तर भूकम्पप्रतिरोधात्मक प्रविधि अपनाएर मर्मत–सम्भार गरिएकाले त्यसलाई भूकम्पले असर नगरेको उदाहरण यहाँ महत्वपूर्ण हुनसक्छ ।

 

 Image