Successfully Copied

तावा चिकेन मसला

चिकेन मन पराउनेहरूकाे लािग स्वादिलाे तथा पकाउन सजिलाे तावाचिकेन मसलाकाे रेसिपि ।

तावा चिकेन मसला

सामग्री : ९ सय ग्राम कुखुराको मासु, २ चम्चा कागतीको रस, ४ कप दही, २ टेबुल चम्चा अदुवा र लसुनको पेस्ट, १ टेबुल 

चम्चा धनियाँको पाउडर, २ टेबुल चम्चा जिरा पाउडर, १ टेबुल चम्चा बेसार, १ टेबुल चम्चा खुर्सानीको, धूलो, १ टेबुल चम्चा 

गरम मसला, १ टेबुल चम्चा चाट मसला, २ टेबुल चम्चा बटर, धनियाँ अलिकति, नुन स्वादअनुसार

विधि : कुखुराको मासुका स–साना टुक्रा बनाउने । काटिएको मासुमा कागतीको रस, अदुवा र लसुनको पेस्ट तथा नुन हाल्ने । 

३० मिनेटजति छोपेर राख्ने । एउटा भाँडामा दही, धनियाँ पाउडर, जिरा पाउडर, बेसार, खुर्सानीको धूलो, गरम मसला आदि 

मिसाएर मासुलाई मोल्ने । त्यसपछि ३ घण्टा फ्रिजमा राख्ने । अन्त्यमा त्यसलाई तावामा वटर वा तेलसँग सेक्ने ।

 Image