Successfully Copied

वृद्धावस्था अभिशाप होइन

वृद्धवृद्धाहरूलाई माया तथा हेरचाहको आवश्यकता हुन्छ । राम्रोसँग हेरचाह गरेर उनीहरूलाई शारीरिक तथा मानसिक रूपमा बलियो बनाउन सकिन्छ ।

वृद्धवृद्धाहरूलाई माया तथा हेरचाहको आवश्यकता हुन्छ । राम्रोसँग हेरचाह गरेर उनीहरूलाई शारीरिक तथा मानसिक रूपमा बलियो बनाउन सकिन्छ । उनीहरूले गर्न सक्ने काममा प्रोत्साहित गर्नुपर्छ । घरायसी काममा व्यस्त बनाए उनीहरू फ्रेस तथा खुसी हुन्छन् । वृद्धवृद्धाहरूलाई पर्याप्त आरामको  आवश्यकता हुन्छ । उनीहरूलाई पौष्टिक आहार तथा सरसफाइको पनि आवश्यकता हुन्छ । उनीहरूलाई सुरक्षित तथा सफा वातावरणमा राख्नुपर्छ ।

वृद्धावस्था प्राकृतिक कुरा हो । यो समयअनुसार मानिसमा देखिने शारीरिक तथा मानसिक परिवर्तन हो । विश्वभरिकै धनी–गरिब, काला–गोरा, हाकिम–पियन आदि सबैले यो स्थितिबाट गुज्रनै पर्छ । बुढेसकाल जीवनको सबैभन्दा महत्वपूर्ण तथा संवेदनशील समय पनि हो । नेपालमा वृद्ध–वृद्धाहरूको संख्या बढिरहेको छ । नेपालको सांस्कृतिक संरचना तथा भूपरिवेशले पनि उक्त संख्यामा प्रभाव पारिरहेको छ । यसले समग्र देशको अर्थतन्त्रमा असर पार्छ । नेपालको परिप्रेक्ष्यमा ६५ वर्ष कटेका मानिसलाई वृद्ध–वृद्धा मान्ने चलन छ । नेपालमा वृद्ध–वृद्धाहरूको संख्या कुल जनसंख्याको चार दशमलव दुई शून्य प्रतिशत छ । यहाँ वृद्धवृद्धाहरूले विभिन्न किसिमका समस्या झेलिरहेका छन् ।

 विभिन्न तत्वले मानिसलाई वृद्ध बनाउँछन् । यो उमेरमा मानिसहरू कमजोर हुन्छन् भने उनीहरूमा तनाव बढी देखिन्छ । रोगप्रतिरोधक क्षमता घट्दै जान्छ  । जब मानिसहरू वृद्ध हुन्छन् तब उनीहरूमा तनाव र चिढचिढेपन  वृद्धि हुन्छ । वृद्धावस्थामा मानिसहरूमा विभिन्न शारीरिक परिवर्तन देखा पर्छन् । अनुहार सुख्खा भएर चाउरिन थाल्छ । बिस्तारै हरेक कुरामा रुचि कम हुँदै जान्छ । पाचन प्रणालीका साथै आँखा र कानको क्षमता कम हुन्छ । सिर्जनशील क्षमता गुम्दै जान्छ । स्मरणशक्तिमा कमी आउँछ । सामाजिक तथा आर्थिक समस्या बढ्दै जान्छ ।

नेपाली समाज आधुनिकीकरणको संघारमा छ । संयुक्त परिवार बिस्तारै एकात्मक  परिवारमा परिणत हुँदैछ । विशेषगरी सहरी क्षेत्रमा यो क्रम तीव्र हुँदै गएको अवस्था छ । यसरी परिवार एकल हुँदा घरका वृद्धवृद्धाहरूको जीवन एक्लिएको छ । वृद्धवृद्धाहरू पारिवारिक माया, स्नेह, कुराकानी, पौष्टिकता एवं खुसीबाट वञ्चित छन् । उनीहरूको स्वास्थ्य, सुरक्षा एवं अस्तित्वको प्रश्न निरन्तर गहन बन्दै गएको छ  । यो उमेरमा मानिसलाई एक्लोपनले निकै सताउँछ । मानिसहरूसँग कम मेलजोल तथा आफ्ना लागि कसैको ध्यानाकर्षण नभएकोमा उनीहरू निकै खल्लो महसुस गर्छन् । अरूलाई कुनै किसिमको सहयोग गर्न सक्दैनन् । वृद्ध भए पनि उनीहरूका चाहना तथा रहर भने  मेटिँदैन् । उनीहरू आफूलाई पहिलेजस्तै बलियो तथा सबल मान्छन् । यद्यपि अरूले उनीहरूलाई जटिल समस्या मान्न थालिसकेका हुन्छन् । उनीहरूलाई कतिपय परिवारमा बोझका रूपमा समेत लिइएको पाइन्छ ।

वृद्धवृद्धाहरूलाई माया तथा हेरचाहको आवश्यकता हुन्छ । राम्रोसँग हेरचाह गरेर उनीहरूलाई शारीरिक तथा मानसिक रूपमा बलियो बनाउन सकिन्छ । उनीहरूले गर्न सक्ने काममा प्रोत्साहित गर्नुपर्छ । घरायसी काममा व्यस्त बनाए उनीहरू फ्रेस तथा खुसी हुन्छन् । वृद्धवृद्धाहरूलाई पर्याप्त आरामको  आवश्यकता हुन्छ । उनीहरूलाई पौष्टिक आहार तथा सरसफाइको पनि आवश्यकता हुन्छ । उनीहरूलाई सुरक्षित तथा सफा वातावरणमा राख्नुपर्छ । उनीहरूलाई होहल्ला वा तनाव हुने स्थानमा राख्नु हुँदैन । वृद्धवृद्धाहरू सफा, तनावमुक्त तथा रमाइलो वातावरणमा बस्न रुचाउँछन् । अहिले नेपालमा वृद्धवृद्धाहरूका लागि विभिन्न संघसंस्था खुलेका छन् । बूढाबूढीहरू आफ्नै शानमा स्वाधीन बाँच्न रुचाउँछन् । नेपालमा वृद्धवृद्धाहरूको हितमा अझै खुलेर काम हुन सकेको छैन । कसैले उनीहरूको सुनिश्चितताका विषयमा खुलेर सोच्दैन । कतिपय बूढाबूढीले पेन्सन पाउँछन् भने कतिपयले त्यो पनि पाउँदैनन् । अहिले विभिन्न वृद्धाश्रम तथा केयर होम खुलेका छन् । यस्ता संस्था वृद्धवृद्धाहरूको सुरक्षा तथा हेरचाहमा सहायकसिद्ध हुन सक्छन् । कुनै–कुनै संस्थाले निकै राम्रो काम गरिरहेका छन् । तै पनि यस्ता सेल्टर कत्तिको सुरक्षित तथा उनीहरूका लागि अनुकूल छन् यकिन साथ भन्न सकिँदैन ।  नेपालमा कतिजना आफ्नो घरमा बस्छन् ? कतिजना सेल्टर होममा बस्छन् ? कति जनालाई परिवारले माया गर्छन् यसको कुनै लेखाजोखा छैन । यसमा न कुनै शोध भएको छ न त  यसलाई कसैले प्रमुख विषयका रूपमा लिएको छ । परिवारका सदस्यहरूले विविध कारणबाट हेरचाह गर्न नसकेको स्थितिमा वृद्धवृद्धाहरू ओल्डेज सेल्टरहरू पुग्छन् वा पुर्‍याइन्छन् । यस्ता संस्थाहरू त्यहाँ बसोबास गर्ने वृद्धवृद्धाहरूको स्याहार तथा हेरचाह गर्छन् ।  नेपालमा ज्येष्ठ नागरिकहरूलाई राख्ने यो नयाँ अवधारणा नौलो अभ्यास हो । मानिसहरूलाई यस विषयमा त्यति जानकारी पनि छैन । नेपालमा यो विषयमा जनचेतना ल्याउने कुरा पनि चुनौतीपूर्ण छ । यस्ता आश्रयस्थलमा नर्सिङ केयरबाहेक आयुर्वेदिक उपचार, योग आदि सम्पूर्ण सेवा पनि प्रदान गरिन्छ । यहाँको बसोबासले वृद्धवृद्धाहरूलाई नयाँ जीवन दिने दाबी गरिन्छ । यहाँ उस्तै उमेरका साथी भेटेपछि उनीहरूको जीवन सक्रिय हुन्छ ।

अर्किड केयर

बाँसबारीस्थित अर्किड केयर वृद्धवृद्धाहरूलाई शारीरिक, मानसिक तथा सामाजिक रूपमा  हेरचाह गर्ने उपयुक्त गन्तव्य हो । स्थापनाकालको चार वर्षमा यसले सयौं आमाबुवाको हेरचाह तथा उपचार गरिसकेको छ । अर्किड केयरमा आमाबुवाहरूको स्याहार मात्र होइन उनीहरूलाई पूर्ण नर्सिङ केयर प्रदान गरिन्छ । यहाँ मन लागुन्जेल बस्न सकिन्छ । यहाँको वातावरण निकै राम्रो तथा स्वास्थ्यवद्र्धक छ । यसको हाताभित्र पस्नेबित्तिकै एक प्रकारको अपनत्वको अनभूति हुन्छ । यहाँ वृद्धवृद्धाहरूलाई स्वस्थ एवं तन्दुरुस्त राख्ने प्रयास गरिन्छ । यहाँ नर्सिङ केयर, डे केयर सेन्टरका साथै अन्य संवेदनशील सेवा पनि प्रदान गरिन्छ । अर्किड केयर होममा नसा, हाडजोर्नी वा वृद्धावस्थामा लाग्ने कुनै पनि रोगका कारण अस्पतालमा वा घरमा राखेर लामो समयसम्म उपचार वा स्याहार गर्नुपर्ने वृद्धवृद्धाको आवश्यकता अनुरूप उपचार गरिन्छ ।  नेपाल सरकार, कम्पनी ऐन २०६३ अन्तर्गत दर्ता भएर संचालनमा रहेको यो संस्थाले अशक्त, बिरामी वा नियमित स्याहार–सुसार गर्नुपर्ने वृद्धवृद्धाहरूलाई सम्बन्धित विशेषज्ञ चिकित्सक वा केयर टिमको निगरानीमा राखी शान्ति एवं आत्मीय वातावरणमा उपचार एवं स्याहार–सुसार गर्छ । यहाँ ज्येष्ठ नागरिकहरूको भावनालाई ध्यानमा राखी सबै खालको सेवा उपलब्ध गराउने प्रयास गरिएको छ । राम्रो वातावरणमा दिइएको  उपचारले वृद्धवृद्धाहरूको जीवन सुखमय बनाउन सहयोग गर्छ । यहाँ २५ वटा बेड छन् भने एकै पटकमा  १५ जनालाई डे केयर सुविधा प्रदान गर्ने क्षमता छ ।  यहाँ वृद्धवृद्धाहरूको आत्मनिर्भरताको विकास गरी उनीहरूको  मनोबल बढाइन्छ भने नियमित औषधि सेवन  तथा  नियमित थेरापी प्रदान गरेर उनीहरूको रोग कम गर्ने प्रयास गरिन्छ । यहाँ डिमेन्सिया तथा अलजाइमरबाट पीडित वृद्धवृद्धाहरूको उपचारसमेत हुन्छ ।

होप हर्मिटेज क्लब

पाँच जना प्रखर तथा अनुभवी महिलाको समूहबाट संचालित यो ओल्ड एज क्लबले वृद्धवृद्धाहरूको हकमा काम गरिरहेको छ । यो एउटा  सेवामूलक संस्था हो । यो सिनियर सिटिजन्सहरूलाई सेवा प्रदान गर्ने संस्था हो । यसलाई वृद्धवृद्धाहरूको  क्लब भन्न सकिन्छ ।  यहाँ वृद्धवृद्धाहरूलाई  सामाजिक मूल्य–मान्यता अनुरूप राम्रो सेवा प्रदान गरिन्छ । अहिले यहाँ १० जना कर्मचारी कार्यरत छन् । यसले आफ्नो काम सन् २०१४ मा प्रारम्भ गरेको हो । यो संस्थाले वृद्धवृद्धाहरूले आफ्नो समयमा समाजमा निकै बलिदान दिएको अनुभव गर्छ । उनीहरूले समाजका लागि केही गरेकै कारण हामीले पनि उनीहरूलाई सम्मान गर्नुपर्ने यो संस्थाको मान्यता छ ।  यसको संरचना वृद्धवृद्धाहरूलाई रमाइलो तथा खुसी हुने गरी तयार गरिएको छ । यहाँ वृद्धवृद्धाहरूको जीवनलाई नजिकबाट अध्ययन गरिन्छ ।

होप हर्मिटेजको जीवन निकै रमाइलो तथा प्रेमले भरिएको छ । यसले जीवनप्रति सकारात्मक सोचको विकास गराउँछ । यहाँ मानिसको रुचि तथा आनीबानीको कदर गरिन्छ । यहाँ मानिसले आफ्नो जीवन पुन: जिउन थाल्छ । यहाँको हरेक स्वास्थ्य  सेवा नर्भिक अस्पतालका चिकित्सकहरूबाट प्रदान गरिन्छ । होप हर्मिटेज क्लबले वृद्धवृद्धाहरूलाई विभिन्न क्रियाकलापमा लगाएर उनीहरूलाई खुसी प्रदान गर्छ । हेरचाह, सेवा, माया तथा सहकार्यले यहाँ बस्नेहरूको जीवन रमणीय छ । नेपाली समाजमा आफ्ना आमाबुवाहरूप्रति गरिने व्यवहार परिवर्तन गर्नु होप हर्मिटेज क्लबको उद्देश्य हो । यो संस्थाले विभिन्न सुविधा, हेरचाह, सपोर्ट एवं उत्प्रेरणा प्रदान गरी वृद्धा–वृद्धाहरूलाई समाजमा उठ्न सिकाउँछ । गुणस्तरीय सेवा प्रदान गर्नु यसको पहिलो चाहना हो भने संस्कारको जगेर्नालाई यसले आफ्नो प्रमुख  दायित्व बनाएको छ । यो संस्था सदैव टिम वर्कमा विश्वास गर्छ । यो संस्थाले वृद्ध आमाबुवाहरूको मनोबल बढाउन समय–समयमा विविध रमाइला कार्यक्रम पनि आयोजित गर्ने गरेको छ ।

महत्वपूर्ण  हुन्छ वृद्धावस्था

.पूर्णदेवी मास्केको केश सेताम्मै फुलिसकेको छ । ७२ वर्षको उमेरमा पनि उनी बिहान ९ बजेदेखि आफ्नो नित्य काममा व्यस्त हुन्छिन् । जेमिनी सुपर मार्केट तथा जी क्याफे स्थापना गरिरहेकी शाक्यले यौवनावस्थादेखि नै पारिवारिक व्यवसायको बागडोर सम्हालेकी छिन् । यो उमेरमा पनि उनको जाँगर तथा मेहनतमा कुनै कमी आएको छैन । शारीरिक रूपमा निकै स्वस्थ पूर्णदेवी आफ्नो स्वास्थ्यको निकै ख्याल राख्छिन् । सन्तुलित खाना तथा सन्तुलित जीवन शैलीका कारण उनी यो उमेरमा पनि निकै बलियो महसुस गर्छिन् । शाक्य भन्छिन्–मानिसको उमेर जति छिप्पिँदै जान्छ ऊ त्यत्तिकै पाको तथा अनुभवी हुन्छ । म बूढो भएँ भनेर निच मार्नु हुँदैन । विदेशमा मानिसको जीवन ४५ वर्षदेखि सुरु हुने उनको राय छ ।  त्यसैले उमेर छँदै आफूलाई व्यस्त राखी आहार–विहारमा ध्यान दिने हो भने जीवनको जुनसुकै प्रहरमा पनि काम गर्न सकिन्छ । उमेर पाको हुँदै जाँदा जीवन अनुभवको संगालो बनिसकेको हुन्छ । उनले धेरै उकाली–ओरालीको अनुभव गरिसकेकी छिन्  । अहिले उनलाई सबै सपना जस्तो लाग्छ । मास्केको मेहनत र जाँगर देख्दा उनले आफ्नो उमेरलाई पराजित गरेको अनुभव हुन्छ ।

त्यसैगरी कपनकी नानीमैयाँ केसी पनि अहिले ७९ वर्षकी भइन् तैपनि उनी निकै व्यस्त छिन् । सानैदेखि गाईको दूध खाने बानी लागेको उनी अहिले पनि आफूले पालेको गाईको दूध नै पिउन मन पराउँछिन् । अहिलेको पुस्तामा गाई पाल्ने जाँगर छैन । त्यसैले आफूले पालेको गाईको रेखदेख र घाँसको जोहो आफै गर्छिन् । उनको दिन ५ बजे प्रारम्भ हुन्छ । बिहान दूध दुहेर उनी बढी भएको दूध बिक्री गरी आफ्नो खर्च चलाउँछिन् । उनलाई कसैसँग हात फैलाउन मन लाग्दैन । दिउँसो बारीमा काम गर्छिन् । बाख्रा चराउँछिन् । उनलाई दिनभरि भ्याइनभ्याइ हुन्छ । त्यसैले पनि उनको स्वास्थ्यस्थिति राम्रो छ । सकेसम्म आफ्नो काम आफै गर्न रुचाउने नानीमैयाँ आफ्नो परिवारका लागि खाना पनि आफै बनाउँछिन् । परिवारका सबैजसो जागिरे भएकाले उनले पकाइदिए नाति–नातिनाले समयमा खाना खान पाउँछन् । यो उमेरमा पनि उनमा कुनै प्रकारको दीर्घ रोग छैन । उनको शारीरिक बनावट हेर्दा उनको उमेरको आँकलन गर्न सकिँदैन । नानीमैयाँ भन्छिन्–बुढ्यौली जीवनको एउटा महत्वपूर्ण चक्र हो । यो हाम्रो चक्रबाट हाम्रा सन्ततिले धेरै कुरा सिक्छन् । त्यसैले यो उमेरमा सदैव सकारात्मक रहनुपर्छ ।

हाम्रो जीवनका धेरै चक्र छन् । जन्मिएपछि सबैले एकदिन मर्नुपर्छ । कालले बालक–वृद्ध कसैलाई पनि छोड्दैन । तैपनि यो उमेरलाई आफूले चाहे उत्साहित रूपमा जिउन सकिन्छ । आफूले सकेको काममा आफूलाई तल्लीन राख्ने प्रयास गर्नुपर्छ । हुन त  यो उमेरमा यौवनमा जस्तो त्यति स्फुर्त हुन सकिँदैन । शरीरको हरेक प्रणालीमा सुस्तता आउँछ तर पनि यसलाई मानिसको मनोबलले पराजित गर्न सकिन्छ । यस्ता उदाहरण धेरै छन् । जे–जस्तो भए पनि आफ्नो मनोबल गिर्न दिनुहुँदैन । सकेसम्म आफूलाई व्यस्त राख्नुपर्छ । आफूलाई कुनै रोग लागेको भए पनि नियमित औषधि सेवन गरी स्वास्थ्यको सुरक्षा गर्नुपर्छ । शिशुका रूपमा जन्मिएको मानिस क्रमश: जवान हुँदै वृद्धावस्थामा पुग्छ । उमेरअनुसार मानिसमा हक–अधिकार, काम गर्ने प्रवृत्ति एवं व्यक्तिगत चाहनामा पृथकता आउँछ ।

झरना नहर्की

 Image