Successfully Copied

स्मार्ट ट्राभल टिप्स

मानसिक तनाव एवं शारीरिक थकान मेट्नकै लागि भ्रमणको योजना तय गरिन्छ । यद्यपि हामी कहिलेकाहीँ कुनै तयारीबिना वा अधूरो जानकारीका भरमा

मानसिक तनाव एवं शारीरिक थकान मेट्नकै लागि भ्रमणको योजना तय गरिन्छ । यद्यपि हामी कहिलेकाहीँ कुनै तयारीबिना वा अधूरो जानकारीका भरमा घुम्न निस्कन्छौं, जसले खुसी, उमंग होइन, बरु तनाव दिन्छ । त्यसैले यात्रा एवं भ्रमणको पूर्ण आनन्द लिन निम्न कुरामा ध्यान पुर्‍याउनुपर्छ ः

-    यात्राको योजना एड्भान्समा बनाउनुपर्छ । त्यसका लागि जति छिटो सकिन्छ, टिकट खरिद गर्नुपर्छ । यदि पिक सिजनमा कुनै लोकपि्रय गन्तव्यमा गइँदैछ भने कम्तीमा ६ महिनाअघि नै टिकट बुक गर्नुपर्छ ।

-    होटलको बुकिङ पनि एड्भान्समा गरौं । होटलको शुल्क पनि फोनमा छलफल गरौं । कोठाको सही मूल्य थाहा पाउन दुई-तीन पटक फोन गर्न सकिन्छ, जुन व्यक्तिसँग फोन गरिन्छ, उसको नाम टिपोट गर्नुपर्छ, ताकि अर्को पटक फोन गर्दा कोठा भाडा तलमाथि नपरोस् ।

-    राम्रो गुणस्तरको लगेज साथमा लानुपर्छ । एउटा ठूलो सुटकेसका साथै स-साना अरू सुटकेस पनि बोक्न सकिन्छ ।

-    टर्चलाइट, ब्याट्री, लाइटरजस्ता सामग्री पनि बोक्नुपर्छ ।

-    यात्रामा एकदमै नयाँ जुत्ता लानु हुँदैन । केही समय लगाएको जुत्ता नयाँ जुत्ताको तुलनामा बढी आरामदायक हुन्छ ।

-    जहाँ घुम्न गइँदैछ, त्यहाँको नक्सा पनि साथै राख्नुपर्छ ।

-    यात्रा सुरु गर्नुअघि पूर्ण निदाउनुपर्छ ।

-    निर्धारित समयभन्दा केही अघि नै घरबाट निस्कनुपर्छ, ताकि गाडी वा प्लेन भेट्न हतार गर्नु नपरोस् ।

-    यात्रामा बान्ता हुने वा अरू कुनै समस्या छ भने यात्रा थाल्नुअघि ओभरडाइटिङबाट जोगिनुपर्छ । चिकित्सकको सल्लाहअनुरूप औषधि पनि खान सकिन्छ । त्यसका साथै पर्समा अदुवा पनि बोक्नुपर्छ । कुनै समस्या हुनासाथ अदुवाको सानो टुक्रा मुखमा च्याप्दा तुरुन्तै आराम मिल्छ ।

-    यात्राका क्रममा अस्वस्थकर एवं तैलीय खानेकुराबाट जोगिनुपर्छ । बाहिर पाइने प्याकेट बन्द एवं चिसा खानेकुरा खानु हुँदैन, तातो खाना खानुपर्छ ।

-    अपरिचित व्यक्तिसँग धेरै कुराकानी गर्नु हुँदैन ।

-    चश्मा लगाउनेहरूले साथमा दुईवटा चश्मा राख्नुपर्छ, जसले गर्दा एउटा टुट्यो वा हरायो भने अर्को चश्मा प्रयोग गर्न सकियोस् ।

-    रुघा लागेको, पेट दुखेको, टाउको दुखेको औषधि साथमा राख्नुपर्छ । मल्टी भिटामिन ट्याब्लेट तथा स्किन लोसन पनि आफूसँगै हुनुपर्छ ।

-    घुम्न जाने स्थानका बारेमा खासगरी त्यहाँको आधारभूत भाषा, रहनसहनका सम्बन्धमा केही जानकारी हुनुपर्छ ।

-    यात्रा सुरु गर्नुअघि त्यहाँको मौसमका सम्बन्धमा पनि अपडेट हुनुपर्छ ।

-    जुन क्षेत्रमा घुम्न गइँदैछ, त्यहाँ रहेका आफन्त, साथीभाइ आदिको फोन नम्बर बोक्नुपर्छ ताकि आवश्यक परेका बेला उनीहरूसँग सम्पर्क गर्न सकियोस् ।

-    यात्राका क्रममा लगाइने पहिरनको छनोटमा विशेष सावधानी अपनाउनुपर्छ । कटनको कपडाको साटो रिंकल पि|m पहिरनलाई प्राथमिकता दिनुपर्छ । सर्टको ठाउँमा टिसर्ट लगाउनु उपयुक्त हुन्छ ।

-    धेरै पैसा बोक्नु हुँदैन, बरु त्यसको साटो एटीएम कार्ड बढी सुरक्षित हुन सक्छ ।

-    नयाँ स्थानमा एटीएम प्रयोग गर्दा बैंक आसपासकै एटीएम प्रयोग गर्नुपर्छ ।

ट्राभलिङ आइडिया

यात्राका क्रममा यति मस्त भइन्छ कि आफ्नो स्किन र फिटनेसमा पर्याप्त ध्यान पुग्दैन । त्यसैले कहिलेकाहीँ स्वास्थ्य एवं सौन्दर्य समस्याहरू देखा पर्न सक्छन् ।

-    यात्रा सुरु गर्नु एक दिनअघि आफ्नो अनुहारलाई राम्रोसँग मोस्चराइज गर्नुपर्छ । त्यसका लागि राति मोस्चराइजर लगाएर सुत्नुपर्छ । यसले यात्राका क्रममा स्किनलाई नरम राख्छ ।

-    यात्रामा जाने दिन फाउन्डेसन लगाउनुअघि अनुहारमा क्रिम वा पाउडर बेस्ड प्राइम लगाउनुपर्छ । यसो गर्नाले बेस मेकअप धेरै बेरसम्म टिक्छ ।

-    स्किन ओयली छ भने पर्समा ब्लटिङ पेपर राख्नुपर्छ । बेला-बेला अनुहारलाई ब्लटिङ पेपरले पुछ्नुपर्छ । यसले अनुहारको अतिरिक्त चिल्लोलाई  सफा गर्छ ।

-    यात्राका क्रममा आँखामा क्रिम बेस्ड आइस्याडो लगाउनु हुँदैन ।

-    यात्राका बेला आँखा सुन्निए कटनको कपडामा केही टुक्रा आइस राखेर आँखामाथि राख्नुपर्छ । यसले आँखालाई आराम मिल्छ । पानी पर्याप्त मात्रामा पिउनुपर्छ ।

-    धेरै उज्यालो रंगको नेल पेन्ट लगाउनु हुँदैन । वरु, लाइट सेड वा पारदर्शी नेल पेन्ट लगाउनुपर्छ ।

-    बारम्बार अनुहार छोइरहनु हुँदैन । किनभने हातको ब्याक्टेरियाले अनुहारमा पनि प्रभाव पार्न सक्छ । मेकअप लगाउनुअघि हातलाई एन्टी ब्याक्टेरियल हेन्डवासले धुनुपर्छ ।

-    यात्राका क्रममा पर्समा क्लिन्जर राख्न बिर्सनु हुँदैन ।

-    धेरै हेभी मेकअप गर्नुहुँदैन ।

-    कुनै किसिमको स्किन समस्या वा एलर्जी छ भने औषधि पनि साथमा बोक्नुपर्छ ।

-    यात्राका क्रममा सिन्थेटिक एवं ज्यादै कसिलो पहिरन लगाउनु हुँदैन ।

स्मार्ट टिप्स

-    मेकअप गर्नुअघि अनुहारमा बरफको टुक्रा रगड्नुपर्छ ।

-    यात्रामा ड्राइ मेकअपलाई प्राथमिकता दिनुपर्छ ।

-    फेस पाउडर लगाएपछि गिलो स्पन्जलाई हल्का हातले थपथपाउनुपर्छ । यसले गर्दा अनुहारमा फेस पाउडर धेरै बेर टिक्छ र पसिना पनि आउन दिँदैन ।

-    यात्राअघि केशमा कुनै पनि प्रकारको केमिकल टि्रटमेन्ट जस्तो कि ब्लिच, डाइ वा हेयर कलर गराउनु हुँदैन ।

-    यात्राका क्रममा यदि लाइनर वा गाजल फैलियो भने त्यसलाई टिस्यु पेपरले सफा गरेर उक्त ठाउँमा हल्का हातले फेस पाउडर लगाउनुपर्छ ।

-    अनुहार धेरै ओयली भयो भने होटलमा पुगेपछि साबुनलाई कपडामा राखेर हल्का रगड्दै धुनुपर्छ ।

-    धूलो, धूवाँबाट अनुहारलाई सुरक्षित राख्न नुहाइसकेपछि शरीर तथा अनुहारमा लोसन वा मोस्चराइजर लगाउनुपर्छ ।

क्विक मेकअप टि्रक्स

छुट्टीको मौका जुराएर धेरै ठाउँ घुम्ने योजना बनाइएको हुन्छ । यस्तो बेला मेकअपका लागि समय नमिल्नु स्वाभाविक हो । त्यसैले छोटो समयमा प्रभावकारी मेकअप गर्ने उपाय जानिराख्नुपर्छ ।

-    सबैभन्दा पहिले क्लिजिङ मिल्कले अनुहार सफा गरौं ।

-    स्किन ओयली छ भने अनुहारमा एस्टि्रन्जेन्ट लोसन लगाउने, यदि स्किन ड्राइ छ भने कुनै पनि नर्मल स्किन लोसन लगाउन सकिन्छ ।

-    त्यसपछि हल्का फाउन्डेसन लगाउनुपर्छ ।

-    आई मेकअपका लागि लिक्विड आइलाइनरको साटो आई पेन्सिल प्रयोग गर्नुपर्छ ।

-    अनुहारलाई चम्किलो बनाउन फेस ग्लोस्टिक लगाउनुपर्छ ।

ट्राभल मेकअप किट

प्याकिङका बेला अन्य सामानका साथै आफ्नो व्यागमा यी चीज पनि राखौं ।

-    हेयर ब्रस, हेयर पिन, स्याम्पु, मेडिकेटेड सोप, कटन तथा सेफ्टी पिन ।

-    आइब्रो पेन्सिल र प्लकर

-    बडी स्क्रव, फेसवास तथा टिस्यु पेपर

-    डियोडरेन्ट, एस्टि्रजेन्ट लोसन तथा क्लिजिङ मिल्क

-    सानो ऐना तथा टेलकम र फेस पाउडर

-    टोनर, मोस्चराइजर एवं सनस्क्रिन लोसन

ट्राभलका क्रममा हेयर केयर

-    केश लामो छ भने बाँध्नुपर्छ, खुला छाड्यो भने छिट्टै फोहोर हुन्छ ।

-    स्याम्पु गरिसकेपछि कन्डिसनर लगाउनुपर्छ ।

-    चिसो केश सुकिसकेपछि मात्र बाहिर निस्कनुपर्छ ।

-    केशमा धेरै पिन लगाउनु हुँदैन ।

ट्राभल एन्ड फिटनेस

भ्रमणका क्रममा हाम्रो दैनिक तालिका नियमित नहुन सक्छ । खानपिन पनि अनियमित हुन सक्छ । घर फर्किसकेपछि शरीरको तौल अनपेक्षित रूपमा बढ्ने सम्भावना हुन्छ । अतः घुमफिरका क्रममा आफ्नो शरीर पनि फिट एण्ड फाइन रहोस् भन्ने हो भने केही कुरामा ध्यान दिनैपर्छ ।

वर्कआउटका लागि समय निकालौं

बिदा लिएर घुम्न निस्किएका बेला कोही पनि वर्कआउटको चक्करमा पर्न चाहँदैनन् । यद्यपि फिट रहन केही परिश्रम गर्नैपर्छ । अतः मोजमस्तीसँगै थोरै समय वर्कआउटका लागि निकालौं । धेरै पनि होइन, कम्तीमा आधा घन्टा जगिङ वा बि्रस्क वर्क गरौं ।

जिमखाना खोजौं

जुन होटलमा बसिन्छ, त्यहाँ जिमको पनि सुविधा हुनसक्छ । जिम गर्ने सुविधा उपयोग गरौं । घुमफिर सकिएपछि थोरै समय निकालेर जिम गरौं ।

पैदल मार्गलाई प्राथमिकता

छोटो यात्रा गर्नु छ भने पैदल मार्गलाई प्राथमिकतामा राखौं । दुई-चार पाइला हिँड्दा पनि गाडी चढ्ने बानी त्यागौं । यसरी हिँडेर पनि शरीरलाई फिट राख्न सकिन्छ । पैदल यात्राले यातायातमा हुने खर्च त बचत हुन्छ नै, स्वास्थ्य पनि राम्रो हुन्छ ।

स्वीमिङ गरौं

होटलमा स्वीमिङ पुल पनि हुनसक्छ । उक्त सुविधाको भरपूर उपयोग गर्नुपर्छ । क्यालोरी वर्नका लागि यो एकदमै राम्रो उपाय हो ।

 खानामा ध्यान

घुमफिरका बेला खानाको अनुपात मिलाउन गाह्रो हुन्छ । यद्यपि जे पनि खाने वा जति पनि खाने बानीमा भने सुधार ल्याउन सकिन्छ । राम्रो स्वास्थ्यका लागि खानपिनमा ध्यान पुर्‍याउनुपर्छ । धेरै चिल्लो, पिरो तथा तारेको खानेकुराबाट जोगिनुपर्छ ।

 

 Image