Successfully Copied

कौसीमा बगैंचा

वर्षा मौसममा बगैंचाको आफ्नै मज्जा तथा छुटै रमाइलो हुन्छ । यो समयमा सजिलैसँग बोटबिरुवा तथा फूल हुर्काउन सकिन्छ ।

वर्षा मौसममा बगैंचाको आफ्नै मज्जा तथा छुटै रमाइलो हुन्छ । यो समयमा सजिलैसँग बोटबिरुवा तथा फूल हुर्काउन सकिन्छ । दिनभरिको थकानपछि कौसीमा बोटबिरुवा तथा रंगीन फूलहरूसँग बसेर चियाको चुस्की लिनुको मज्जा विशेष हुन्छ ।

कौसीमा बगैंचा निर्माण

कौसीमा बगैंचा निर्माण गर्नुअघि कौसीले बगैंचाको भार बोक्न सक्छ कि सक्दैन पत्ता लगाउनुपर्छ । कौसीमा वाटरप्रुफ लेयर बिछ्याएपछि मात्र बगैंचाको काम सुरु गर्नुपर्छ । यस्तो बगैंचा बनाउँदा पानीको निकासका लागि उपयुक्त व्यवस्था मिलाउनुपर्छ । बोटविरुवा रोप्दा सानो र ठूलो दुवै थरीका गमला तथा कन्टेनर प्रयोग गर्न सकिन्छ । बगैंचा बनाउँदा ३ लेन बनाई सबैभन्दा पछाडि सबैभन्दा ठूला, त्यसपछि अलि साना र अगाडिको भागमा सबैभन्दा साना बिरुवा रोप्नुपर्छ ।

 कौसीको बगैंचाका लागि उपयुक्त बोटबिरुवा

लहराहरू : कौसीको बगैंचाका लागि लहरा सबैभन्दा उपयुक्त हुन्छ । छतको भित्ता र पाइपलाई लहराको सहाराले लुकाउन समेत सकिन्छ ।

फूल : कौसीमा बगैंचा बनाउँदा स-साना बिरुवाका साथसाथै किसिम किसिमका फूल छनोट गर्न सकिन्छ । सुन्दर एवं सुगन्धित फूलले कौसीलाई आकर्षक बनाउँछ । स-साना गमलामा विभिन्न किसिमका फूल रोप्न सकिन्छ ।

क्याक्टस : कौसीको गार्डेनमा क्याक्टस रोप्नुपर्छ । क्याक्टसको गमलाले कौसीलाई अझ आकर्षक बनाउँछ ।

ग्राउन्ड कवर्स

कौसीको भुइँ तथा सतहमा ग्राउन्ड कवर प्लान्ट्स प्रयोग गर्न सकिन्छ । यो घाँस आकारमा ज्यादै सानो हुनुका साथै आकर्षक पनि देखिन्छ ।

सक्युंलट

कौसीको कुनै एक कुनामा वा बीच भागमा स-साना पत्थरका साथमा सक्युलंट राख्दा कौसी आकर्षक देखिन्छ ।

कौसीमा एक्स्टेन्सिव र इन्टेसिब दुई किसिमको गार्डेन बनाउन मिल्छ । एक्स्टेन्सिव रुफ गार्डेन सजिलै र कम समय तथा बजेटमा तयार हुन्छ । यसका लागि स-साना बोटबिरुवा आवश्यक हुन्छन् जब कि इन्टेसिव रुफ गार्डेनमा बढी ध्यान दिनुपर्छ । यसमा ठूला बोटबिरुवा तथा झाङलाई कौसीमा राखिन्छ । यसका लागि निकै बलियो छत आवश्यक हुन्छ ।

स्मार्ट टिप्स

कौसीमा रहेको बगैंचालाई अझ आकर्षक बनाउन ढुंगा प्रयोग गर्न एवं बगैंचाको बीचमा वाटर फाउन्डेसन राख्न सकिन्छ । यसले बगैंचालाई पूरै बदलिदिन्छ । फाउन्डेसनको केही पर मेच तथा टेबल राख्न सकिन्छ । पूरै कौसीलाई घाँसले ढाक्ने हो भने पहिले पूरै भागमा माटोको एक तह बिछ्याउनुपर्छ । कौसीमा ठूला बोटबिरुवा रोप्न हुँदैन । किनभने बोटबिरुवाका जरा घरको भित्रसम्म पस्न सक्छन् । वषर्ामा बिरुवामा पानी हालिरहनुपर्दैन ।

 Image