Successfully Copied

मोकटेल

६० मिलिलिटर आइस क्युब, ६० मिलिलिटर क्रामबेरी जुस, ५ मिलिलिटर लाइम जुस हालेर सेक गरी गिलासमा राख्ने ।

आशीष श्रेष्ठ, म्यानेजर

जीजी मचान गो ग्रीन रेस्टुरेन्ट, झम्सिखेल

आइस टी

६० मिलिलिटर आइस क्युब, ६० मिलिलिटर क्रामबेरी जुस, ५ मिलिलिटर लाइम जुस हालेर सेक गरी गिलासमा राख्ने । त्यसमा ४ टुक्रा आइस क्युब, ५ मिलिलिटर सुगर सिरप राखेर सर्भ गर्ने ।

भर्जिन मोटिक

एउटा लामो ठूलो गिलासमा ३ वटा लाइमलाई ४-४ टुक्रा हुने गरी काट्ने । पुदिनाको पात १ मुठा, ब्राउन सुगर २ चिया चम्चा, सुगर सिरप १५ मिलिलिटर, लाइम सिरप १५ मिलिलिटर हालेर मडल गर्ने । सबैलाई थिचेपछि १० टुक्रा आइसक्युबलाई क्रस गरेर गिलासमा राख्ने । त्यसमा बिस्तारै स्प्राइट वा सोडा ३० देखि ६० मिलिलिटर हाल्ने । यसरी तयार भर्जिन मोटिकोमा कागती काटी पुदिनाले गार्नेस गरेर सर्भ गर्ने ।

कुमार श्रेष्ठ, बार टेण्डर

जीजी मचान गो ग्रीन रेस्टुरेन्ट, झम्सिखेल

समथिङ इन

४५ मिलिलिटर लिच्ची जुस, ४५ मिलिलिटर ग्वाभा जुस तथा ४ टुक्रा आइस क्युब गिलासमा राख्ने । २ स्कप भेनिला आइसक्रिम, कोकोनट मिल्क २० मिलिलिटर, कोकोनट पाउडर १ चिम्टी मिसाई सेक गरेर गिलासमा खन्याउने ।

बी पोजिटिभ

पाइनापल जुस ४५ मिलिलिटर, लिची जुस ४५ मिलिलिटर, ग्वाभा जुस ४५ मिलिलिटर, लाइम सिरप स्वादअनुसार, ग्रेन्दिङ सिरप थोरै कलरका लागि मात्र । सबैलाई सेक गरेर गिलासमा खन्याई सर्भ गर्ने ।

 Image