Successfully Copied

तीजको पहिरन टिप्स

पहिले विवाहितहरूले मनाउने तीजमा अहिले टिनएजरहरू पनि त्यत्तिकै रमाउन थालेका छन्।

टिनएजरहरूका लागि

श्वेता सिरोहिया रोक्का, पनास रनवे

पहिले विवाहितहरूले मनाउने तीजमा अहिले टिनएजरहरू पनि त्यत्तिकै रमाउन थालेका छन्। उनीहरू मेहन्दी तथा रंगीचंगी पहिरन लगाएर तीजका पार्टीहरूमा सहभागी हुन्छन्। विवाहित महिलाहरूले रातो लगाए पनि अविवाहित किशोरीहरूलाई मरुन, पिंक, पर्पल, रानी तथा पिच कलर सुहाउँछ। किशोरीहरूका लागि झिलिमिली पहिरन नै उपयुक्त हुन्छ। अनारकल्ली कुर्ता-सुरुवाल तथा वान पिसमा स्टोन, गोल्ड, तथा प्याचवर्क एवं बोर्डर प्याच गर्न सकिन्छ। कन्ट्रास्ट्र कलर प्रयोग गर्दा टिनएजरलाई राम्रोसँग खुल्छ। जस्तै : रेड एण्ड ब्ल्याक, रानी र अरेन्ज तथा एल्ल्ाो र ग्रीन आदि कन्ट्रास्ट कलर उपयुक्त हुन्छ।  

पार्टीका लागि

उमा नेमकुल, काव्य बुटिक

हिजोआज तीजमा धेरै पार्टी हुने हुँदा त्यसलाई मध्यनजर गरी पहिरन बनाउनुपर्छ। पार्टीमा नाचगान पनि हुने भएकाले सजिलो पहिरन छनोट गर्नुपर्छ। तीज पार्टीका लागि लङ लेन्थ कुर्ता विथ स्पाइरल ट्राउजर उपयुक्त हुन्छ। जुन टिनएजरदेखि ४० नाघेकाहरूसम्मका लागि एकदमै राम्रो देखिन्छ। यस्तो पहिरनले मोटालाई दुब्लो र होचालाई अग्लो देखाउँछ। यसमा वर्क मन पराउनेहरूले वर्क गराउन सक्छन् भने मन नपराउनेहरूले प्याच वर्क मात्र गराउन सक्छन्। यसले पार्टी लुक्स दिनुका साथै स्मार्ट र एक्स्ट्रा समेत देखाउँछ। टुपिस साडी पनि तीज पार्टीका लागि उपयुक्त हुन्छ।

मोटोपनलाई लुकाउन

खुश्बु डंगोल, ओढनी बुटिक

शरीर मोटो छ र तीजमा साडी नै लगाउने हो भने जर्जेट फेबि्रक छान्नुपर्छ। नेटमा स्लिम देखिने भए पनि बडी देखिने हुँदा भद्दा देखिन सक्छ। मोटो शरीर भएकाहरूले धेरै हेभी साडी लगाउनुहुँदैन। सानो बोर्डर मात्र राख्दा स्लिम देखिन्छ। क्रेपमा हल्का भरेर अलि लामो ब्लाउज लगाउँदा पनि स्लिम देखिन सकिन्छ। लेहेंगा लगाउने सोच छ भने नेटको लेहेंगामा चोली लामो बनाउनुपर्छ। भर्टिकल पहिरन लगाउनुहुँदैन। सकेसम्म फिटिङ ब्लाउज नै बनाउनुपर्छ। एलाइनको डिजाइनमा पनि स्लिम देखिन सकिन्छ।

कलर तथा फेबि्रक

शुभेच्छा भँडेल, क्रसरोड एपिरियल

तीजको चर्चा गर्नेबित्तिकै रातो रंग मनमा आइहाल्छ तर अहिले तीजमा रातो रंगका साथै अरू ब्राइट कलर पनि प्रयोग हुन थालेका छन्। विवाहितहरूले पनि रातोका साथै अरू रंगका पहिरनप्रति रुचि देखाउन थालेका छन्। लाइट पिंक, ग्रीनको एल्लो सेड, लेमन ग्रीन, पिच, डार्क पर्पल, रानी, रोयल व्लुजस्ता कलर तीज पहिरनमा प्रयोग गर्न सकिन्छ। यी कलरले भदौको गर्मीमा शीतलता प्रदान गर्छन्। रातै साडी लगाउन मन लागे पनि केही छैन, ब्लाउजलाई फरक कलरमा हेभी वर्क गरेर फरक अनुभव गर्न सकिन्छ। रातोमा हरियो, गोल्डेन, अरेन्ज, एल्ल्ाो, पर्पल, ब्लु, अफ ह्वाइट जुनसुकै कलर पनि त्यत्तिकै सुहाउने भएकाले सादा रातो साडीमा ब्लाउजमा बोर्डर गला, हातमा प्याचवर्क प्रयोग गरी हेभी लुक्स दिन सकिन्छ।

कामकाजी महिलाहरू

अनुपमा कायस्थ, एसम्याम

कामकाजी महिलाहरूले सधैं साडी नलगाउने भएकाले तीजमा दिनभरि साडी लगाउन कठिन हुन्छ। तीजमा हेभी साडी एवं गरगहना लगाइने भए पनि साडीलाई मोडिफाइ गर्न सकिन्छ। साडीलाई क्यारी गर्न सजिलो हुने गरी लेहेंगा तथा फिक्स साडी बनाउन सकिन्छ। साडीबाहेक लेहेंगा पनि राम्रो देखिन्छ। कामकाजीहरूका लागि लेहेंगा र साडीभन्दा पनि पञ्जाबी कुर्ता-सुरुवाल बढी उपयुक्त पहिरन हो। गलामा हेभी वर्क गरिएका यस्ता पञ्जाबी कुर्ता-सुरुवाल फेस्टिब लुक्स दिन सक्षम हुनुका साथै लगाउन सहज पनि हुन्छन्।

 Image