Successfully Copied

अन्नपूर्ण न्यूरो अस्पतालमा मायाको खुत्रुके

डा. वसन्त पन्त तथा जापानको न्यूरो फाउन्डेसनको कोलाबरेसनमा ६ वर्षअघि खुलेको अन्नपूर्ण न्यूरो अस्पतालले बिरामी भेट्न आउँदा

डा. वसन्त पन्त तथा जापानको न्यूरो फाउन्डेसनको कोलाबरेसनमा ६ वर्षअघि खुलेको अन्नपूर्ण न्यूरो अस्पतालले बिरामी भेट्न आउँदा फलफूल, जुस, बिस्कुट आदि खानेकुरा नल्याई बेडको साइडमा राखिएको 'मायाको खुत्रुके' मा पैसा राखिदिने चलनको थालनी गरेको छ। मायाको खुत्रुकेमा आफन्तले राखिदिएको पैसा र्फकने बेलामा बिरामीले निकाल्छन्। यसले बिरामीको उपचारमा सहयोग पुग्ने अस्पतालकी एसिस्टेन्ट मेट्रोन विद्या जोशी बताउँछिन्। हाललाई ५५ बेडको उक्त अस्पतालका १३ वटा स्टान्डर्ड बेडमा मात्र यो सुविधा उपलब्ध छ।

पाटन अस्पताल भूकम्प प्रतिरोधात्मक  

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्ना सबै भवन भूकम्प प्रतिरोधात्मक बनाउने भएको छ। अस्पतालले नयाँ संरचनालाई भूकम्पको जोखिममा पर्न नदिने हिसाबले निर्माण गर्ने भएको छ भने पुराना भवन नभत्काई भूकम्प प्रतिरोधात्मक बनाउन लागिएको छ। अस्पतालमा अहिले भवन अभाव रहेकोमा नयाँ भवन बनेपछि उक्त समस्या समाधान हुने अस्पतालकी सूचना अधिकृत अर्चना श्रेष्ठले बताइन्।

किशोरीमा यौना· प्रत्यारोपण

अमेरिकामा चिकित्सकहरूले महिला यौनाङ्गको विकास गरेका छन्। यसरी विकास गरिएको यौनाङ्गलाई तीन जना किशोरीमा सफलतापूर्वक प्रत्यारोपण गरिएको छ। बीबीसी अनलाइनले जनाएअनुसार ती किशोरीको यौनाङ्गमा जन्मजात समस्या थियो। गर्भावस्थामै उनीहरूको यौनाङ्ग राम्रोसँग विकास हुन पाएको थिएन। यो एक किसिमको शारीरिक विकार हो, जसमा महिला यौनाङ्गको विकास जन्मदेखि नै अधूरो हुन्छ।

प्रत्यारोपणपछि सबै किशोरीमा रुचि, कामोत्तेजना, लचकता, सम्भोग सुख, सन्तुष्टि र कष्टरहित सम्भोगको सामान्य लक्षण देखियो। उत्तरी केरोलिनका वेक फरेस्ट वैकटिस्ट मेडिकल सेन्टरका चिकित्सकले ती किशोरीहरूको यौनाङ्ग विकासमा उत्कृष्ट प्रविधि प्रयोग गरेका थिए। प्रत्यारोपण गरिएका सबै किशोरीको यौन जीवन सामान्य रहेको बताइन्छ।

यी वस्तु एकसाथ सेवन गर्नुहुँदैन

-    फलफूल खानासाथ तुरुन्त दूध पिउनुहुँदैन।

-    दूधसँग अमिला खानेकुरा खानुहुँदैन।

-    दूधसँग नुन तथा चना सेवन गर्नुहुँदैन।

-    अल्कोहल, दही तथा चिनी सेवन गर्नुहुँदैन।

-    तातो तथा चिसो कुरा एकसाथ खानुहुँदैन।

-    दहीसँग केरा खानुहुँदैन।

-    तामाको भाँडामा राखिएको घिउ खानुहुँदैन।

-    मुलासँग सख्खर खानुहुँदैन।

-    सख्खरसँग माछा खानुहुँदैन।

 Image