Successfully Copied

सोचेको काम गर्नुपर्छ

हामी वरपर कतिपय त्यस्ता व्यक्ति फेला पर्छन् जो श्रेष्ठता, योग्यता तथा दक्षता भएर पनि सही अर्थमा सफल देखिँदैनन्।

हामी वरपर कतिपय त्यस्ता व्यक्ति फेला पर्छन् जो श्रेष्ठता, योग्यता तथा दक्षता भएर पनि सही अर्थमा सफल देखिँदैनन्। उनीहरू अघि बढे र सानो लक्ष्य प्राप्त भएपछि रोकिए। यसो हुनुको कारण हो सकारात्मक सोच र स्पष्ट लक्ष्य भएर पनि उनीहरूमा एक्सनको कमी थियो, संघर्षशीलताको कमी थियो, परिस्थितिका सामु अडिने क्षमताको कमी थियो, जुझारुपनको कमी थियो। आत्मनिरीक्षण गरेर तिनले जीवनमा के प्राप्त गर्ने भन्ने कुरा त तय गरे तर त्यो इच्छामा एक्सनको पावर समावेश गर्न सकेनन् । पावर थिङकिङ एउटा एक्सनमा आधारित सिद्धान्त हो। यदि कसैले सोचिमात्र रहन्छ तर उसले काम गर्न पाएन भने कहिल्यै लक्ष्य प्राप्त गर्न सक्दैन।

सकारात्मक सोच+एक्सन≠पावर थिङकिङ

प्रथम सिद्धान्त र द्वितीय सिद्धान्त नभई तेस्रो सिद्धान्तका लागि मार्गदर्शन प्राप्त हुन सक्दैन। जब आत्मनिरीक्षण गरिँदैन र 'जीवनमा के प्राप्त गर्ने' भन्ने तय गरिँदैन तबसम्म एक्सन कुन दिशामा गर्ने निक्र्यौल हुन सक्दैन। तृतीय सिद्धान्तले भने आफ्नो पूर्ण क्षमता र समर्पणलाई आफ्नो लक्ष्यमा लगानी गर्न प्रेरित गर्छ। काम गर्न राम्रो संगत गर्नुपर्छ, पुस्तक पढ्नुपर्छ, मेहनत गर्नुपर्छ, गुण विकसित गर्नुपर्छ, जुझारु हुनुपर्छ, पसिना बगाउनुपर्छ र त्यसमा डटिरहनुपर्छ। हुनसक्छ, आफूलाई ठट्टामा उडाइएला तर डटिरहनुपर्छ। किनभने उनीहरूलाई थाहा छैन उनीहरू के गरिरहेका छन् तर तपाईंलाई आफू के गर्दैछु भन्ने कुरा राम्रोसँग थाहा छ।

 आलोचकहरूका अनुसार पोजिटिभ थिङकिङले मात्र केही फरक पर्दैन, कारण त्यस्ता अनेकौं उदाहरण छन् जहाँ पोजिटिभ थिङकर भएर पनि उनीहरूले केही प्राप्त गर्न सकेका छैनन्। पोजिटिभ थिङकिङले व्यक्तिलाई असल त बनाउँछ तर ऊ सफल हुन्छ कि हुँदैन भन्ने कुरामा भने सन्देह रहन्छ। पोजिटिभ थिङकिङ र पावर थिङकिङका बीच एक्सन, पसिना बगाउने र अरूको प्रतिरोध सामना गर्ने फरक हुन्छ। कसैसँग मर्सिडिज कार छ तर पेट्रोल छैन भने त्यो बेकार हुन्छ, रेफ्रिजेरेटर छ तर बिजुली छैन भने पनि त्यसको उपयोगिता समाप्त हुन्छ। यसैगरी पोजिटिभ विचार भए पनि त्यसमा एक्सन पावर छैन, चाहना छैन भने त्यो विचारले मात्र अपेक्षित उचाइ प्राप्त हुन सक्दैन।

आफूले बनाएको लक्ष्यमा पुग्न ठोस कार्ययोजना बनाएर काम गर्नुपर्छ।

-    कुन कुरालाई प्राथमिकता दिँदा लक्ष्यमा पुग्न सकिन्छ विचार पुर्‍याउनुपर्छ।

-    छोटो र लामो अवधिका लक्ष्यलाई अलग-अलग लेख्नुपर्छ।

-    अब ठूला लक्ष्यलाई स-साना भागमा विभाजन गर्नुपर्छ।

-    सम्पूर्ण लक्ष्य पूरा गर्न अपेक्षित समयसीमा तय गर्नुपर्छ।

सार

-    समयसीमायुक्त कार्ययोजनामा तत्काल काम प्रारम्भ गर्नुपर्छ।

-    सम्पूर्ण सम्भावनाको खोज इमान्दारीपूर्वक गर्नुपर्छ।

-    लक्ष्य प्राप्तिको मार्गमा स्वयंलाई पुरस्कृत र दण्डित गर्नुपर्छ।

-    यो सिद्धान्त हिम्मत र दृढ निश्चयमा आधारित छ।

-    यो अत्यन्त क्रियाशील सिद्धान्त हो। त्यसैले अरूको प्रतिरोध र समर्थन दुवै प्राप्त हुनसक्छ।

-    यो सिद्धान्त अपनाउन असल संगत एवं रोल मोडलको आवश्यकता पर्छ।

 Image