Successfully Copied

कस्तो हुनुपर्छ करिअर ?

जुनसुकै काम गर्नुहुन्छ, खासै सोचविचार गर्नुहुन्न,

१.    कुनै पनि काम गर्नुपूर्व तपाईं...

क)    जुनसुकै काम गर्नुहुन्छ, खासै सोचविचार गर्नुहुन्न,

ख)    काम गर्नुपूर्व पर्याप्त सोचविचार गर्नुहुन्छ।

२. कार्य सम्पादनमा तपाईंको दृष्टिकोण...

क) धेरै प्रोजेक्टमा एकसाथ काम,

ख) एक-दुई प्रोजेक्टमा गम्भीरता- पूर्वक काम।

३.    तपाईंको स्वभाव केही हदसम्म यस्तो छ...

क)    धेरै बोल्नुहुन्छ, सुन्ने काम कम गर्नुहुन्छ,

ख)     धेरै सुन्नुहुन्छ, कम बोल्नुहुन्छ।

४.     आफ्नै सम्बन्धमा तपाईंको दृष्टिकोण...

क)     अरूजस्तै साधारण हुनुहुन्छ,

ख)    अरूभन्दा विशेष हुनुहुन्छ र साहित्यिक प्रवृत्तिको हुनुहुन्छ।

५.     जीवनको लक्ष्य के हो...

क)     जसरी जीवन चल्छ, त्यसरी नै अघि बढ्नुहुन्छ,

ख)     विशेष उद्देश्यका लागि बाँच्नुहुन्छ।

६.     तपाईं कति व्यावहारिक हुनुहुन्छ....

क)     सपना देख्नु तपाईंका लागि आवश्यक छ,

ख)     कल्पनालाई भन्दा वास्तविकतालाई प्राथमिकता दिनुहुन्छ।

७.     भविष्यका सम्बन्धमा तपाईंको सोच...

क)     कहिलेकाहीँ चिन्तित रहनुहुन्छ,

ख)     मात्र वर्तमान जिउनुहुन्छ।

८.     नयाँ प्रोजेक्टमा काम गर्दा...

क)     तपाईंलाई हतार हुन्छ र हडबडाउनुहुन्छ,

ख)     धैर्यपूर्वक काम गर्न तयार हुनुहुन्छ।

९.     नयाँ विचारप्रति तपाईंको सोच...

क)     व्यावहारिक लागे त्यसप्रति विश्वास गर्नुहुन्छ,

ख)    नयाँ कुराप्रति सधै जिज्ञासु रहनुहुन्छ।

१०.    जीवनमा तपाईंका लागि महत्त्वपूर्ण....

क)    सम्बन्ध, सुख-समृद्धि र प्रसिद्धि,

ख)    ज्ञान, रचनात्मकता र आत्मसन्तुष्टि।

११.    तपाईंलाईं कुनै काम सुम्पिए...

क)     जिम्मेवारी बहन गर्न मन पराउनुहुन्छ,

ख)     पर्दा पछाडि रहन रुचाउनुहुन्छ।

१२.     केका आधारमा निर्णय गर्नुहुन्छ...

क)    जे सही लाग्छ, त्यही गर्नुहुन्छ,

ख)     सोचेर-बुझेर तथा सतर्कता अपनाएर गर्नुहुन्छ।

१३.    तपाईं समयका सम्बन्धमा...

क)    ढिलो पुग्नुहुन्छ वा हुनुहुन्छ,

ख)    समयसित हिँड्न रुचाउनुहुन्छ, सधै सबै कुरा समयमै गर्नुहुन्छ।  

१४.    अरूका सम्बन्धमा तपाईंको दृष्टिकोण...

क)    राम्रो कामको प्रशंसा गर्नुहुन्छ,

ख)    तुरुन्तै प्रशंसा गर्न सक्नुहुन्न, कहिलेकाहीँ कटु आलोचना पनि गर्नुहुन्छ।

१५.    तपाईंका भावनाहरूको प्रभाव...

क)    आफ्नो कार्यमाथि हावी हुन्छ,

ख)     आफ्नो भावनालाई सजिलै लुकाउन सक्नुहुन्छ।

१६.    केलाई प्राथमिकता दिनुहुन्छ...

क)    सत्यता र व्यावहारिकता दुवैलाई,

ख)    व्यावहारिकताभन्दा पहिले सत्यतालाई।

१७.    कार्यस्थलमा तपाईंको स्थिति कस्तो छ....

क)    हरेक कुराको जानकारी राख्नुहुन्छ, लगभग सबै कर्मचारीलाई चिन्नुहुन्छ,

ख)    सहकर्मीहरूमै सीमित हुनुहुन्छ, विशेष कुरा धेरै समयपछि मात्र थाहा पाउनुहुन्छ।

१८.    तपाईंसँग कुनै प्रश्न सोधिए...

क)    तुरुन्त उत्तर दिनुहुन्छ,

ख)    उत्तर दिनुपूर्व राम्रोसँग विचार गर्नुहुन्छ।

१९.    तपाईंको व्यवहारको खुबी...

क)    सबैलाई मित्र बनाउन सक्नुहुन्छ,

ख)    सबैसित नजिक रहन कठिन हुन्छ।

२०.    निर्णायक आधार के हुनुपर्छ....

क)    तर्क वा न्याय,

ख)    सहानुभूति, परिस्थितिअनुरूप।

२१.    जीवनको अर्थ...

क)    दैनिक रूपमा किन परिश्रम गर्ने, कहिलेकाहीँ आराम पनि चाहिन्छ,

ख)    आराम गर्नु अल्छीपन हो।

२२.    काममा तपाईंलाई इच्छा लाग्ने...

क)    अनुकूल वातावरण र चाँडै सकिने काम,

ख)    योजनाबद्ध एवं व्यवस्थित काम।

२३.    प्रतिकूल परिस्थितिमा तपाईंको प्रतिक्रिया...

क)    स्थितिअनुरूप आफूलाई परिमार्जन गर्नुहुन्छ,

ख)    स्थिति परिवर्तन गर्ने प्रयास गर्नुहुन्छ।

२४.    कुनै नयाँ प्रयोग गर्ने सोच आए...

क)    नजिकका व्यक्ति वा आफ्नो विश्वास पात्रसित कुरा गर्नुहुन्छ,

ख)     सबैसित त्यसका सम्बन्धमा छलफल गर्नुहुन्छ।

२५.     जीवनप्रति तपाईंको सोच...

क)     सम्भावना धेरै छन्, तिनलाई खोज्नुपर्छ,

ख)     वास्तविकतालाई स्वीकार गर्न सिक्नुपर्छ।

स्कोर

यदि अधिकतर उत्तर 'क' छ भने...

तपाईंलाई त्यस्तो काम बढी प्रिय लाग्छ, जसमा विभिन्न व्यक्तिसित भेटघाट गर्ने अवसर प्राप्त हुन्छ। अलिकति स्वतन्त्रता पाए तपाईंले राम्रो गर्न सक्नुहुन्छ। तपाईं नेतृत्व गर्न मन पराउनुहुन्छ। सम्बन्ध वा मित्रता तपाईंलाई महत्त्वपूर्ण छ। एक्लो रहन सक्नुहुन्न, अलिक चञ्चल हुनुहुन्छ, सोचविचार नगरी बोल्ने बानी छ। प्रश्नको उत्तर भन्न हतार गर्नुहुन्छ। आफ्नो प्रशंसा रुचाउनुहुन्छ। अरुबाट छिट्टै प्रभावित हुनुहुन्छ।

तपाईंका लागि सही करिअर

- स्कट ब्रोकर, सेक्रेटरी, रिसेप्सनिस्ट, डाइरेक्टर, सल्लाहकार, मार्केटिङ, मानव संसाधन, शिक्षक, वकिल, विज्ञापन, मेडिकल, जनसम्पर्क, ट्राभल एजेन्ट, होटल म्यानेजमेन्ट, इभेन्ट अर्गनाइजर आदि।

यदि अधिकतर उत्तर ख छ भने

तपाईंलाई रचनात्मक कार्य मनपर्छ। एक्लै पर्दा पछाडि बसेर काम गर्न रुचाउनुहुन्छ। तपाईंका मित्रको संख्या कम छ। तपाईं राम्रो श्रोता हुनुहुन्छ। आफ्नै विषयमा बढी कुरा गर्न मन पराउनुहुन्न। तपाईं व्यावहारिक हुनुहुन्छ, सोचविचार गरेर निर्णय लिनुहुन्छ। स्थितिलाई भरसक विश्लेषण गर्नुहुन्छ। एकाध प्रोजेक्टमा मन लगाएर काम गर्न मन लाग्छ। अरूप्रति इमान्दारिता र सहिष्णुता तपाईंको स्वभाव हो तर प्रशंसा गर्न भने कञ्जुस्याईं गर्नुहुन्छ। भाषा र शब्द चयन गर्दा सतर्कता अपनाउनुहुन्छ। तपाईंलाई एकनास काम गरिरहन मन लाग्दैन।

तपाईंका लागि करिअर

कलाकार, इतिहासकार, उपन्यासकार, प्रोफेसर, फोटोग्राफर, बैंकर, ग्राफिक्स डिजाइनर, प्रोड्युसर, म्यानेजिङ डाइरेक्टर, नर्सिङ, संगीत, ब्युटिसियन आदि।

यदि उत्तर क र खसित मिल्दोजुल्दो छ भने...

तपाईं रचनात्मक कल्पनाजीवी हुनुहुन्छ र व्यावहारिक पनि। तपाईंको जीवनप्रतिको दृष्टिकोण सन्तुलित छ। तपाईंका लागि इन्जिनियरिङ, अभिनय, राजनीतिक सल्लाहकार आदि करिअर उपयुक्त छ।

 Image