Successfully Copied

२०७९ साल असोज महिनाको राशिफल

मेष योजनानुसार सबै काममा सफलता मिल्दै जानेछ । आफ्नो इच्छानुसार काम गर्ने र समय बिताउने मौका मिल्नेछ । पारिवारिक वातावरण सुखमय रहनेछ ।

मेष

योजनानुसार सबै काममा सफलता मिल्दै जानेछ । आफ्नो इच्छानुसार काम गर्ने र समय बिताउने मौका मिल्नेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । दाम्पत्य जीवनमा अपेक्षित माया, साथ र सद्भाव कायम रहनेछ । मनमा भएको तनाव हट्न जाँदा शरीर स्वस्थ रहनेछ । स्वास्थ्य समस्यामा सुधार आउनेछ । कहिलेकाहीँ राम्रै तरिकाले बोलेको वा गरेको बोली–व्यवहारलाई पनि नकारात्मक रूपले देख्दा अपजस पाइन सक्छ । सकेसम्म अत्यावश्यक कामबाहेकका काम–कुरामा नबोल्नु र अघि नसर्नु नै उचित हुनेछ ।

वृष

पारिवारिक वातावरण सुमधुर रहनेछ । आफन्त, इष्टमित्र एवं आत्मीय जनसित भेटघाट गर्न पाउँदा मन प्रफुल्ल रहनेछ । मनमा भएको तनाव हट्नेछ । आर्थिक एवं व्यापारिक क्षेत्र सुदृढ रहनेछन् । कतै घुमघाम गर्न जाने मौका मिल्नसक्छ । दाम्पत्य जीवनमा अपेक्षित समझदारी कायम रहनेछ । कहिलेकाहीँ काम गर्दा आकस्मिक डर उत्पन्न हुनसक्छ । हरेक कुरामा आफूलाई सकेसम्म सकारात्मक राख्ने प्रयास गर्नुहोला । के गर्दा अनुकूल र सहज हुन्छ राम्रोसँग विचार गरी काम गरेमा सजिलो हुनेछ ।

मिथुन

सन्तोषजनक महिना छ । काम गर्ने जाँगर बढ्दा मनमा उत्साह बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । कुनै कामविशेषले कतैको यात्रा हुनेछ । नयाँ एवं पुराना साथीसित भेटघाट गर्ने अवसर मिल्नेछ । व्यावसायिक क्षेत्रबाट धन प्राप्त हुनेछ । आफ्नो इच्छानुसारको काम र किनमेल गर्ने समय निस्कनेछ । मनमा कुनै नयाँ काम गर्ने विचार आउन सक्छ । दाम्पत्य जीवनमा सामान्य मतभेद भए पनि एक–अर्काप्रतिको सम्मान एवं विश्वास भने यथावतै रहनेछ । 

कर्कट

कुनै उत्साहजनक यात्रा हुनसक्छ । पारिवारिक वातावरण रमाइलो एवं सुखमय रहनेछ । आफ्नो इच्छानुसार समय बिताउने मौका मिल्नेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । तन–मन दुवै स्वस्थ रहनेछन् । सबै काम योजनानुसार सम्पन्न हुँदै जानेछन् । आर्थिक एवं व्यापारिक दुवै क्षेत्र सुदृढ रहनेछन् । सबैले तपाईंको चाहना बुझी काम गर्ने प्रयास गर्नेछन् । 

सिंह

सोचेअनुरूप काममा सफलता पाउन निकै खट्नुपर्नेछ । पारिवारिक खुसीका निमित्त केही खर्च हुनेछ । काम गर्दा आँखा एवं टाउको दुख्ने योग रहेकाले झिनामसिना काम गर्दा सजग रहनुहोला । काम गर्दा कसैको आशा र सहयोगको अपेक्षा नगर्नु नै राम्रो हुनेछ । कुनै कुरा चित्त नबुझेको अवस्थामासम्बन्धित व्यक्तिसित खुलस्त रूपमा कुरा गरेमा मनको बोझ हलुका हुनेछ । घरमा विभिन्न सरसामानको जोहो हुनेछ । व्यक्तिगत खुसीका लागि केही खर्च हुनसक्छ ।

कन्या

विभिन्न काममा सक्रिय हुने मौका मिल्नेछ । कठिन कामको जिम्मेवारी निर्वाह गर्नुपर्दा धपेडी हुनसक्छ । सकेसम्म प्राथमिकतालाई ध्यानमा राखी काम गरेमा धेरै सजिलो हुनेछ । व्यक्तिगत कामका लागि पनि केही समय छुट््याउन सके मन प्रसन्न रहनुका साथै अनावश्यक तनावबाट टाढा हुने मौका मिल्नेछ । स्वास्थ्य, खानपान र व्यायामको ख्याल गर्न सके आकस्मिक स्वास्थ्य समस्याबाट बच्न सकिन्छ । जतिसुकै व्यस्त भए पनि आफू र आफ्नो र परिवारलाई समय दिन पाउँदा मनमा सन्तोष बढ्नेछ । 

तुला

सन्तान सुख प्राप्त हुनेछ । इच्छानुसार काम गर्ने मौका मिल्नेछ । कुनै कुराले बाहिर जति खुसी देखिए पनि भित्री मन त्यति खुसी नहुन सक्छ । व्यावहारिक काममा कर्तव्यको पालना गर्नुपर्छ । 

आफ्नो इच्छानुसारको क्रियाकलापमा समय दिन सके भित्रैदेखि मन खुसी हुनेछ । अनावश्यक खर्च हुने प्रबल सम्भावना भएकाले कुनै पनि सामान किन्दा राम्रोसँग विचार गर्नुपर्ने देखिन्छ । धैर्य भई काम गर्न सके सबै काम पूरा हुँदै जानेछन् । साथीभाइसँग रमाइलो गरी समय बिताउने अवसर मिल्नेछ ।

वृश्चिक

सोचेअनुरूप काममा सफलता मिल्दै जानेछ । धार्मिक कार्यप्रति रुचि बढ्नेछ । मनमा भएको तनाव हट्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । कुनै नयाँ ठाउँमा घुम्न जाने अवसर प्राप्त हुनेछ । तपाईंको इच्छा एवं खुसीको ख्याल गर्दै काम गर्ने प्रयास हुनेछ । विभिन्न कुराको लाभ हुनेछ । व्यक्तिगत क्रियाकलापका लागि समय निस्कनेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । साथीसित भेटघाट हुने मौका जुट्नेछ । कसै–कसैलाई विशेष उपहार प्राप्त हुने सम्भावना छ ।

धनु

कुनै बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । मनमा काम गर्ने उत्साह बढ्न जाँदा शरीर पनि स्वस्थ रहनेछ । क्रमशः सबै काममा सफलता मिल्दै जानेछ । प्रतियोगितात्मक कार्यमा सफलता मिल्नेछ । कुनै विशेष अवसरमा सहभागी हुने मौका मिल्नेछ । व्यक्तिगत कामका लागि पनि समय निस्कनेछ । विवादको सम्भावना भएकाले कुनै पनि काम गर्दा विशेष सतर्कता अपनाउनुपर्नेछ । शान्त र धैर्य भई काम गरेमा सम्भावित अपजस टर्नसक्छ । 

मकर

पारिवारिक सुख एवं समृद्धि बढ्नेछ । आत्मीय जनसित रमाइलो भेटघाट गर्ने मौका मिल्नेछ । घरमा कुनै सरसामग्रीमा हेरफेर हुनसक्छ । खुसीका साथ समय बिताउने मौका मिल्नेछ । आर्थिक पक्ष सुदृढ भए पनि अनावश्यक खर्चको योग भएकाले किनमेल गर्दा सतर्क रहनुपर्ने बेला छ । सन्तानबाट अपेक्षित सुख एवं सन्तोष प्राप्त हुनेछ । विभिन्न कुराको लाभ हुनेछ । कहिलेकाहीँ काम गर्दा सानातिना समस्या आइलागेपनि आफ्नै बुद्धिले समाधान गर्ने प्रयास हुनेछ । 

कुम्भ

कुनै कामविशेषले कतैको यात्रा हुनसक्छ । कुनै महत्वपूर्ण कुराको निर्णय गर्नुपर्दा मनमा हलचल हुनसक्छ । सकेसम्म आफूलाई शान्त र धैर्य राख्ने प्रयास गर्नुहोला । कुनै पनि काम गर्दा आफ्ना परिवारजनसित सल्लाह गरेमा सजिलो एवं मन हलुका हुनेछ । कुनै कुराले गर्दा मन गह्रौं भएमा आत्मीय एवं कुरा बुझ्ने व्यक्तिसित कुरा गरे मनलाई राहत हुनेछ । आफूलाई अनावश्यक तनावबाट मुक्त राख्ने प्रयास गर्नुहोला । समय–समयमा मनपर्ने काममा आफूलाई संलग्न गराउनु नै लाभदायक रहनेछ । 

मीन

कुनै विशेष काममा सफलता मिल्नेछ । काम विशेषले यात्रा गर्नुपर्ने हुनसक्छ । आफ्नो कार्यक्षेत्रमा उन्नतिएवं प्रगति गर्ने योग छ । दाम्पत्य जीवन सुखमय रहनेछ । प्रतियोगितात्मक क्रियाकलापमा सफल भइनेछ । व्यक्तिगत खुसीका लागि विभिन्न सामग्रीको किनमेल हुनेछ । विभिन्न माध्यमबाट सहयोग प्राप्त हुनेछ । आफ्नोस्वास्थ्यस्थितिमा ध्यान दिनुपर्ने बेला छ । अनपेक्षित विवादबाट तर्किएर आफूसित असम्बन्धित कुराबाट टाढै रहँदा राम्रो हुनेछ । कुनै पनि काम, कुरा र व्यवहार गर्दा राम्रोसँग विचार गर्नुपर्नेछ ।  

 Image