समतामूलक समाजको सिर्जना
शिक्षा–स्वास्थ्य र चेतनाको विकास गर्नुपर्छ । सुन्दर समाज बनाउन हामी अगाडि बढ्नुपर्छ ।![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2024/SunitaGaisi-1716536753.jpg&w=1000&height=600)
![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2024/SunitaGaisi-1716536753.jpg&w=1000&height=600)
काठमाडौंमा हरितालिका तीजको अवसरमा पाँच दिने सिर्जनशील महिला उद्यमी मेला हुने भएको छ । ‘महिला सिर्जनशील केन्द्र’ ले त्रिपुरेश्वरस्थित वल्र्ड टे«ड सेन्टरमा साउन २७देखि ३१ गतेसम्म उक्त मेला आयोजना गर्न लागेको हो । मेलामा घरेलु तथा हस्तकला सामग्रीहरूको प्रदर्शनी, परिकार, निःशुल्क स्वास्थ्य शिविर, मेहन्दी आर्ट र उपहारहरू राखिने आयोजकले संस्थाले बताएको छ । मेलाको उद्देश्य अशिक्षित, भेदभाव र अवसरबाट वञ्चित महिलालाई सीप सिकाएर उनीहरूको उत्पादन बजारसम्म पु¥याउनु रहेको केन्द्रकी अध्यक्ष मिलु थापाले बताइन् । उनका अनुसार मेलामा सयभन्दा बढी स्टल रहनेछन् । असहाय एवं अशक्त दिदीबहिनीहरूलाई भने निःशुल्क स्टल प्रदान गरिने भएको छ ।