सीपले आत्मनिर्भर
पछिल्लो समय पूर्वकम्लरीहरू सीप सिकेर आत्मनिर्भर बन्दै गएका छन् । यसमा उनीहरूलाई केही संस्थाले सहयोग गरेका छन् । ती संस्थाहरूले उनीहरूलाई सिलाइ–बुनाइको सीप सिकाएर आत्मनिर्भर बन्न प्रेरित गर्दै आएका छन् ।

डिजाइन नदोहोरिने पहिरन कलेक्सनमा जोड दिने पासा फेसन स्टुडियोमा विविध शैलीका ‘एक्सक्लुसिभ’ पहिरन उपलब्ध छन् । यहाँका पहिरन स्वदेशमा मात्र होइन क्यानडा, अमेरिका, युके, अस्ट्रेलिया एवं इटालीसम्म पुगिसकेका छन् । रेडिमेड पहिरनका लागि प्रख्यात पासा स्टुडियोले ग्राहकको मागअनुसार पहिरनका नयाँ–नयाँ डिजाइन गरिदिन्छ ।
पासाले सामानको अनलाइन अर्डर र डेलिभरीसमेत दिने गरेको छ । यहाँ ब्राइडल लेहेंगा, ब्राइडल र क्याजुअल सारी, कुर्ता–सुरुवाल पिस, कुर्ता–सुरुवाल तयारी, कुर्ती र टप्स, वान पिस, इभिनिङ पार्टी गाउन, जुत्ती, प्लाजो, रेडिमेड डिजाइनर ब्लाउज आदि पाइन्छन् । सञ्चालक प्रतिमा श्रेष्ठले पासाका पहिरन भेराइटीयुक्त र गुणस्तरीय रहेको दाबी गरिन् । ‘हाम्रा पहिरनमा डिजाइन दोहोरिँदैन, एउटा पहिरन कसैले किन्यो भने त्यसको डिजाइन अरूसँग जुध्दैन’ उनले भनिन् ।
लोकेसन : नख्खु (अपोजिट टू एनसेल)
विशेषता : सुलभ मूल्यमा एक्सक्लुसिभ पहिरन