Successfully Copied

२०७९ साल जेठ महिनाको राशिफल

मेष  काममा सफलता पाउन निकै खट्नुपर्नेछ । खुसीका साथमा काम गरे सबै काम सहज हुँदै जानेछन् । कसैकसैको चश्माको पावर फेरबदल हुनसक्छ ।

मेष 

काममा सफलता पाउन निकै खट्नुपर्नेछ । खुसीका साथमा काम गरे सबै काम सहज हुँदै जानेछन् । कसैकसैको चश्माको पावर फेरबदल हुनसक्छ । आत्मीय मित्रबाहेक कसैलाई आफ्नो गोप्य कुरा नखोल्नु नै राम्रो हुनेछ । व्यक्तिगत काममा समय दिन पाइनेछ । वैवाहिक जीवन सुखमय हुनेछ । कुनै पनि सामान किन्दा ख्याल गर्नुपर्ने बेला छ । रक्तचापका बिरामीहरूले आफ्नो खानपान र व्यायाममा विशेष ध्यान दिनुपर्नेछ । 

वृष

विशेष कामले कतै यात्रा हुनसक्छ । कहिलेकाहीँ काम गर्दा झर्को लाग्न सक्छ । सानातिना कामका लागि आफैं खटिनुपर्दा अलि व्यस्त हुनुपर्ला । केही समय आफ्नो व्यक्तिगत खुसीका लागि छुट्याउनुहोला । कसैलाई आँखामा समस्या हुनसक्छ । पेट एवं मुटुका बिरामीहरूले आफ्नो खानपान र व्यायाममा ध्यान दिनुहोला । शैक्षिक कार्यका लागि वैदेशिक यात्रा हुनसक्छ । अनावश्यक चिन्ताबाट परै रहन सके मन प्रसन्न रहनेछ । 

मिथुन

पारिवारिक सुख मिल्नेछ । सबैले तपाईंको इच्छा र भावना बुझी काम गर्ने प्रयास गर्नेछन् । सन्तान सुख पाइनेछ । साथीसंगी एवं इष्टमित्रसित जमघट हुनसक्छ । काम गर्ने जाँगरमा कमी आउन सक्छ । आफूलाई तरोताजा राख्न केही समय आफ्नो इच्छानुरूप कार्यका लागि छुट्याउनुपर्नेछ । व्यावसायिक क्षेत्रमा उतारचढाव भए तापनि घाटा हुने छैन । शेयर कारोबारमा संलग्न व्यक्तिहरूले यो महिना तटस्थ रहनु नै उचित हुनेछ । घरमा कुनै सरसामग्रीमा हेरफेर हुनसक्छ । 

कर्कट

कुनै विशेष कार्यमा सफलता मिल्नेछ । कुनै कामविशेषले कतैको यात्रा हुनसक्छ । धार्मिक एवं माङ्गलिक कार्यमा सहभागी हुने मौका मिल्नेछ । काम गर्ने जाँगर बढ्नुका साथै मनमा भएको तनाव हटेर जानेछ । आफ्नो इच्छानुसार काम गर्ने र समय बिताउने अवसर मिल्नेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । आर्थिक एवं व्यापारिक क्षेत्र दुवै सबल रहनेछन् । कसैकसैले ख्यालठट्टा गरेर बोलेको कुरालाई पनि गम्भीर रूपमा लिन सक्छन् । सकेसम्म सबैसित सामान्य कुराकानी गर्नु राम्रो हुनेछ । 

सिंह

सोचेअनुसार काममा सफलता मिल्दै जानेछ । अधूरा कामहरू पनि पूरा हुँदै जानेछन् । मनमा भएको तनाव हट्न गई खुसी बढ्नेछ । कुनै समारोहमा सहभागी हुने मौका मिल्नेछ । आफ्नो इच्छानुसारको किनमेल गर्ने अवसर मिल्नेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । सन्तान सुख प्राप्त हुनेछ । माइतीपक्षसित भेटघाट गर्ने अवसर जुर्नेछ । कुनै कुराको लाभ हुनेछ । व्यक्तिगत कार्य एवं खुसीका लागि समय निस्कनेछ । कुनै कुरामा विशेष सफलता मिल्नेछ । 

कन्या

कुनै कुरामा विशेष सफलता मिल्नेछ । यात्राको योग छ । प्रियजनसित भेटघाट गर्न पाउँदा मन खुसीले झुम्नेछ । परिवारबाट अपेक्षित सहयोग र सद्भाव पाइनेछ । विभिन्न कुराको लाभ हुनेछ । आफ्नो इच्छानुसार काम गर्ने मौका मिल्नेछ । व्यक्तिगत खुसीका लागि कुनै कुराको किनमेल हुनेछ । सन्तानबाट सन्तोष मिल्नेछ । अनावश्यक खर्च हुने सम्भावना भएकाले कुनै पनि सामानको किनमेल गर्नुपूर्व राम्ररी विचार गर्नुपर्नेछ । धैर्यपूर्वक विचार गरी काम गरे सबै काम सहज बन्दै जानेछन् । 

तुला

विविध कुराको जिम्मेवारीले व्यस्त भइनेछ । थोरै समयमा धेरै काम भ्याउनुपर्ने हुँदा थकान हुनसक्छ । सकेसम्म केही समय आफ्नो स्वास्थ्य र व्यक्तिगत खुसीका लागि छुट्याउन सके मन तनावरहित हुनेछ । कुनै कुरालाई लिएर घरमा विशेष रूपमा छलफल हुनेछ । सबैले तपाईंको इच्छानुसार काम गर्ने प्रयत्न गर्नेछन् । सबै क्षेत्रबाट सहयोग प्राप्त हुनेछ । तपाईंमा भएको सद्विचार एवं पवित्र भावनाले धेरै कुरा अनुकूल हुनेछन् ।

वृश्चिक

कुनै विशेष काममा सहभागी हुने मौका मिल्नेछ । आफ्नो कार्यक्षेत्रमा उन्नति गर्ने अवसर मिल्नेछ । व्यक्तिगत खुसीका लागि समय निस्कनेछ । कामको सिलसिलामा कतैको यात्रा पनि गर्नुपर्ला । तपाईंको मीठो बोली एवं कार्यदक्षताको चर्चा हुनेछ । प्रतिस्पर्धीहरू आफैं तर्किंदै जानेछन् । पारिवारिक सदस्यहरूले तपाईंको इच्छा र आवश्यकता बुझी काम गर्ने प्रयास गर्नेछन् । मौसमी परिवर्तनले दुःख दिनसक्ने हुँदा आफ्नो स्वास्थ्य र खानपानमा विशेष सजग रहनुपर्नेछ । 

धनु

मनमा भएको तनाव हटी मन चंगाझैं उड्नेछ । पराक्रम बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । साथीहरूसित जमघट हुने मौका जुट्नेछ । आफ्ना प्रियजनसित भेटघाट गर्ने अवसर मिल्नेछ । विभिन्न माध्यमबाट काममा सहयोग पाइनेछ । व्यक्तिगत कार्य एवं खुसीका लागि किनमेल हुनेछ । कुनै कुरालाई लिएर परिवारमा बहस भए तापनि सबैले तपाईंको विचारको कदर गर्नेछन् । 

मकर

कुनै बहुप्रतीक्षित काममा सफलता मिल्नेछ । योजनानुरूप काममा सफलता मिल्दै जानेछ । काम गर्ने पराक्रम बढ्नेछ । मन तनावरहित भई शरीर पनि स्वस्थ रहनेछ । बेलाबेलामा हुने साथीसंगीसितको भेटघाटले वातावरण रमाइलो हुनेछ । आर्थिक एवं व्यापारिक क्षेत्र दुवै सुदृढ रहनेछन् । कुनै वैवाहिक कार्यक्रम वा भोजमा सामेल हुनुपर्ला । काम गर्दा आफ्नो गोपनीयतामा सजग रहनुपर्नेछ । प्रतिस्पर्धीले अनावश्यक दुःख दिने प्रयास गर्न सक्छन् ।

कुम्भ

पारिवारिक सुख एवं समृद्धि बढ्नेछ । इच्छानुसार काम गर्ने मौका मिल्नेछ । कसैकसैलाई सम्मान प्राप्त हुने अवसर जुर्नेछ । कुनै कामको सिलसिलामा कुनै नयाँ ठाउँको यात्रा गर्ने मौका मिल्ला । कतैबाट कुनै आकस्मिक उपहार प्राप्त हुनसक्छ । कसैकसैको प्रेम सम्बन्धले विवाहको रूप लिनेछ । कुनै कुरालाई लिएर परिवारमा छलफल हुनसक्छ । 

मीन

मनमा भएको तनाव हट्न जाँदा उत्साह बढ्नुका साथै काम गर्ने जाँगर बढ्नेछ । कुनै कामका लागि कतैको छोटो–मीठो यात्रा गर्ने प्रबन्ध मिल्नसक्छ । आर्थिक लाभ हुनेछ । आफ्नो इच्छानुरूपको काममा सहभागी हुने मौका मिल्नेछ । पारिवारिक वातावरण सोचेजस्तै सुखमय रहनेछ । आफ्नो जोडीबाट अपेक्षित सहयोग एवं सद्भाव मिल्नेछ । कुनै वैवाहिक कार्यक्रममा सहभागी हुनुपर्ला । कसैकसैलाई कुनै कुराको जिम्मेवारी आइलाग्न सक्छ । 

 Image