Successfully Copied

‘निर्भीक नारी’का चुनौती खोज्दै ‘नारी’

यस प्रतिष्पर्धात्मक युगमा आफू अब्बल नभएसम्म पहिचान कायम गर्न गाह्रो छ । त्यसैले जतिसुकै कठीन परिस्थितिमा पनि हरेक कडा प्रतिस्पर्धामा आफूलाई खरो उतार्नै पर्छ । अझ महिलाले त झनै बढी संघर्ष र प्रतिस्पर्धा गर्नुपर्छ ।

यस प्रतिष्पर्धात्मक युगमा आफू अब्बल नभएसम्म पहिचान कायम गर्न गाह्रो छ । त्यसैले जतिसुकै कठीन परिस्थितिमा पनि हरेक कडा प्रतिस्पर्धामा आफूलाई खरो उतार्नै पर्छ । अझ महिलाले त झनै बढी संघर्ष र प्रतिस्पर्धा गर्नुपर्छ । घरायसी काम होस् या कार्यालयको माइक्रोसफ्ट प्रोग्राम लगायत सबैमा महिलाले राम्रो प्रदर्शन गर्न सक्नुपर्छ । केही हदसम्म महिलाहरु लगनशीलता, परिश्रम र अठोटले आ–आफ्नो कार्यक्षेत्रमा सफल पनि भएका छन् । पहिले पुरुषको दबदबा रहेको फोटोग्राफी, थेरापिस्ट आदि पेशामा पछिल्लो समय महिलाले समेत आफ्नो पहिचान कायम गरेका छन् । आफ्नै बलबुतोले हरेक पेशामा महिलाहरु आत्मनिर्भर उन्मुख छन् । आत्मनिर्भरता, स्वाभिमान, पहिचान र प्रतिष्ठाका लागि अगाडि बढ्ने क्रममा नारीहरुले विभिन्न क्षेत्रमा भोग्नुपरेका बाधा/अड्चनहरुका साथै पारिवारिक, सामाजिक र राजनीतिक चुनौतीहरु के–कस्ता छन् त ? यी र यस्तै प्रश्नहरुको जवाफ खोतल्न कान्तिपुर पब्लिकेशन्स् लिमिटेडको सह–प्रकाशन ‘नारी’ मासिकले ‘निर्भिक नारी’ कार्यक्रम अघिल्लो वर्षमा झै यसपाली पनि आयोजना गर्दैछ । यो कार्यक्रमलाई चार सत्रमा विभाजन गरिएको छ :-

– घर : सोच र शिक्षाको शृंखला

– विविधता, समानता, समावेशीकरण

– आर्थिक आत्मनिर्भरता र महिला

– कथा : चुनौतीदेखि सफलतासम्म ।

 Image