छोराको बिहे
तपाईंसँग निकै रिस उठेको छ, दिदी । राम्रो गर्नु भएन, कतै केटी नपाएर विचारधारा नै नमिल्ने परिवारसँग नाता जोड्न लाग्नु भएछ त । तिनले धेरै दाइजो दिन्छन् भनेर टीकोटालो गरेको त होइन उमेशको ?

बाल्यकाल कसरी बित्यो ?
उतिबेला म अत्यन्त सक्रिय बालिका थिएँ । डान्स, संगीतमा निकै रुचि थियो । काजकिस्तानका ती रमाइला पलहरूको अझै सम्झना छ । मेरा काका–ठूलाबुवाका छोराछोरी सबै पियानोमा अब्बल थिए । त्यही देखेर मेरो रुचि त्यतातिर पनि बढ्दै गयो ।
नेपालमा काम गर्ने अवसर कसरी बन्यो ? कस्तो अनुभूति हुँदैछ ?
सन् २००८ मा सिद्धार्थ कोइरालासँग विवाह भएपछि म नेपाल आएँ । सानैदेखि कला–संगीतमा रुचि भएकाले परिवारको सहयोग र सल्लाहमा सन् २०१२ मा सुशीला आर्ट एकेडेमी सुरु गरेर काम थालें । यहाँ मेरो परिवार छ । नेपाल नै मेरो घर हो । म रमाइलो अनुभूित गरिरहेकी छु ।
नेपाल र विदेशको काम गराइको तरिकामा के भिन्नता पाउनुभयो ?
व्यावसायिकता र आफ्नो क्षेत्रमा दक्षता हरेक कामको मूल जड हो । कला र संगीतकै कुरा गर्नुपर्दा पनि उतातिर पढेर दक्ष भइसकेपछि मात्रै उक्त काम गर्न पाइन्छ । पियानो बजाउने हो भने पियानोमा डिप्लोमा हुनैपर्छ । हरेक क्षेत्रमा कसरी अब्बल र दक्ष व्यक्ति उत्पादन गर्ने भन्ने यहाँको चुनौती देखिन्छ । तर क्रमशः नेपालमा पनि सुधार हुँदै गएको छ ।
नेपाल बस्न र यहीँ जमेर काम गर्न के कुराले आकर्षित गर्यो ?
मेरा श्रीमान्, छोरी र परिवार नै यसको मूल कारण हो ।
कसरी सुशीला आर्ट एकेडेमी खोल्ने निष्कर्षमा पुग्नुभयो ?
यसमा मेरी सासू सुषमा कोइरालाको ठूलो हात र आशीर्वाद छ । उहाँले सहज बनाइदिएकैले यो सम्भव भयो ।
तपाईंका लागि सुशीला आर्ट एकेडेमी के हो ?
सुशीला आर्ट एकेडेमी मेरा लागि काम नभएर प्यासन हो ।
तपार्इं राजनीतिक विरासत बोकेकी कोइराला परिवारकी बुहारी हुनुहुन्छ, राजनीतिमा नलागेर कला र संगीतको क्षेत्रमा काम गर्दा कत्तिको सजिलो वा अप्ठ्यारो भयो ?
यो परिवारमा पहिलेदेखि नै कला, साहित्य र संगीतको मिश्रण थियो । सुशीला कोइरालाले जब विराटनगरमा पहिलो पटक डान्स स्कुल खोल्नुभयो त्यतिबेलादेखि नै यो परिवार कला र संगीतमा जोडिएको हो । मेरी सासू सुषमा कोइराला पनि अब्बल नृत्यांगना हो भने मनीषा कोइराला अनुभवी (भेटेरन) नायिका । त्यसैले यो परिवारमा कलाप्रति ठूलो सम्मान छ । म पनि काममा रमाइरहेकी छु ।
एकेडेमीले कसरी काम गरिरहेको छ ?
नेपालमा कला, साहित्य, संगीत एवं नृत्यको उत्थानका लागि एकेडेमीले काम गर्दै आएको छ । हामीले यिनै विषयसँग सम्बन्धित सयौं कार्यक्रम र कार्यशाला गरिसक्यौं । कलाले जीवित महसुस गराउँछ । कलाले मुटु र आत्मालाई जोड्ने काम गर्छ ।
यो क्षेत्रको उत्थान र सम्वर्द्धनका लागि सरकारबाट तपाईंलाई कस्तो अपेक्षा छ ?
सरकारबाट खासै सहयोग भएको छैन । कला, संगीतसम्बन्धी शिक्षा र यसको सम्वर्द्धनलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ । हामीहरूले व्यक्तिगत रूपमा गर्न सक्ने काम गरिरहेका छौं । म जे गरिरहेकी छु त्यसमा मलाई पूर्ण विश्वास छ । यो क्षेत्रको परिवर्तनका लागि हामी केही गर्न सक्छौं ।
तपाईंको बलियो पक्ष र कमजोरी के छन् ?
मेरो आत्मादेखि जे चाहन्छु त्यो गर्छु, जुन ममा भएको बलियो पक्ष हो । तत्काल प्रतिक्रियाले तनाव ल्याउँछ, म प्रतिक्रिया भन्दा सम्बोधन गर्न सिक्दैछु ।
तपाईंले अत्यन्त इन्जोय गरेको परफरमेन्स कुन हो ?
मैले थुप्रै काम गरिसकें । जसमध्ये ‘कुमारी एन्ड बिस्ट थिएटर प्रडक्सन’ मा अत्यन्त इन्जोय गरें । त्यसैगरी ‘चाइनिज ओलम्पिक थिएटर प्रडक्सन’ र नेपाल टुरिजम इयर २०२० को ग्रान्ड ओपनिङमा गरेको कामले अहिले पनि सन्तुष्टि महसुस हुन्छ ।
तपाईंको प्रेरणा ?
भित्रैदेखि हरेक क्षण जीवित महसुस गर्नु नै मेरो प्रेरणा हो ।
तपाईंको भविष्यको योजना ?
लकडाउनले कतिपय काम रोकिए । चुपचाप बस्नुपर्यो । हामीले थुप्रै रियालिटी शो गरिसक्यौं । अब अडियन्स शोभन्दा पनि टिभी शोमा केन्द्रित हुने योजनामा छौं ।
पाठकलाई सन्देश ?
यो धर्तीमा रहनका लागि हामीसँग छोटो समय छ । हामीले हरेक क्षणको प्रशंसा गर्नुपर्छ । यस धर्तीमा हुनुको कृतज्ञता प्रकट गर्नुपर्छ ।