Successfully Copied

२०७८ साल मंसिर महिनाको राशिफल

धार्मिक काममा सहभागी हुने मौका मिल्नेछ । कुनै बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । सन्तानबाट सुख—सन्तोष पाइनेछ ।

मेष

धार्मिक काममा सहभागी हुने मौका मिल्नेछ । कुनै बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । सन्तानबाट सुख—सन्तोष पाइनेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । दाम्पत्य जीवनमा अपेक्षित माया र समझदारी कायम रहनेछ । कहिलेकाहीँ काम गर्दा दोमन हुनसक्छ । आफ्नो जोडीले सुझाएको कुरा चित्त नबुझ्न सक्छ । सकेसम्म शान्त, धैर्य र सकारात्मक रहने प्रयास गर्नुपर्ने बेला छ । सबै काम सोचेअनुरूप सम्पन्न हुँदै जानेछन् ।

वृष

पारिवारिक वातावरण सुखमय रहनेछ । कसैकसैलाई यो महिनामा सन्तान लाभको योग छ । माइतीपक्षसित भेटघाट गर्ने मौका मिल्नेछ । कतै घुमघाम गर्ने समय जुर्नसक्छ । पेट दुख्ने सम्भावना भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्ने बेला छ । कसैकसैको यो महिनामा लगनगाँठो बाँधिनेछ । प्रायः सबै कुरा इच्छाबमोजिम नै सम्पन्न हुँदै जानेछन् । दाम्पत्य जीवनमा कुनै कुरालाई लिएर वैचारिक मतभेद हुनसक्छ । एक–अर्कालाई चित्त नबुझेको कुरा शान्तिपूर्वक राम्ररी बुझ्नेगरी प्रस्तुत गर्न सके सम्भावित विवाद टर्नसक्छ । 

मिथुन

सबै काम योजनानुसार क्रमशः सम्पन्न हुँदै जानेछन् । मनमा भएको तनाव हट्न जाँदा मन खुसी हुनुका साथै शरीर पनि स्वस्थ रहनेछ । विशेष काममा सफलता मिल्नसक्छ । विविध कारणले रोकिएका कामहरूले गति लिन थाल्नेछन् । कसैकसैको प्रेमसम्बन्ध यो महिनामा विवाहमा परिणत हुनसक्छ । कुनै माङ्गलिक कार्यमा सहभागी हुने मौका मिल्नेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । सन्तानबाट सुख एवं सन्तोष मिल्नेछ । आफ्नो इच्छानुसार समय बिताउने मौका मिल्नेछ । 

कर्कट

सोचेअनुरूप काममा सफलता पाउन अलिक खट्नुपर्नेछ । काम गर्दागर्दै अचानक अनपेक्षित अपजस आइलाग्न सक्छ । सकेसम्म आफ्नो कार्यक्षेत्रमा सक्रिय रहने प्रयत्न गर्नुपर्नेछ । स्वास्थ्यमा सानातिना समस्या आउनसक्ने भएकाले आफ्नो स्वास्थ्य र खानपानको राम्रो ख्याल गर्नुपर्नेछ । सन्तान सुखका निमित्त कुनै कुरामा सम्झौता गर्नुपर्ला । काम गर्दा आकस्मिक तनाव हुनसक्ने भएकाले सकेसम्म आपूूmलाई सकारात्मक राख्ने प्रयत्न गर्नुहोला । आफ्नो जोडीले गरेको कार्य र सहयोग कहिलेकाहीँ चित्त नबुझ्नसक्छ । विनाकुनै प्रतिक्रिया एक–अर्काको भावना बुझी कार्य गरेमा दाम्पत्य जीवन सुमधुर रहनेछ । 

सिंह

कुनै माङ्गलिक कार्यमा सहभागी हुने मौका मिल्नेछ । आफन्त एवं इष्टमित्रसित रमाइलो भेटघाट हुनेछ । सेयर कारोबारमा फाइदा हुनेछ । परिवारमा कसैलाई सन्तान लाभ हुनेछ । सबैले तपाईंको इच्छा र अवस्था बुझी कार्य गर्ने प्रयास गर्नेछन् । राम्रै हिसाबले बोलेको वा गरेको कुरामा पनि खोट देखिन सक्छ । तसर्थ व्यावहारिक कार्य गर्दा एवं बोल्दा भने चनाखो रहनुपर्नेछ । एक–अर्काको चित्त नबुझेको कुरामा प्रतिक्रियाहीन हुँदै भावना बुझी कार्य गर्न सकेमा दाम्पत्य जीवन सुखमय रहनेछ । नवविवाहिताहरूले हरेक काम र बोलीमा विशेष सतर्कता अपनाउनुपर्नेछ ।     

कन्या

काम गर्ने पराक्रम बढ्नेछ । तनाव हट्न जाँदा मन प्रसन्न रहनुका साथै शरीर पनि स्वस्थ रहनेछ । आफ्नो रुचिअनुसारको काम गर्ने मौका मिल्नेछ । व्यक्तिगत कार्य एवं खुसीका लागि समय निस्कनेछ । नयाँ तथा पुराना साथीसँगीसित भेटघाट गर्ने मौका मिल्नेछ । कुनै विवाह, सभा—समारोहमा सहभागी हुने अवसर मिल्नसक्छ । मनमा कुनै नवीन कार्य गर्ने सोच आउनसक्छ । कुनै विशेष कार्यमा तपाईंको सहभागिता हुनेछ । कुनै कामकाजले यात्रा गर्नुपर्ने हुनसक्छ । 

तुला

कुनै विशेष कुरामा सफलता मिल्नेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । सबैले एक–अर्काको भावना बुझी काम गर्ने प्रयास गर्नेछन् । आर्थिक पक्ष सुदृढ रहनेछ । कुनै नयाँ काममा लगानी हुनसक्छ । काम गर्दा मनमा तनाव हुनुका साथै विभित्र बाधा आइलाग्न सक्छन् । खासगरी कुन काम–कुरालाई बढी ग्राह्यता दिनुपर्छ त्यो बुझेर त्यहीअनुरूप काम गरे सहज हुनेछ । अनावश्यक खर्चबाट टाढै रहनुहोला । कतै जाँदा वा यात्रा गर्दा मालसामान छुट्ने÷हराउने सम्भावना भएकाले जहाँ जाँदा पनि आफ्नो सामानको राम्रो ख्याल गर्नुपर्नेछ । जुन काम–कुराले गर्दा मन प्रसत्र रहन्छ, त्यही काम गरे मन तनावरहित हुनेछ । 

वृश्चिक

विभिन्न कुराको जिम्मेवारी निर्वाह गर्नुपर्नेछ । सानातिना कुरामा पनि आपैm खट्नुपर्दा यो महिना केही व्यस्त भइनेछ । सहयोगी व्यक्ति पछि हट्दा र अपेक्षित व्यक्तिबाट भनेजस्तो सहयोग नमिल्दा काममाधेरै खटिनुपर्नेछ । सकेसम्म धैर्यका साथ समय व्यवस्थापन गरी कार्य गर्नुपर्नेछ । आफ्नो स्वास्थ्य र व्यक्तिगत कार्यकालागि केही समय छुट्याउनसके मन प्रसन्न रहनेछ । पारिवारिक खुसीलाई ध्यानमा राखी काम गर्दा कतिपय कुरामा सम्झौता गर्नुपर्ला । आर्थिक पक्ष सुदृढ रहनेछ । दाम्पत्य जीवनमा आफ्नो जोडीबाट भनेजस्तै सहयोग र सद्भाव मिल्नेछ । 

धनु

पारिवारिक वातावरण सुखमय रहनेछ । आफ्नो इच्छानुरूप सबै कार्य सम्पन्न हुँदै जानेछन् । परिवारमा राम्रो समझदारी रहनेछ । दाम्पत्य जीवनमा जोडीबाट पनि अपेक्षित साथ एवं सहयोग मिल्नेछ । व्यक्तिगत खुसीकालागि समय निस्कनेछ । कतैबाट कुनै कुराको लाभ हुनेछ । घरमा कुनै सामग्रीमा हेरफेर हुनसक्छ । मनोरञ्जनात्मक कार्यमा मन आकृष्ट हुनसक्छ । वैवाहिक कार्य, सभा एवं समारोहमा सहभागी हुनुपर्ला । यो महिनामा कसैकसैको गृहस्थी जीवनको प्रारम्भ हुनसक्छ । 

मकर

कुनै बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । योजनानुसार सबै काम सम्पन्न हुँदै जानेछन् । कुनै माङ्गलिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । कुनै प्रतियोगितात्मक कार्यमा सफलता मिल्नेछ । आर्थिक लाभ हुनेछ । मनमा भएको तनाव हट्न जाँदा मन चङ्गाझैं उड्नेछ साथै शरीर पनि स्वस्थ रहनेछ । दाम्पत्य जीवनमा राम्रो समझदारी कायम रहनेछ । यो महिनामा कसै–कसैको प्रेमसम्बन्ध विवाहमा परिणत हुनसक्छ । कतैबाट कुनै कुराको लाभ हुनेछ । 

कुम्भ

कुनै विशेष कार्यमा सफलता मिल्नेछ । सबै समस्या र बाधाहरू हटेर जानेछन् । रोकिएका कामहरू पनि पूरा हु“दै जानेछन् । काम गर्ने वातावरण सहज हुनुका साथै इच्छाबमोजिम सबै कुरा सम्पन्न हुनेछन् । व्यक्तिगत कार्यकालागि समय निस्कनेछ । पारिवारिक जमघट हुनेछ । आर्थिक एवं व्यापारिक दुवै क्षेत्रबाट लाभ हुनेछ । साथीहरूस“ग कतै घुुमघाम गर्ने मौका मिल्नसक्छ । घरका कतिपय सामग्रीमा हेरफेर हुनसक्छ । वैवाहिक कार्यक्रममा सहभागी हुने अवसर जुट्नसक्छ । 

मीन

सोचेअनुरूपको प्रतिफल पाउन काममा निकै खट्नुपर्नेछ । कहिलेकाहीँ आकस्मिक बाधा खडा भैदिँदा काममा तगारो पैदा हुन सक्छ । सकेसम्म धैर्य र शान्त हुँदै समस्यालाई सल्टाउनुपर्नेछ । अनावश्यक खर्चको योग रहेकाले किनमेल गर्दा आवश्यक कुरालाई मात्र प्राथमिकतामा राख्नुहोला । कुनै पनि कार्यमा लगानी गर्नुपूर्व राम्ररी सोचविचार गर्नुपर्नेछ र गर्नुपरे पनि २१ गतेपछिको समय उपयुक्त रहनेछ । राम्रो गर्दागर्दै पनि काम गर्दा आकस्मिक अपजस आउनसक्छ । सकेसम्म कम बोल्ने र आपूmसित असम्बन्धित कुराबाट टाढै रहनु नै राम्रो हुनेछ । एक–अर्काकोसम्मान गर्दै अघि बढ्न सके दाम्पत्य जीवनमा राम्रो समझदारी कायम रहनेछ ।

 Image