Successfully Copied

२०७८ साल भदौ महिनाको राशिफल

मेष कुनै विशेष काममा सफलता मिल्नसक्छ । आर्थिक पक्ष सुदृढ रहनेछ । दाम्पत्य जीवनमा अपेक्षित सुख एवं सन्तोष पाइनेछ । आफ्नो कार्य क्षेत्रमा प्रगति हासिल हुनेछ ।

मेष

कुनै विशेष काममा सफलता मिल्नसक्छ । आर्थिक पक्ष सुदृढ रहनेछ । दाम्पत्य जीवनमा अपेक्षित सुख एवं सन्तोष पाइनेछ । आफ्नो कार्य क्षेत्रमा प्रगति हासिल हुनेछ । आफूलाई चित्त नबुझेको कुरालाई राम्ररी अप्रत्य क्षरूपले बुझ्ने गरी अर्थ्याउन सके मनमा भएको द्विविधा हट्नसक्छ । व्यक्तिगत कार्य एवं स्वास्थ्यका लागि केही समय छुट्याउन सके मन दुवै प्रसन्न रहनेछ ।

वृष

आफन्त एवं प्रियजनसित भेटघाट गर्ने अवसर मिल्नेछ । व्यावहारिक कार्य गर्दा एवं बोल्दा सतर्कता अपनाउनुपर्नेछ । छोराछोरीले कुनै कुरामा अनावश्यक जिद्दी गर्न सक्छन् । दाम्पत्य जीवनमा वैचारिक मतभेद भए पनि एक–अर्काको व्यवहार सामान्य नै रहनेछ । साथीहरूसँग कतै घुमघाम गर्न जाने प्रस्ताव आउनसक्छ । आर्थिक लाभ हुनेछ । व्यक्तिगत खुसीका लागि केही किनमेल हुनेछ । स्वास्थ्य र खानपानमा पनि विशेष ख्याल गर्नुपर्ने देखिन्छ । स्वजनमा कसैलाई सन्तान प्राप्ति हुनेछ ।

मिथुन

मनमा भएको तनाव हट्न जाँदा शरीर स्वस्थ एवं मन प्रसन्न रहनेछ । आर्थिक पक्ष सुदृढ हुनेछ । व्यापारिक क्षेत्रबाट पनि राम्रै लाभ हुनेछ । काम गर्दा विभिन्न माध्यमबाट सहयोग पाइनेछ । आफ्नो इच्छानुसार घुमघाम गर्ने र किनमेल गर्ने मौका जुर्नसक्छ । सोचेअनुरूप काममा सफलता मिल्दै जानेछ । मित्रहरूसँग भेटघाट गर्ने अवसर जुट्नसक्छ । मनमा कुनै नयाँ काम गर्ने विचार आउनसक्छ । पारिवारिक घुमघाम हुनसक्छ । कामको सिलसिलामा विभिन्न क्षेत्रका व्यक्तित्वहरूसँग भेटघाट हुनसक्छ ।

कर्कट

पारिवारिक भ्रमण हुनसक्छ । यो महिना गृहिणीहरूको काम एवं खर्च बढ्नेछ । आफ्ना प्रियजनसित भेटघाट गर्ने मौका जुट्नेछ । कुनै नारीहरूलाई यो महिना सम्मान प्राप्त गर्ने अवसर मिल्नेछ । कतैबाट कुनै कुराको लाभ हुनेछ ।

आफ्नो इच्छानुसार किनमेल गर्ने अवसर मिल्नेछ । प्रायः सबै कार्य आफ्नै प्रभुत्वमा सम्पन्न हुनेछन् । कामको चापले गर्दा टाउको एवं आँखा दुख्ने समस्या हुनसक्छ । धैर्य र शान्त भई तनावरहित रहने प्रयास गर्नुपर्नेछ । परिवारका सदस्यहरूले तपाईंको खुसीको ख्याल गर्दै कार्य गर्नेछन् ।

सिंह

विभिन्न कुराको जिम्मेवारी निर्वाह गर्नुपर्नेछ । सहयोगी हातहरू पछि सर्न जाँदा कामको धपेडी पर्नसक्छ । सकेसम्म धैर्य र शान्त रही कार्य सम्पन्न गर्ने प्रयास गर्नुपर्नेछ । आनो व्यक्तिगत कार्य एवं स्वास्थ्यका लागि समय छुट्याई कार्य गरे मन तनावरहित हुनेछ । कामको प्रकृति हेरी प्राथमिकतालाई ध्यानमा राखी कार्य गर्नसके राम्रो हुनेछ । श्रीमान्बाट अपेक्षित सहयोग एवं सद्भाव प्राप्त हुनेछ । पारिवारिक खुसीका लागि केही खर्च हुनसक्छ ।

कन्या

पारिवारिक सुख मिल्नेछ । सोचेअनुरूप कार्यहरू सम्पन्न हुँदै जानेछन् । व्यक्तिगत कार्यका लागि समय निस्कनेछ । सहयोगी हातहरू पछि हट्न सक्छन् । सकेसम्म अपेक्षारहित भई काम गर्न सके मन तनावरहित हुनेछ । आनो स्वास्थ्यका लागि केही समय छुट्याउन सके मन पनि स्वस्थ रहनेछ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । इच्छानुसार काम गर्ने मौका मिल्नेछ । मनोरञ्जनात्मक कार्यमा मन जानेछ । व्यक्तिगत एवं पारिवारिक खुसीका लागि केही कुराको किनमेल हुनेछ ।

तुला

योजनानुरूप सबै कार्य सम्पन्न हुँदै जानेछन् । कसैकसैलाई आनो क्षेत्रमा उचित योगदान गरेवापत सम्मान मिल्नसक्छ । धार्मिक क्षेत्रमा अभिरुचि हुनुका साथै धार्मिक क्षेत्रको यात्रा गर्ने अवसर पनि मिल्नसक्छ । सबैले तपाईंको इच्छा र मानको ख्याल गरी कार्य गर्ने प्रयत्न गर्नेछन् । विविध कुराको लाभ हुनेछ । कसैकसैको घर/जग्गा किनबेच हुने सम्भावना रहेको छ भने कसैको घर भाडामा लाग्नसक्छ । कुनै कामकाजले कतैको यात्रा हुनसक्छ । मनमा भएको तनाव हटेर जानेछ ।

वृश्चिक

क्रमिक रूपले सबै काममा सफलता मिल्दै जानेछ । कुनै विशेष कार्यमा सफल भइनेछ । माइतीपक्षसित भेटघाट गर्ने मौका जुट्नेछ । घरमा कुनै–कुनै सामग्रीमा हेरफेर हुनसक्छ । धेरै समयपछि साथीहरूसित रमाइलो भेटघाट गर्ने मौका जुट्नेछ । व्यक्तिगत कार्यका लागि कुनै कुराको किनमेल हुनेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । कतैबाट केही उपहार मिल्नसक्छ । शारीरिक एवं मानसिक रूपमा शरीर स्वस्थ रहनेछ ।

धनु

काम गर्दा कहिलेकाहीँ आकस्मिक बाधा आउनसक्छ । महत्वपूर्ण काम बेलैमा गरेमा निकै सजिलो हुनेछ । माइतीपक्षसित भेटघाट हुनेछ । सबैबाट तपाईंको कुरा बुझी कार्य गर्ने प्रयत्न हुनेछ । कुनै कुरा चित्त नबुझेको खण्डमा सामुन्नेको व्यक्तिलाई बुझ्नसक्ने गरी अप्रत्यक्ष रूपले सम्झाउँदा सजिलो हुनेछ । नराम्रो कुरालाई प्रत्यक्ष रूपमा प्रस्तुत गर्दा विवाद हुनसक्ने भएकाले घुमाउरो पारामा तर्कसहित भन्दा राम्ररी बुझ्नेछन् । प्रतिस्पर्धीहरू आफै तर्किनेछन् । कतैबाट कुनै कुराको लाभ हुनसक्छ ।

मकर

कुनै कुराले गर्दा मनमा दोधार हुनसक्छ । काममा मन खासै केन्द्रित नहुनसक्छ । सकेसम्म धैर्य र सकारात्मक हुँदै काम गरे सबै कुरा सहज हुँदै जानेछन् । कुनै धार्मिक यात्रा गर्ने मौका मिल्नसक्छ । दाम्पत्य जीवनमा वैचारिक मतभेद भए पनि एक–अर्काप्रतिको माया र जिम्मेवारी कायमै रहनेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । कुनै नयाँ सामानको किनमेल हुनेछ । कतैबाट केही उपहार पनि पाइनसक्छ ।

कुम्भ

परिवारसित कतै घुमघाम गर्ने अवसर मिल्नसक्छ । छोराछोरीबाट अपेक्षित सुख एवं सन्तोष प्राप्त हुनेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । आफ्नो इच्छानुसार काम गर्ने मौका मिल्नेछ । व्यक्तिगत कार्यका लागि प्रशस्त समय निस्कनेछ । माइतीपक्षसित भेटघाट गर्ने अवसर मिल्नेछ । कसैकसैको परिवारमा सन्तान लाभ हुने योग छ । पेटका बिरामीहरूले खानपानमा विशेष ध्यान दिनुहोला ।

मीन

आफ्नो इच्छानुसार काम गर्ने अवसर मिल्नेछ । मनमा भएको चिन्ता हट्दा काममा जाँगर बढ्न गई शरीर पनि स्वस्थ हुनेछ । प्रतिस्पर्धीहरू आफै तर्किन खोज्नेछन् । कुनै कारणले रोकिएका कामहरूले गति लिन थाल्नेछन् । व्यक्तिगत कार्य एवं खुसीका लागि किनमेल हुनेछ । माइतीपक्षसित भेटघाट गर्ने मौका जुर्नेछ । दाम्पत्य जीवनमा एक–अर्काको चाहनालाई राम्ररी बुझ्ने प्रयास हुनेछ । सबै कार्यमा सोचेअनुरूप सफलता मिल्दै जानेछ ।

 Image