Successfully Copied

मेष

आफन्त एवं परिवारसित भेटघाट हुनेछ । व्यापारिक क्षेत्र फस्टाउँदै जानेछ । छोराछोरीबाट सुख एवं सन्तोष मिल्नेछ । मान्यजनसित कुराकानी गर्ने मौका जुट्नेछ । कुनै कुराको लाभ हुनेछ । कामको धपेडीले चित्त व्याकुल हुनसक्छ । केही समय आफ्नो व्यक्तिगत कार्य र खुुसीका लागि पनि छुट्याउनु होला । मन अशान्त भएको बेला मौन बस्नु नै राम्रो रहनेछ । काम र परिस्थिति हेरी अत्यावश्यक कुरामा मात्र बोल्दा राम्रो हुनेछ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायमै रहनेछ ।

वृष

शारीरिक एवं मानसिक रूपमा स्वास्थ्य राम्रो रहनेछ । काम गर्ने जाँगर बढ्दा शरीर पनि स्वस्थ रहनेछ । कतै घुम्न जाने अवसर मिल्नसक्छ । आर्थिक पक्ष सुदृढ रहनेछ । कुनै कुरामा सोचेजस्तै सफलता मिल्नेछ । मनमा कुनै नयाँ काम गर्ने विचार आउनसक्छ । साथीसंगीसित रमाइलो भेटघाट एवं कुराकानी गर्ने मौका जुट्नेछ । सबै कुरा आफ्नो इच्छानुसार सोचेअनुरूप गर्न पाउँदा मनमा प्रसन्नता छाउनेछ ।

मिथुन

काम विशेषले कतैको यात्रा हुनसक्छ । पारिवारिक खुसीको ख्याल गर्दै काम गर्ने प्रयास हुनेछ । आफ्नो इच्छानुसारको काम गर्ने समय निस्कनेछ । कहिलेकाहीँ कामको चापले अनावश्यक तनाव हुनसक्छ । सकेसम्म आफ्नो स्वास्थ्य एवं व्यक्तिगत कामका लागि पनि समय निकाल्नुहोला । प्रतिस्पर्धीले अनाहकमा दुःख दिने प्रयास गर्न सक्छन् । आपूm असम्बन्धित कुराहरूबाट टाढै रहनुहोला । टाउको एवं आँखा दुख्ने योग भएकाले झिनामसिना एवं आँखामा भार पर्ने कार्यबाट आपूmलाई परहेज गर्नु नै राम्रो हुनेछ । सहयोगी हातहरू तर्किन सक्ने भएकाले आफ्नो काम आफैं गर्नुहोला ।

कर्कट

सोचेअनुरूप काम सम्पन्न हुँदै जानेछन् । पारिवारिक सुख एवं समृद्धि बढ्नेछ । कुनै कामका लागि कतैको यात्रा हुनसक्छ । थोरै समयमा धेरै काम भ्याउनुपर्दा धपेडी हुनसक्छ । कामका साथै आफ्नो स्वास्थ्य र खानपानको ख्याल गर्नुुहोला । दाम्पत्य जीवनमा अपेक्षित सुख र समझदारी कायम रहनेछ । व्यापारिक क्षेत्रमा उतारचढाव हुनसक्ने भएकाले कुनै नयाँ लगानी गर्दा सतर्क रहनुहोला । छोराछोरीको खुसीका निमित्त केही खर्च हुनसक्छ । मुटु एवं पेटका बिरामीहरूले स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेछ ।

सिंह

आफ्नो इच्छानुसार समययापन हुनेछ । प्रायः सबै कार्य आफ्नै योजनाबमोजिम सम्पन्न हुुनेछन् । दाम्पत्य जीवनमा जोडीबाट भनेभैmं सुख एवं सन्तोष पाइनेछ । व्यक्तिगत खुसीका लागि किनमेल हुनेछ । मनोरञ्जनात्मक कार्यमा मन अग्रसर रहनेछ । पारिवारिक सदस्यले तपाईंको इच्छा र चाहनाको कदर गर्दै कार्य गर्नेछन् । कसैकसैलाई कतै घुमघाम गर्न जाने अवसर जुर्नसक्छ । परेको बेलामा सबैले आ–आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्नेछन् ।

कन्या

धार्मिक कार्यमा अभिरुचि बढ्नेछ । कुनै कामविशेषले यात्रा हुनसक्छ । योजनानुसार काममा सफलता मिल्दै जानेछ । सबैले तपाईंको इच्छा बुझी कार्य गर्ने प्रयास गर्नेछन् । कुनै कुराले गर्दा मनमा भएको तनाव हटेर जानेछ । घरमा कुनै सरसामग्रीमा हेरफेर हुनसक्छ । सन्तान सुख मिल्नुका साथै दाम्पत्य जीवनमा पनि अपेक्षित माया एवं सद्भाव कायम रहनेछ । आर्थिक एवं व्यापारिक दुवै क्षेत्र सुदृढ रहनेछन् । प्रतिस्पर्धीहरू आफै तर्किदै जानेछन् ।

तुला

समस्याको समाधान हुनेछ । रोकिएका कामहरूले गति लिन थाल्नेछन् । कुनै विशेष कार्यमा सफलता मिल्नेछ । माइतीपक्षसित भेटघाट गर्ने मौका मिल्नेछ । व्यक्तिगत कार्यमा पनि सफलता मिल्नेछ । घरमा कतिपय सरसामग्रीमा हेरफेर हुनसक्छ । साथीसंगीहरूसित रमाइलो वार्तालाप गर्ने मौका जुर्नसक्छ । व्यक्तिगत खुसीका लागि केही समय निस्कनेछ । आफ्नो इच्छानुसार निस्फिक्री ढंगले आफ्नो कार्य सम्पन्न गर्ने मौका मिल्नेछ । पारिवारिक जीवन सुखमय रहनेछ ।

वृश्चिक

सोचेअनुरूप काममा सफलता पाउन अलिक खट्नुपर्नेछ । सानोतिनो कामका लागि पनि आफैंं चलायमान हुनुपर्दा शरीरमा थकान हुनसक्छ । सकेसम्म कामका साथै आफ्नो स्वास्थ्य र खानपानमा पनि विशेष जोड दिनुहोला । कहिलेकाही“ काम गर्दा सानातिना समस्याको समाधान गर्नुपरे पनि कार्यमा सफलता मिल्ने नै छ । शान्त र धैर्य हुनु जरुरी छ । किनमेल गर्दा अनावश्यक खर्च हुनसक्ने भएकाले किनमेल गर्दा सतर्कता अपनाउनुपर्ला । अनपेक्षित विवाद हुनसक्ने योग भएकाले आपूmसित असम्बद्ध कुराहरूबाट टाढै रहनु नै तपाईंको निम्ति फलदायी हुनेछ ।

धनु

धार्मिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ । व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । विभिन्न कुराको लाभ हुनेछ । कतैबाट कुनै उपहार मिल्नसक्छ । आर्थिक एवं व्यापारिक दुवै पक्ष सुदृढ रहनेछन् । दाम्पत्य जीवनमा एक–अर्काप्रति अपेक्षित माया, सद्भाव एवं समझदारी कायम रहनेछ । कहिलेकाहीँ काम गर्दागर्दै अनायासै मनमा तनाव हुनसक्छ । सकेसम्म सकारात्मक र धैर्य भई काम गर्ने प्रयास गर्नुहोला । जो कुरा जोसँग सम्बन्धित छ उसैसित मात्र गर्ने गरेमा अनावश्यक विवाद नहुनसक्छ । नवविवाहिताहरूले व्यावहारिक कार्य गर्दा केही सजगता अपनाउनुपर्नेछ । प्रायः सबै कार्य आफ्नै सोचाइअनुसार सम्पन्न हुँदा मन प्रसन्न रहनेछ ।

मकर

कुनै कामविशेषले यात्रा हुनसक्छ । पारिवारिक व्यक्तिहरूसँग भेटघाट गर्ने मौका जुट्नेछ । दाम्पत्य जीवनमा एक–अर्काको मनोभाव बुझी काम गर्नसके विवाद टर्नसक्छ । कुनै कुरामा प्रतिक्रिया गर्नुअगावै सकेसम्म धैर्य र शान्त भएर सोच्नु जरूरी देखिन्छ । अरू सबै कुरा सामान्य नै रहनेछन् । पेटसम्बन्धी समस्या हुनसक्ने भएकाले खानपान गर्दा सजग रहनुपर्नेछ । विशेषगरी कतै जाँदा वा यात्रा गर्दा ख्याल गर्नुहोला । माइतीपक्ष एवं साथीहरूसित भेट्ने मौका मिल्नेछ ।

कुम्भ

सोचेअनुरूप सबै कार्य सफल हुँदै जानेछन् । परिवारका सदस्यहरूले तपाईंको इच्छा र मानको ख्याल गर्दै कार्य गर्नेछन् । क्रमशः सबै कुरा योजना गरेजस्तै बन्दै जानेछन् । मनमा भएको चिन्ता हटेर जानेछ । तनाव हट्न जाँदा काममा जाँगर बढ्नुका साथै शरीर पनि फुर्तिलो रहनेछ । आफ्नो जिम्मेवारीको कार्य पूर्ण गर्न पाउँदा मन हलुका हुनेछ । प्रतिस्पर्धीहरू आपैm तर्किएर जानेछन् । तपाईंको बोली एवं कार्यदक्षताबाट सबै प्रभावित हुनेछन् । व्यक्तिगत कार्य एवं खुसीका लागि पनि केही समय निस्कनेछ । पारिवारिक सदस्यहरूसित बसेर समय यापन गर्ने मौका मिल्नेछ ।

मीन

प्रतिस्पर्धीहरूले तपाईंप्रति औंला ठड्याउन सक्छन् । काम गर्दा सकेसम्म सजग रहनुहोला । आफ्नो गोप्य कुरा कसैसित नखोल्नुहोला । आपसी भावना राम्ररी बुझेर कार्य गर्नसके सम्भावित विवाद टर्नसक्छ । छोराछोरीका खुसीका लागि केही खर्च हुनसक्छ । नवविवाहिताहरूले काम एवं व्यवहार गर्दा सतर्कता अपनाउनुहोला । कामको चापले गर्दा शरीरमा थकान हुनसक्छ । केही समय आफ्नो व्यक्तिगत खुसी र स्वास्थ्यका लागि समय छुट्याउनुहोला ।

 Image