‘मिसामी’मा नारी–व्यथा
२०३० सालमा लेखेर सोही वर्ष दोलखामा मञ्चन गरिएको नाटक ५१ वर्षपछि पुस्तकाकार रूपमा प्रकाशित

डा. शरद सिंह यादव, एडभान्स पेट हस्पिटल
गर्मी मौसमको सुरुवातसँगै घरपालुवाहरूलाई पनि विशेष स्याहारको आवश्यकता पर्छ । जाडो मौसमजस्तै गर्मीमा पनि घरपालुवालाई समस्याहरू आउने हुनाले घरपालुवाको खानपान तथा अन्य कुरामा विशेष ध्यान दिनुपर्छ ।
घामबाट बचाउने
घरपालुवाहरूको जिउ बाक्लो रौंले ढाकिएको हुन्छ । उनीहरूको शारीरिक तापक्रम मानिसको भन्दा बढी हुन्छ । तर, उनीहरूलाई पसिना आउँदैन । त्यसैले घरपालुवालाई चर्को घाममा राख्नुहुँदैन, बिहानको घाममा एक घण्टा राख्दा ठीक हुन्छ ।
गर्मीमा खानपान
घरपालुवाले गर्मी मौसममा जाडोको तुलनामा कम खानेकुरा खान्छन् । तर, गर्मी मौसममा उनीहरूलाई अझ बढी ऊर्जाको आवश्यकता पर्छ । घरपालुवाले आफ्नो शारीरिक तापक्रमलाई सन्तुलनमा राख्न पनि बढी ऊर्जाको आवश्यक पर्छ । त्यसैले गर्मीमा पनि घरपालुवालाई कार्बोहाइड्रेट, प्रोटिन, मिनरल, भिटामिन, फाइबरयुक्त सन्तुलित भोजन हुनुपर्छ । घरायसी खानाबाट यी कुराहरू पूर्णरूपमा प्राप्त नहुने भएकाले घरपालुवाका लागि बनाइएका तयारी खाना दिन उपयुक्त मानिन्छ । सन्तुलित खानासँगै सफा पानीको व्यवस्था २४ सै घण्टा हुनुपर्छ ।
छालाको स्याहार
प्रायः घरपालुवालाई गर्मीमा छालासम्बन्धी समस्या देखापर्छ । यसको प्रमुख कारण भनेको असन्तुलित खाना तथा छाला र रौंको उचित स्याहार नहुनु हो । घरपालुवाको दिनहुँ रौं कोरिदिनुपर्छ । गर्मीमा नुहाउँदा राम्रो स्याम्पु प्रयोग गरी किर्ना–उपियाँको उचित व्यवस्थापन गर्नुपर्छ । छाला तथा रौंसम्बन्धी धेरैजसो समस्या किर्ना–उपियाँले नै निम्त्याउने हुँदा गर्मीमा किर्ना–उपियाँको व्यवस्थापन उचित ढंगले गर्नुपर्छ ।
शारीरिक व्यायाम
गर्मी मौसममा पनि घरपालुवाको व्यायाम अति आवश्यक भएको हुनाले यसलाई निरन्तरता दिनुपर्छ । तर गर्मीमा घरपालुवालाई सकेसम्म सूर्य उदाउनुअघि नै शारीरिक व्यायाम दिएको उचित हुन्छ । घरपालुवालाई स्वस्थ राख्न व्यायाम आवश्यक हुन्छ ।

गर्मीमा ‘हिट स्ट्रोक’
बढी गर्मीका कारणले कहिलेकाहीँ घरपालुवालाई ‘हिट स्ट्रोक’ हुनसक्छ । यो अवस्थामा घरपालुवा बेहोस हुने, शारीरिक तापक्रम १०८ डिग्रीसम्म पुग्ने, र्याल चुहाउने र श्वासप्रश्वास छिटो–छिटो चल्ने हुनसक्छ । यस्ता लक्षण देखिए छिटो पशु चिकित्सकको सल्लाहमा उपचार गराउनुपर्छ ।
घरपालुवाको वासस्थान
गर्मीमा घरपालुवाको वासस्थानको उचित व्यवस्थापन हुनुपर्छ । हावादार ठाउँ, धेरै गर्मी नहुने ठाउँ हुनुपर्छ ।