बहुप्रतिभाशाली इन्दिरा
नेपाली सांगीतिक क्षेत्रमा फरक पहिचान बनाएकी इन्दिरा जोशीले तीन सयभन्दा बढी गीतमा स्वर दिइसकेकी छन् । १२ वर्षअघि ‘डान्स विथ मी सोलो एल्बम’ निकालेयता उनलाई पछाडि फर्केर हेर्न परेको छैन ।

डा. शरदसिंह यादव
एड्भान्स पेट हस्पिटल विशालनगर
कुकुरलगायत घरपालुवाहरूको कान एकदमै संवेदनशील अङ्गमध्ये एक हो । कानमा हुने सानो समस्याले पनि उसलाई अप्ठ्यारो हुनसक्छ । कानमा आउने समस्याबाट जोगाउन कुकुरलाई कम्तीमा साताको एकपटक आफैंले परीक्षण गर्नुपर्छ । कान रातो भएको, चिलाएको, पानी बगेको र गन्हाएको छ/छैन भनेर परीक्षण गर्नुपर्छ । यीमध्ये कुनै समस्या भए तत्कालै पशुचिकित्सकको सल्लाह लिनुपर्छ ।
कानको बनावट
कुकुरको कानको बनावट मानिसको भन्दा धेरै फरक तथा संवेदनशील हुन्छ । कानमा बाहिरी, मध्य तथा भित्री गरी तीन भाग हुन्छन् । कहिलेकाहीँ कुकुरको कानबाट केही कालो पदार्थ आउनु सामान्य मानिन्छ ।
बढी समस्या आउने कुकुरको जात
कुकुरको जातअनुसार कानको बनावट फरक हुन्छ । जुन कुकुरको कान ठूलो, झुन्डिएको तथा भारी हुन्छ त्यस्तालाई कानको समस्या बढी हुन्छ । कुनै–कुनै कुकुरको कानको भित्री भागमा बढी रौं हुन्छन् । त्यस्ता कुकुरमा पनि कानको समस्या बढी हुन्छ । कानभित्र पानी पस्दा पनि समस्या देखिन्छ ।
समस्या
- कानबाट दुर्गन्ध आउनु ।
- टाउको हल्लाउनु ।
- कान कन्याउनु ।
- छुँदा कान दुखेको महसुस हुनु ।
- कानबाट फोहोर तरल पदार्थ बग्नु ।
- कुकुरको व्यवहारमा परिवर्तन आउनु ।
यी समस्या देखिएमा छिटो पशुचिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।
कानको हेरचाह
कान सफा गर्ने झोल पदार्थ र औषधि किनेर आफैले १५–२० दिनको अन्तरालमा सफा गर्न सकिन्छ ।
कानको स्याहार
- कानलाई सफा राखी समस्याबाट बच्न सकिन्छ ।
- कानको प्वालमा भएका बढी रौं काट्नुपर्छ ।
- नुहाइदिँदा कानको प्वाललाई कपासले बन्द गर्नुपर्छ ।
- किर्ना, उपियाँले कानको समस्या निम्त्याउने हुँदा त्यसको उपचार समय–समयमा गराउनुपर्छ ।
- कानसम्बन्धी कुनै समस्या देखिए पशुचिकित्सकसँग सल्लाह लिनुपर्छ ।