Successfully Copied

२०७७ साल असार महिनाको राशिफल

मनमा भएको तनाव हटेर जानेछ । काम गर्ने जाँगर बढ्न गई शरीर पनि स्वतः स्फूर्त रहनेछ । योजनानुसार गरेका कार्यहरु सफल हुँ दै जानेछन् । व्यापारिक क्षेत्र सफलतातिर उन्मुख हुनेछ ।

मेषः

मनमा भएको तनाव हटेर जानेछ । काम गर्ने जाँगर बढ्नुका साथै शरीर पनि स्वतः स्फूर्त रहनेछ । आर्थिक पक्ष सुदृढ हुँदै जानेछ । समस्याहरू समाधान हुँदै जानेछन् । दाम्पत्य जीवनमा राम्रो समझदारी कायम रहनेछ । कुनै काम विशेषले कतैको यात्रा हुनसक्छ । रोकिएका कामहरूले गति लिन थाल्नेछन् । पारिवारिक सुखका निमित्त केही खर्च हुनेछ । इच्छाअनुसार काम गर्ने मौका मिल्नेछ ।

    

वृषः

पारिवारिक सुख मिल्नेछ । आफ्नो इच्छानुसार काम गर्ने समय निस्कनेछ । अत्यावश्यक सामग्रीको किनमेल हुनेछ । दाम्पत्य जीवनमा अपेक्षित समझदारी कायम रहनेछ । झिनामसिना कुुराहरूले कहिलेकाहिँ दिक्क गराउन सक्छ । सकारात्मक र धैर्य रहने प्रयास गर्नुपर्नेछ । रक्तचापका बिरामीहरूले स्वास्थ्य र खानपानमा सजग रहनुपर्ने बेला छ । केही समय आफ्नो निजि कार्यका लागि छुट्टयाउनु राम्रो हुनेछ । अनावश्यक खर्च हुनसक्ने भएकाले अत्यावश्यक कुराको मात्र किनमेल गर्नु उपयुक्त हुनेछ ।

मिथुनः

विभिन्न कार्यको जिम्मेवारी निर्वाह गर्नुुपर्ला । सानातिना कामका लागि पनि निकै दिमाग खियाउनुपर्ला । कामको सिलसिलामा सानोतिनो यात्रा गर्नुपर्ने हुनसक्छ । पेट एवं मुटुका बिरामीहरूले स्वास्थ्यको राम्रो ख्याल गर्नुहोला । अनावश्यक चिन्ता एवं रीसबाट टाढै रही शान्त र धैर्यका साथ काम गर्नु मुनासिव रहनेछ । आफ्ना सबै कार्यहरूका लागि समय छुट्याएर गरे लाभदायक हुुनेछ । कसैसित कुनै सहयोगको अपेक्षा नगरी आफ्नो कार्य आफैँ गर्नु उत्तम हुनेछ । सकारात्मक रहने र नकारात्मक प्रवृत्तिका व्यक्तिबाट टाढै बस्ने हो भने मन शान्त र प्रसन्न रहनेछ ।

कर्कटः

दिनचर्या सहज हुँदै जानेछ । रोकिएका कामहरूले गति लिन थाल्नेछन् । साथीसंगीसित रमाइलो गफगाफ गर्ने मौका जुट्नेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । व्यक्तिगत कार्यका लागि समय निस्कनेछ । आफ्नो इच्छानुरूप घरबाट निस्कने र किनमेल गर्ने अवसर मिल्नसक्छ । अनावश्यक खर्च हुने सम्भावना भएकोले हतारमा कुनै सामान नकिन्नु नै राम्रो हुन्छ । रक्तचापका बिरामीहरूले आफ्नो खानपान र आरामको विशेष ख्याल गर्नुहोला । सकेसम्म आफ्नो कार्य आफैँ गरेमा अनावश्यक तनावबाट बच्न सकिन्छ ।

 

        

सिंहः

कतैबाट कुनै कुराका लागि मान सम्मान मिल्न सक्छ । मानसिक तनाव हट्नुका साथै शरीर पनि स्वतः स्फूर्त रहनेछ । काम गर्ने जोश र जाँगर बढ्नेछ । रोकिएको काम पूरा हुनेछ । आफ्नो इच्छानुसार समय यापन गर्ने अवसर मिल्नेछ । पारिवारिक सदस्यहरूले तपाईंको सुखदुखको ख्याल गरी कार्य गर्नेछन् । छोराछोरीबाट अपेक्षित सुखसन्तोष पाइनेछ । दाम्पत्य जीवन सोचेजस्तै सुखमय रहनेछ ।

कन्याः

महिना अनुकूल रहनेछ । काम गर्ने उत्साह बढ्नेछ । सोचे अनुरूप काम सम्पन्न हुँदै जानेछन् । कतैबाट आकस्मिक उपहार प्राप्त हुन सक्छ । धार्मिक कार्यप्रति आस्था बढ्नेछ । रोकिएका कामले गति लिन थाल्नेछन् । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । माइती मावलीसित राम्रो सम्पर्क कायम रहनेछ । साथीसित भेटघाट हुनसक्छ । प्रतिस्पर्धात्मक कार्यमा सफलता मिल्नेछ । आर्थिक पक्ष राम्रै रहनेछ भने व्यापारिक क्षेत्र पनि सक्रियतातिर लम्किँदै जानेछ ।

     

तुलाः

परिवारसित कतै घुम्न जाने मौका मिल्नसक्छ । आफ्नो इच्छानुरूप काम गर्ने समय निस्कनेछ । सानातिना कुराले काममा तगारो हाल्नसक्छन् । यसलाई बेवास्ता गरी काममा सक्रिय रहने प्रयास गर्नुपर्नेछ । सकारात्मक विचारले काम गर्दा सबै कार्यमा सफलता मिल्नेछ । कुनै कुरामा खर्च वा लगानी गर्दा राम्ररी सोच्नुपर्नेछ । किनमेल गर्दा पनि अत्यावश्यक सामग्री खरिद गरेमा अनावश्यक खर्चबाट बच्न सकिन्छ । पारिवारिक सदस्यहरूले तपाईंको सुखदु:ख बुझी अपेक्षित समयमा सहयोग गर्नेछन् ।

वृश्चिक:

प्रतिस्पर्धात्मक कार्यमा सफलता मिल्नेछ । रोकिएका कामले गति लिन थाल्नेछन् । कसैकसैमा नवीन रोजगारीको सम्भावना पनि रहेको छ । आफूले गरेको कार्यको प्रतिफल कस्तो होला भनेर मनमा दोधार हुुनसक्छ । सन्तानप्राप्तिको योग रहेको छ । आर्थिक पक्ष सुदृढ रहनेछ । व्यावसायिक क्षेत्र सन्तोषजनक रहनेछ । दाम्पत्य जीवनमा कहिलेकाहिँ आफ्नो जोडीले गरेको कार्य चित्त नबुझ्न सक्छ । छोराछोरीबाट सन्तोष मिल्नेछ । रक्तचापका बिरामीहरूले आफ्नो खानपान, आराम एवं व्यायामको ख्याल गर्नुहोला ।

धनुः

आफ्नो इच्छानुसार काम गर्ने मौका मिल्नेछ । प्रायः सबै कार्य तपाइँकै प्रभुत्वमा सम्पन्न हुनेछन् । सबैजनाले तपाईंलाई आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नेछन् । आर्थिक पक्ष सुदृढ रहनेछ । कसैकसैले तपाईंविरुद्ध औँला उठाउन सक्छन् । आफ्नो उचित कुराहरूलाई निर्भिक भई शान्तपूर्वक सबैले बुझ्नेगरी भन्नसके सम्भावित विवाद टर्नसक्छ । कामको सिलसिलाले गर्दा निकै आवतजावत गर्दा धपेडी हुनसक्छ । महत्वपूर्ण कार्यका लागि निश्चित समय छुट्याउनुहोला । पेट एवं ग्याष्ट्र्किका बिरामीहरूले आफ्नो खानपानमा विचार पुर्‍याउनुहोला ।

मकरः

मनमा भएको तनाव हटेर जानेछ । काम गर्ने जाँगर बढ्न गई शरीर पनि स्वतः स्फूर्त रहनेछ । योजनानुसार गरेका कार्यहरु सफल हुँ दै जानेछन् । व्यापारिक क्षेत्र सफलतातिर उन्मुख हुनेछ । दाम्पत्य जीवन सूमधुर रहनेछ साथै एकअर्काको सुखदु:खलाई बुझेर काम गर्ने प्रयास गरिनेछ । आफ्नो कार्यक्षेत्रमा उन्नति गर्ने अवसर मिल्नेछ । प्रतिस्पर्धात्मक कार्यमा सफलता मिल्नेछ । कसैलाई सापटी दिएको रकम फिर्ता मिल्नेछ । पारिवारिक सदस्यहरूसित सम्पर्क भैरहनेछ ।

कुम्भः

कहिलेकाहिँ काम गर्दा मनमा आकस्मिक डर पैदा हुनसक्छ । शत्रुबाट टाढै रहनुहोला । आफूलाई सकेसम्म धैर्य, शान्त र सकारात्मक राख्ने प्रयास गर्नुहोला । आफ्ना प्रिय व्यक्तिहरूसित सधैँ सम्पर्कमा रहनुहोला । विगतका कुरालाई नसम्झी वर्तमानलाई कसरी सुन्दर बनाउने भनेर सोच्न सके समय केही सहज हुनेछ । छोराछोरीको खुशीका लागि कुनै कुरामा सम्झौता हुनसक्छ । दाम्पत्य जीवनमा राम्रो समझदारी कायम रहनेछ । साथीसंगीसित बेलाबेलामा सम्पर्क भैरहला । कामका साथसाथै आफ्नो व्यक्तिगत खुशी र स्वास्थ्यका लागि पनि समय दिनसके तनावबाट बच्न सकिन्छ ।

         

मीनः

आत्मियजनसित भेटघाट हुनेछ । आफ्नो घर, टोलबाट बाहिर निस्कने मौका मिल्नेछ । पारिवारिक सुख एवं समृद्धि बढ्नेछ । तपाईंको इच्छा एवं सुुखदु:खको ख्याल गरिनेछ । कसैकसैलाई कुनै कार्यका लागि सम्मान मिल्नसक्छ । आर्थिक पक्ष सुदृढ रहनेछ । व्यावहारिक कार्यगर्दा सजगता अपनाउनुपर्नेछ । कहिलेकाहिँ राम्रो गर्दागर्दै पनि अपजश आइलाग्नसक्छ तसर्थ सकेसम्म कम बोल्नु र कसैसित ख्यालठट्टा नगर्नु तपाइँका लागि हितकर हुनेछ । एकार्काको सुखदुःख बुझी त्यसै अनुरूप काम गर्नसके दाम्पत्य जीवन सुमधुर रहनेछ । 

 Image