Successfully Copied

घरको वातावरणलाई कसरी उर्जाशील बनाउने ?

हरेक भवनभित्र फरक–फरक उर्जा उत्पन्न भएकै हुन्छ भन्ने भनाई परापूर्वकाल देखिनै रहेको छ ।  जब कुनै पनि मानिस एउटा घर भित्र पस्दछ, उसले राम्रो, नराम्रो केही न केही सोच्छ, महसुस गर्छ । त्यसैले घर भित्र सही उर्जा उत्पन्न गराउन आफैंले सक्दो प्रयास गर्नु

लक्ष्मी खड्का, आर्किटेक्ट

चारैतिरबाट पर्खालले घेरेर बनाएको संरचनालाई मात्र घर भनिँदैन । एउटा संरचना तब मात्र घर बन्छ, जब संरचनाभित्र सही किसिमको सकारात्मक उर्जाको उत्पन्न रप्रभाव हुन्छ । 

हरेक भवनभित्र फरक–फरक उर्जा उत्पन्न भएकै हुन्छ भन्ने भनाई परापूर्वकाल देखिनै रहेको छ ।  जब कुनै पनि मानिस एउटा घर भित्र पस्दछ, उसले राम्रो, नराम्रो केही न केही सोच्छ, महसुस गर्छ । त्यसैले घर भित्र सही उर्जा उत्पन्न गराउन आफैंले सक्दो प्रयास गर्नु पर्छ । स्वस्थ, स्फुर्ति, आराम र उर्जाका लागि घरको वातावरण सही बनाउनै पर्छ ।

तसर्थ घर तथा भवनको प्रवेशद्वार आकर्षक बनाउनु पर्छ । आँगन भित्र र वरिपरि सधैं सफा र  सकेसम्म हरिया बोटबरुवा रोप्नु उत्तम हुन्छ । ठूलो फूलबारी बनाउन नसकिए पनि गमलामा फूलका बिरुवा रोप्नु पर्छ । साथै प्रवेशद्वारको दुवै भागमा बत्ती राख्नुलाई पनि उत्तम मानिन्छ । 

आजकल अपार्टमेन्टहरुमा बस्ने चलन पनि बढ्दो छ । तसर्थ यस्तो खण्डमा भने मुख्यद्वारको दुवै साइडमा तामा, पित्तल, माटो वा सेरामिकको भाँडामा पानी भरी फूलका गुच्छाहरु राख्न पनि सकिन्छ । त्यहाँ राखिएको पानी भने सकेसम्म हरेक दिन फेर्ने गर्नु पर्छ । त्यसपछि घर भित्र पसिसकेपछिको इन्ट्रान्स लब्बीमा पनि जुत्ताहरु मिलाएर राख्नु पर्दछ र सकेसम्म प्रवेशद्वारबाट भित्र पस्ने भागलाई आकर्षक बनाउन भित्तामा उज्यालो रंगको प्रयोग गर्नु पर्दछ । भित्तामा राम्रा तस्विरहरु टाँस्ने र कुनै भागमा हरियो वोटर विरूवा राख्न सकेको खण्डमा सुनमा सुगन्ध हुन्छ ।

घर भित्र घाम, सूर्यको रोशनी र हावा एकदम आवश्यक हुन्छ । घामको उज्यालोले भिटामिन डि प्रदान गर्दछ जसले शरीरमा स्फुर्ति बढाउँछ । तसर्थ घरभित्र सकारात्मक उर्जाको लागि कोठाको पर्दा ब्लाइन्दरसहरु खोलीहावा र प्रकाशलाई सक्दो मात्रामा कोठामा प्रवेश गराउनु पर्छ । यस्तै घरमा अस्तव्यस्तता हटाउन अनावश्यक सामानहरु राख्नु हँुदैन र आवश्यक सामानहरुलाई व्यवस्थित राख्नु पर्दछ । सकेसम्म घरका भित्ताहरुमा पनि उज्यालो रंगको प्रयोग गर्नु पर्दछ । कोठाका भित्ताहरुमा विभिन्न आर्टहरु, परिवारका फोटोहरु टाँस्नु पनि उपयुक्त हुन्छ । खाली भित्तामा कसैको जाँदैन तर सुन्दर वस्तुहरुबाट सजाइएका भित्ताले सबैको आँखा तान्छ । तसर्थ उज्याला रंगका अलावा सुन्दर वालपेपरहरुको प्रयोग गर्न पनि सकिन्छ ।

साथै कोठामा फर्निचरहरु राख्दा भित्तासँग मिलाएर राख्नु पर्दछ । हिँड्ने भाग अथवा सरकुलेसन स्पेसलाई छेक्नु हँुदैन । जसले गर्दा सकारात्मक उर्जाको प्रभावमा पनि कमआउन सक्छ । यस्तै घरभित्र प्रयोग गर्ने लाइट पनि उज्यालो भएको खण्डमा उत्तम हुन्छ । साथै घरका कुनाहरुमा हरिया बोटविरुवा राख्नाले मात्र पनि कोठालाई छुट्टै आकर्षण प्रदान गर्छ ।

यसका अतिरिक्त आफ्नो बेडहरु उठिसकेपछि मिलाएर सफा राख्नु पर्दछ । घर भित्रको मुख्य भाग भनेको बाथरुम पनि हो, जुन सधैं सफा राख्नु पर्दछ । यस्तै किचेनलाई पनि काम गर्न सजिलो हुने गरी लेआउट गर्नु पर्दछ । खानापछि भाँडाहरु माझी सफा र सुख्खा राख्ने, झ्याल खोली उज्यालो र हावाको प्रवाहहुने बताउनु पर्छ । साथै घरमा स्पेस भएको खण्डमा पानीको सानो फाउन्टेन वा एक्वेरियम राख्नु उपयुक्त हुन्छ । जहा ँपानी फेरिरहनु पर्छ ।

यसकाअलावा सुगन्धितधूप, फूल राख्नाले पनि घर भित्रको नकारात्मक उर्जाबाट टाढा रहन मद्दत मिल्छ । त्यस्तै क्रिस्टलको प्रयोग गर्ने चलन बढ्दो छ । क्रिस्टल राख्नन सकिएको खण्डमा घरको चार कुनामानुन राख्नु पनि राम्रो हुन्छ । जुन बेलाबेलामा फेरिरहनु पर्छ । घरको सफाई गर्दा नुनपानीले पुछ्ने गर्नाले पनि नकारात्मक भाव नाशहुने मानिन्छ । 

(हाल जापानमा रहेकी खड्कासित सिर्जना दुवाल श्रेष्ठले गरेको कुराकानीमा आधारित ।)

 

 Image