Successfully Copied

मर्यादित महिनावारी सम्बन्धी विद्युतीय बैठक भोलि

महिलामाथि हुने सबै खालका हिंसाको न्यूनिकरण गर्न, घटाउन, यौन र प्रजनन स्वास्थ्यलाई सुधार गर्न र मानव अधिकारको प्रवद्र्धन गर्नका लागि मर्यादित महिनावारीमा बहस, छलफल र वार्ता गर्नु जरुरी छ ।

 

अहिले संसारभर कोरोना भाइरसको महामारी फैलिएको छ । संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ । कोरोना भाइरसले महिनावारी नरोक्ने नछेक्ने दक्षिणी गोलाद्र्धीय मर्यादित महिनावारी अभियान प्रमुख राधा पौडेल बताउँछिन् ।

मर्यादित महिनावारी सम्बन्धी कार्यशाला गोष्ठी जेठ १३ देखि १५ गते सम्मका लागि तय भएपनि कोरोना भाइरसका कारण बन्दाबन्दी भएकाले स्थगित भएको अभियन्ता राधा पौडेलले बताइन् । राष्ट्रिय महिला अधिकार दिवस तथा महिनावारी महिनाको अवसर पारेर आयोजना गर्न लागिएको कार्यशाला गोष्ठी स्थगन भएको छ ।

कोरोनाका कारण यो वर्ष तोकिएको समयमा दिवस मनाउन नपाएपनि अभियान हरेक दिन जारी रहने राधा बताउँछिन् । उनका अनुसार कोरोना भाइरसले महिनावारी रोक्दैन, छेक्दैन । महिलाहरु जहातही छन् । महिनावारी सम्बन्धमा कुरा नगर्नु, बार्नु, अछुतो हो भन्नु पनि हिंसा हो । कोरोना भाइरसको पिपिई सामग्रीमा महिनावारी सामग्री समावेश छैन ।

यसले पनि विभेद भएको छ । कोरोना भाइरस आएको ४ महिना भयो । महिनावारी आएको चार करोड वर्ष भयो । हाम्रा पुर्खा तथा चिम्पाञ्जी त्यो बेलादेखि नै महिनावारी हुन्थे । महिनावारीकै कारण ब्रम्हाण्ड यहाँसम्म आएको हो । तर यसको कुरा कहिल्यै भएन ।

महिलामाथि हुने सबै खालका हिंसाको न्यूनिकरण गर्न, घटाउन, यौन र प्रजनन स्वास्थ्यलाई सुधार गर्न र मानव अधिकारको प्रवद्र्धन गर्नका लागि मर्यादित महिनावारीमा बहस, छलफल र वार्ता गर्नु जरुरी छ । यसका बारेमा खुलेर कुरा नगरिएका कारण महिनावारी पहिचान स्थापित गर्न र यसबारे जानकारी गराउन संसारमै पहिलोपटक नेपालमा अन्तर्राष्ट्रिय कार्यशाला आयोजना गरिएको राधा बताउँछिन् ।

कोरोना भाइरसका कारण आयोजना गर्न नसकिएपछि अभियानलाई निरन्तरता दिन जेठ १३ गते मंगलबार बिहान ११ देखि १२:३० बजेसम्म विद्युतीय बैठक (वेभिनार) आयोजना हुने भएको राधा बताउँछिन् । आयोजकले महिला र मर्यादित महिनावारीका बारेमा आफ्ना कुरा साटासाट गर्न विद्युतीय बैठकमा सहभागी हुन चाहनेलाई नाम दर्ता गर्नु पर्ने छ ।

 

 Image